coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

मास्क प्रयोगको बानी बसाउनै मुस्किल

त्रिनगर सीमा नाकाका प्रहरी सहायक निरीक्षक रमेश शाही मास्क प्रयोग नगरी हिँड्ने नागरिकलाई मास्क प्रयोग गराउनै मुस्किल भइरहेको बताउँछन्।

कीर्तिपुरमा ‘मास्कविना प्रवेश निषेध’

कोरोना भाईरसबाट बच्नका लागि मास्क अनिवार्य लगाउनुपर्ने भएपछि कीर्तिपुर महानगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले सो अभियान सुरु गरेको हो।

नेपाल मास्क अभियानको शुभारम्भ

मध्यपुर थिमिको निगु पुखुबाट नेपाल मास्क कार्यक्रम सुरु गरिएको छ। 'मास्क लगाऔं, एक अर्कालाई बाचाऔं' भन्ने नाराका साथ साेमबार मध्यपुर थिमिको निगु पुखुमा नेपाल मास्क कार्यक्रम सुरु गरेको हो।

धनकुटामा 'तपाईको मास्क खोई?' अभियान सञ्चालन

जिल्ला प्रहरी कार्यालय धनकुटाले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ काे तेस्रो लहर आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै 'तपाईको मास्क खोई?' अभियान सञ्चालन गरेको छ।

जुम्लामा मास्क बैंक स्थापना

कोरोना संक्रमणको दर बढ्न थालेपछि जुम्लामा मास्क बैंक स्थापना भएको छ। मास्क बैंकबाट मास्क नहुनेले लिनेछन् भने मास्क हुनेले राखेर जानेछन्।

काठमाडौं जिल्ला प्रशासनद्वारा मास्क लगाए, नलगाएको अनुगमन

काठमाडौंको मुख्य–मुख्य चोकमा बाटोमा हिड्नेदेखि सार्वजनिक सवारी साधनमा रहेका व्यक्तिहरुले मास्क लगाए, नलगाएको अनुगमन गरिरहेको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा निरन्तर अनुगमन भइरहेको छ।

मास्क बाँड्दै सडकमा जुम्लाका सिडिओ

जुम्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बिजयाकुमारी प्रसाई मास्क बाड्ँदै सडकमा निस्किएकी छिन्। उनी कोरोना भाइरसको तेस्रो भरियन्टबाट बच्न र बचाउन अपिल गर्दै मास्क लिएर सडकमा निस्किएकी हुन्।

हुनेले दिन्छन्, नहुनेले लैजान्छन् मास्क

निषेधाज्ञा खुलेसँगै बजारमा भीडभाड बढेपछि केही गैरसरकारी संस्था मिलेर राजविराजमा मास्क बैंक स्थापना गरेका हुन्। मास्क नलगाएर बजार हिँड्नेको सङ्ख्या बढेपछि सचेतना अभिवृद्धिका साथै मास्क वितरण गर्ने उद्देश्यले मास्क बैंक स्थापना गरिएको हो। गत असार १० गतेदेखि सुरु भएको उक्त अभियानअन्तर्गत मास्क वितरण कार्य निरन्तर जारी छ।

‘भरपर्दो मास्क लगाऔं कोरोनाबाट बचौं’

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रकी प्रशिक्षक शीला श्रेष्ठले मास्क राम्रोसँग नलगाउने, मास्क चिउँडोमा लगाउने, मास्क धोएर लगाउने जस्ता गलत काम भइरहेको पाइएको बताइन्। नेपालमा मास्कको गलत प्रयोग भइरहेका कारण पनि मास्क सप्ताह आयोजना गर्नुपरेको उनले बताइन्।

तपाईँको मास्क खोई ?

रोल्पा नगरपालिकाका प्रमुख पुर्ण कसी, प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा, स्वास्थ्य प्रमुख, अस्ताल प्रमुख लगायतको सहभागीतामा सदरमुकाम लिवाङ बजारमा मास्क नलगाएकालाई मास्क वितरण गरिएको थियो।

कोरोनाविरुद्ध जनचेतना जगाउन सडकमा सिडिओ

प्रदेश राजधानी सुर्खेतमा कोरोना संक्रमण दर बढ्न थालेपछि स्थानीय प्रशासनले जनचेनतामूलक कार्यक्रमलाई तीव्रता दिन थालेको छ। प्रमुख जिल्ला अधिकारी छवी रिजाल आफै सडकमा निस्किएर जनचेतना फैलाउँदै माक्स वितरण गरिरहेका छन्।

संक्रमण दर नघटेपछि धरानमा अनुगमन

धरानमा फेरि कडाइका साथ निषेधाज्ञा गर्नुपर्ने माग पनि बढिरहेको छ। तर लामो निषेधाज्ञापछि भर्खर बजार खुला भएकोमा राहत महसुस गरेका व्यापारी चिन्तित छन्।

निम्बसबाट मास्क सहयोग

अस्पताल, क्वारेन्टिन केन्द्र, स्वास्थकर्मी र स्वंसेवकलाई नेपालभर एक सय ७२ ठाउँमा ५० भन्दा बढी संगठनलाई निम्बसले १० लाखभन्दा धेरै मास्क र स्यानिटाइजर वितरण गरेको जनाएको छ।

टोकियो ओलम्पिक रंगशालामा विदेशी दर्शकलाई प्रतिबन्ध

विदेशी दर्शकलाई भने यस पटकको ओलम्पिकमा उपस्थित हुनबाट प्रतिबन्ध लगाइएको छ। समितिले रंगशालामा खेल हेर्न आउने प्रत्येक दर्शकले मास्क अनिवार्य रुपमा लगाउनु पर्ने तथा स्वास्थ्यका अन्य मापदण्ड पालना गर्नुपर्ने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्