१५ मंसिर २०८१ शनिबार
image/svg+xml

क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी नै जोखिममा

जानकी गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीलगायत जोखिममा छन्। उनीहरु मास्क र पञ्जाको भरमा काम गरिरहेका छन्। क्वारेन्टाइनमा स्वास्थ्यकर्मी र गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारी खटिएका छन।  उनीहरुसँग आफ्नो सुरक्षाका लागि कुनै व्यवस्था छैन।

लकडाउनले छेकेन नेपाल प्रवेश, कोरोना संक्रमणको जोखिम बढ्दो

लुकेर नेपाल भित्रिने अनि क्वारेन्टाइन छल्नेहरुका कारण कोरोना भाइरस संक्रमणको जोखिम झनै बढेको छ।

कोरोना जोखिममा ग्रामीण भेग

भारतको बिहारमा कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा बिहार राज्यसँग सीमा जोडिएको सीमावर्ती गाउँमा आवागमन नरोकिएकोमा स्थानीय चिन्तित छन्। रातको अँध्यारो र बिहान झिसमिसेमा भारतबाट नेपाल छिर्नेको लर्को घट्न सकेको छैन।`

‘लकडाउन’ मा स्वास्थ्य जोखिमबाट कसरी बच्ने ?

सकारात्मक सोच्ने, हँसाउने चलचित्र हेर्ने, आफन्तसँग टेलिफोनमा कुराकानी गर्ने, स्वस्थकर खाना खाने, धेरै नखाने, चिल्लो बढी नखाने, घरभित्र व्यायाम, योग, भ-याङमा हिँडडुल गरेर सम्भावित स्वास्थ्य जोखिमबाट बच्न चिकित्सहरुले सुझाएका छन्।

मंगलबारदेखि पाँचथर ‘लकडाउन’

कोरोना भाईरस (कोभिड–१९) को जोखिम नियन्त्रण गर्नको लागि जिल्लाका अत्यावाश्यक बाहेकका सबै सवारी साधानहरु बन्द गर्ने तयारी भएको छ। पाँचथरका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माका अनुसार मंगलबार विहानदेखि बाहिर जिल्लाबाट सवारीसाधन प्रवेश गर्न पाउने छैनन्।

कोरोना जोखिममा सावधानी

कोरोना भाइरसलाई हाम्रो भूमि र ज्यानमा प्रवेश निषेध गर्नु नै सबैभन्दा उत्तम उपाय हो। जसका लागि सरकार तथा स्वास्थ्य विज्ञहरूले औल्याएका सामान्य नियम पालना गर्नैपर्छ। कम्तीमा पनि सरकारका निर्णय पालना गर्ने र विज्ञका सुझाव पछ्याउनु नै अहिलेका लागि सबैभन्दा उत्तम उपाय हो।

युवा पनि कोरोना भाइरसको जोखिममा : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले युवा वर्ग पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको चेतावनी दिएको छ। युवाहरुको रोग प्रतिरोधक क्षमता कोरोना भाइरस मुक्त नरहेको भन्दै मानिससँग भेटघाट नगर्न, जेष्ठ नागरिक र बालबालिकासँग घुलमिल नहुन भनेको छ।

यात्रु आवतजावतमा कडाइ, ढुवानी नरोकिने

सरकारले कोरोना संक्रमणको जोखिम कम गर्न नेपाल–भारत सीमा क्षेत्रमा थप कडाइ गर्नेसहितका निर्णय गरेको छ।

‘विसु’मा अत्याधिक जोखिम !

नयाँ वर्ष नजिकिएको छ। नयाँ वर्षमा सुदूरपश्चिमेलीको मौलिक पर्व ‘विसु’मनाउन भारतमा रहेका नेपाली कामदार ठूलो संख्यामा घर फर्कन्छन्। यसले सुदूरपश्चिम प्रदेशको जनस्तरमा चिन्ता चुलिदै गएको छ।

भारतबाट कोरोना भाइरसको संक्रमणको जोखिम उच्च : गृह मन्त्रालय

गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिम रहेको निष्कर्ष निकालेको छ। बिहीबार मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले खुला सिमानाका कारण भारतबाट कोरोनाको संक्रमणको जोखिम उच्च रहेको निष्कर्ष निकालेको हो।

नेपाली अर्थतन्त्रमा कोरोना प्रभाव : जोखिमको व्याख्या बढी पनि नगरौं कम पनि नगरौं

अर्थमन्त्री युवराज खतिवडाले अहिले जोखिमलाई अधिक मूल्यांकन या अवमूल्यन दूवै गर्ने अवस्थामा नरहेको बताएका छन्। नेपाल रिपव्लिक मिडियाले नेपाली अर्थतन्त्रमा कोरोना प्रभाव विषयमा आयोजना गरेको राउन्ड टेवलमा बोल्दै उनले जोखिमलाई अधिमूल्यन वा ओभरस्टीमेट गरियो भने भयाभव अवस्था सिर्जना हुने बताए।

'थप २३५ आइसियू बेड तयार हुँदै'

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले २ सय ३५ वटा सघन उपचार शड्ढया (आइसियू बेड) बनाउन लागेको जानकारी दिएका छन्।

खुला सीमामा ‘कोभिड-१९’ को उच्च जोखिम

खुला सिमानामा बस्नेलाई जति फाइदा छ, सीमा सुरक्षामा उत्तिकै चुनौती पनि छ। यतिबेला खुला सिमानामा वेरोकटोकमा भईरहेको आवागमनले ‘कोरोना भाइरस’ को सुरक्षा चुनौती बढेको हो’ बर्दियाका एसपी राजेश नाथ वास्तोलाले पहिलो ऐजेण्डा प्रस्तुत गर्दे भने, ‘यति बेला सीमामा कोरोना भाईरस’ संक्रमित मूख्य चुनौती बनेको छ, भने लागुऔषध तथा मानव वेचविखन जस्ता बिषय सहायकका रूपमा अहिले देखिएका छन्।’ एकातिर सीमा आसपासका सर्वसाधारणले खुला सीमालाई जीवनयापन सहज भएपनि संक्रमित आवागमन भएमा ‘कोरना भाईरस’ सर्ने उच्च जोखिम भएको उनले बताए।

कोरोना जोखिम कम गर्न डोटीमा सहायता कक्ष

नोवेल कोरोना भाइरस (कोभिड–१९)को जोखिम कम गर्न डोटीमा चार ठाउँमा सहायता कक्ष स्थापना गरिने भएको छ। विश्वभर महामारीको रुपमा फैलदा यसको जोखिम कम गर्न जिल्लाका चार ठाउँमा सहायता कक्ष स्थापना गर्न लागिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ।

जोखिमयुक्त भवनमा राखेर पढाइँदै

गाउँको मुनिबाट ठूलो पहिरो गएपछि स्थानीयले गाउँ छाडे। गाउँले नभएपछि त्यहाँ भएको विद्यालय पनि विस्थापित भयो। पढ्ने उमेरका बालबालिका यताउता छरिएर पढ्न थाले। कतिले पढाइ छाडे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्