१५ मंसिर २०८१ शनिबार
image/svg+xml

अव्यवस्थित क्वारेन्टाइनले जोखिम बढ्यो

जिल्ला प्रशासन कार्यालय स्थानीय तहमा बनेका क्वारेन्टाइन एकिकृत गरेर प्रत्येक स्थानीय तहमा एक सय बेडको क्वारेन्टाइन बनाउने निर्णय गरिए पनि जिल्लामा अधिकांश स्थानीय तहले मापदण्ड अनुरुप व्यवस्थापन गर्न सकेनन् । नत एकिकृत क्वारेन्टाइन नै बनाएका छन् ।

कोरोना भाइरसको जोखिमबाट बच्न डोल्पामा यार्सागुम्बा संकलनमा रोक

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न पूर्व सतर्कताका लागि हिमाली जिल्ला डोल्पामा यो वर्ष बहुमुल्य जडिबुटी यार्सागुम्बाको संकलनमा रोक लगाइएको छ । शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको कार्यालय सुलिगाड डोल्पामा शनिबार बसेको सरोकारवलाहरुको बैठकले विषम परिस्थतीका कारण यो वर्षको यार्सागुम्बा संकलनमा रोक लगाएको हो ।

उद्वारका नाममा जुम्लामा जोखिम बढ्दै

पछिल्लो समयमा कर्णाली प्रदेश सरकार तथा स्थानीय सरकारले उद्वारका नाममा जथभावी मान्छे भित्र्याउन थालेपछि जुम्लामा जोखिम बढेको छ । अहिले दैनिक पाँच सय भन्दा बढिको आवतजावत भइरहेको हो । पहिले जुम्ला निकै सुरक्षित थियो । भित्रिएका सबको क्वारेन्टाइनमा बसेर नियमित चेकजाँच गरीएको थियो । तर पछिल्लो समयमा भित्रिएका अलपत्र भनिएका नागरिकहरु नै क्वारेन्टाइनमा बस्न मान्दैनन् । उनीहरु घरमै होमक्वारेन्टाइनमा बस्ने भन्दै क्वारेन्टाइनमा बस्न मान्दैनन् । जसल गर्दा जोखिम बढ्ने उच्च संभावना छ ।

ख्यालख्यालमै उच्च जोखिम

विज्ञले लकडाउनको पूर्ण पालना, उच्च मनोबलसहित घरपरिवारमा रम्न, अत्यावश्यक काममा निस्कँदा सामाजिक दूरी कायम गर्न र अनावश्यक होहल्लाका पछि नलाग्न सुझाएका छन्।

बन्दाबन्दीका लामबन्दी

कोभिड–१९ द्वारा सिर्जित बन्दाबन्दीको अवस्थामा आफ्नो थातथलो हिँडेका सर्वसाधारणले यो बेला पाएका सास्ती शब्दमा चित्रण गर्न सकिँदैन।

‘भरपर्दाे परीक्षण नहुँदा झन जोखिम’

कर्णालीमा दुईवटा विधिबाट कोरोना भाइरसको नमुना परीक्षण भइरहेको छ । आरटी–पिसिआर र आरटीडी विधिबाट । आरटी–पिसिआर विधि केही ढिलो भए पनि आरटीडी विधिलाई द्रुतअर्थाात् छिटो नमुना परीक्षण हुने विधि भनिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यी दुई विधिलाई तीन चरणमा व्याख्या गरेको छ ।

रित्तिए काभ्रेका क्वारेन्टाइन

कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि व्यवस्थित गरिएका सम्पूर्ण क्वारेन्टाइन हाल खाली भएका छन्।

सुदूरपश्चिममा १८७ नमूना नेगेटिभ

कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा बिहीबारसम्म कोरोना भाइरसका शङ्कास्पद एक हजार २५५ व्यक्तिको नमूना सङ्कलन गरिएकामा १८७ को नमूना ‘नेगेटिभ‘ आएको छ।

'लगाउने मास्क छैन, ज्वरो नाप्ने मेसिन छैन'

सुर्खेतको लेकवेशी नगरपालिकाको चौरासे स्वास्थ्य चौकीमा सात जना स्वास्थ्यकर्मी कार्यरत छन्। कोरोना संक्रमणका कारण भइरहेको लकडाउनमा पनि दैनिक ३०–३५ को हाराहारीमा विरामीहरु चेकजाँचका लागि आउँछन्। यी मध्ये अधिकांश छिमेकी मुलुक भारतबाट फर्केकाहरु आउँछन्। विरामी चेकजाँच गर्दा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), मास्क, पञ्जा र स्यानिटाइज प्रयोग गर्न सरकारले स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको छ तर, यहाँका स्वास्थ्यकर्मीसँग मुखमा लगाउने मास्कसमेत छैन।

नेपाल भारत सीमानाकामा थप कडाइ

कोरोना भाइरस (कोभिड –१९)को जोखिम हुन नदिन प्रदेश २ प्रहरी कार्यालयले नेपाल भारत सीमानाकामा  थप कडाइ गरेको छ।

गाउँ झन् असुरक्षित

कवि हेमन्त विवश ‘लकडाउन’का बेला गाउँ बढी सुरक्षित हुने विश्लेषण गरेर राजधानी काठमाण्डौँदेखि जन्मथलो डोटी आईपुगे। शहरी क्षेत्रभन्दा गाउँमा चहल–पहल कम हुने र सुरक्षित आहारव्यवहार हुने भएकाले उनी गाउँमा आएका थिए।

जोखिममा स्वास्थ्यकर्मी : तल्लो तहका कर्मचारीले पाउदैनन् स्वास्थ्य सामग्री

दश दिनअघि कोरोनाको आशंकामा एक जना बिरामीलाई बुटवलको प्रादेशिक अस्पतालले भर्ना लिन नमानेको घटना बाहिरीएपछि त्यहीका स्वास्थ्यकर्मीले भनेका थिए ‘बिरामीको उचीत उपचार गर्ने होे भने पहिले स्वास्थ्यकर्मी र अस्पताललाई सुरक्षित बनाउ।’

भारतबाट नेपाल आउने क्रम रोकिएन

भारतबाट आएर घरमै निर्धक्क बस्ने र सीमावर्ती क्षेत्रमा घुमफिर गर्ने २१ जनालाईं सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ।

उदयपुरमा ४ सय बेडको क्वारेन्टाईन तयार

कोरोना भाईरस (कोभिड–१९) जोखिम नियन्त्रणको लागि  उदयपुरमा झण्डै ४ सय शैय्याको क्वारेन्टाईन स्थापना गरिएको छ। कोरोनाका संभावित संक्रमितलाई राख्न भनेर सदरमुकाम त्रियुगालगायत जिल्लाका आठ वटा स्थानीयतहमा गरी ३ सय ९७ बेडको क्वारेन्टाईन तयार गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्