१५ मंसिर २०८१ शनिबार
image/svg+xml

लगातारको बर्षाले त्रास थपिदै

लगातारको बर्षाका कारण पहाडी भेगमा पहिरो र तराइमा बाढीको जोखिम बढ्दै गएको छ । अविरल बर्षाका कारण प्रदेश ५ का ठूला नदीहरुमा पानीको बहाव बढ्न थालेको छ ।

तीन घर विस्थापितः १७ घर उच्च जोखिममा

निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–३ कम्फुटोलमा जमीन भासिन थालेपछि तीन घर विस्थापन भएका छन् भने १७ घर उच्च जोखिममा परेका छन्।

तपाईंलाई कोरोना सर्ने जोखिम कति छ ? यसरी थाहा पाउनुस्

एसोसिएनका महासचिव छवि पोखरेलले यस्तो अनुसन्धानमूलक विधिले नेपाल र नेपालीलाई यो महामारीको समयमा जोखिम व्यवस्थापनमा धेरै सहयोग पुग्ने बताए।

देशभर फैलियो मनसुन, काठमाडौंसहित ४० भन्दा बढी जिल्लामा बाढीको जोखिम

अहिले देशभरजसो हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । साथै केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

७५ दिनदेखि बन्द कार्यालय अब खुल्ने

कोरोना भाइरस (कोभिड–१९)जोखिमका कारण लामो समयदेखि बन्द सरकारी कार्यालयहरु अब बिस्तारै खोलिने भएको छ । कोरोना जोखिमका कारण सरकारले देशभर लकडाउन गर्ने निर्णयगरेसँगै ७५ दिनदेखि बन्द रहेका कार्यालयहरु अब बिस्तारै खोलिने भएको हो ।

खुसुक्क भित्रिनाले जोेखिम

एकाएक भारतबाट आएकाहरु सीमा नाकामा अलपत्र परेको खबर सुनियो। कहाँका कति छन्, त्यसको तथ्यांक आएन्। न भारतबाट आउनेले खबर गरे, नत स्थानीय सरकारले नै तथ्यांक संकलनको काम गर्न सके।

संक्रमितको उपचारको नभई जोखिम भत्ता मागेका हौ; धौलागिरी अस्पताल

धौलागिरी अस्पताल बागलुङले कोरोना भाइरसका दुईजना संक्रमितको उपचारका लागि भत्ता माग नगरेको दावी गरेको छ। अस्पतालका बारेमा गण्डकी प्रदेशसभामा म्याग्दीका प्रदेश सांसद विनोद केसीले प्रस्तुत गरेको तथ्याङ्क नै गलत भएको बताउँदै दुईजना कोरोना संक्रिमतको उपचारको लागि खटिएका नभई स्वास्थ्यकर्मीको चार महिनाको जोखिम भत्ता माग गरिएको अस्पतालले जनाएको छ।

कोरोना संकटले लखेटिएकाहरु !

विद्यालय पढ्दा पढ्दै मजदुरीका लागि उपत्यकाको ईट्टाभट्टा पुगेकी १९ वर्षिया मंगलीको (नाम परिवर्तन) साथमा ४ वर्षको छोरो छ । स्थानीय विद्यालयमा ५ कक्षा पढेकी उनि नाईकेको साथ लागेर आफू जस्तै अन्य दर्जनौ साथीसंगै ईट्टा बोक्न गएकी हुन् ।

सुस्त प्रदेश सरकार : जोखिममा गाउँ

रोल्पाका गाउँहरु यतिबेला त्रसित छन् । घर छेउँमा बनेका अब्यवस्थित क्वारेन्टिनमा बस्ने छिमेकीसंगको सामिप्यता बढ्ने डरमा उनीहरु दिक्क बनेका हुन् । पछिल्ला केहि दिनयता भारतबाट नेपाल भित्रिने क्रम बढेर गाउँहरु जोखिममा पर्न थालेका हुन् ।

सुदूरपश्चिममा ह्वात्तै बढ्यो जोखिम

चैतको तेस्रोसाता कैलाली र कञ्चनपुरका पाँचजनामा नोवेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिदा सुदूरपश्चिम प्रदेशभर सन्त्रास बढ्यो । भारतबाट करिब डेढलाख नेपाली भित्रिएका थिए । उनीहरु स्वास्थ्य परीक्षणबिनै गाउँगाउँ पसेका थिए । जसको जोखिमले जनस्तर त्राहिमाम थियो ।

बस्तीमाथिको सडकले ५० घरधुरी जोखिममा

बस्ती माथिबाट अव्यवस्थित सडक निर्माण हुँदा म्याग्दीको मंगला गाउँपालिका–५ अर्मन गाउँ उच्च जोखिममा परेको छ । गत वर्षदेखि निर्माण सुरु गरेको किमचौर–कमिरे हुँदै धारा जोड्ने सडक तलको अर्मन पहिरोको जोखिम बढाएको हो ।

अव्यवस्थित सडकले गाउँ नै जोखिममा

बस्ती माथिबाट अव्यवस्थित सडक निर्माण हुँदा म्याग्दीको मंगला गाउँपालिका–५ अर्मन गाउँ उच्च जोखिममा परेको छ।

न्यूनतम सतर्कता नअपनाउदा अत्यावश्यक किनमेलमै जोखिम

न्यूनतम सतर्कता समेत नअपनाउदा सिन्धुलीमा अत्यावश्यक किनमेलमै जोखिम बढेको छ । सिन्धुलीको सिमाना जोडिएको उदयपुरमा कोरोना भाइरसको सक्रमण बढ्दै गएको भएपनि सिन्धुलीमा न्यूनतम सतर्कता समेत अपनाइएको छैन ।

लुकीछिपी भित्रिने क्रम नरोकिँदा जोखिम बढ्दै

भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम अझै रोकिएको छैन। नदी तरेर वा लुकेर सीमाबाट आउने क्रम नरोकिएपछि जोखिम बढ्दै गएको छ।

लकडाउनमा आएका ८ हजारलाई क्वारेन्टाइनमा नराख्दा जोखिम

लकडाउनकै बीच बैशाख महिना हुलका हुल मान्छे बिभिन्न ठाउँबाट सुदूरपश्चिम प्रवेश गरे । औपचारिक रुपमा सवारी साधन चल्न दिने घोषणा नगरे पनि जनप्रतिनिधि, राजनीतिक दलका नेता र कार्यकर्ता पहलमा काठमाडौ, बुटवल, बिराटनगर, नेपालवगंज सबैतिर छरिएर रहेका विद्यार्थी, मजदुर, सर्वसधारण बसमा भित्रिएका हुन । चिसापानीबाट सुदूरपश्चिममा एकै दिन २५, ३० बसमा सयौ व्यक्ति भित्रिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्