भक्तपुरमा कुकुर बन्ध्याकरण सुरु
भक्तपुर नगरपालिकाले शुक्रबारदेखि नगरका छाडा कुकुरलाई बन्ध्याकरण तथा रेबिज रोगविरुद्ध खोप अभियान थालेको छ ।
भक्तपुर नगरपालिकाले शुक्रबारदेखि नगरका छाडा कुकुरलाई बन्ध्याकरण तथा रेबिज रोगविरुद्ध खोप अभियान थालेको छ ।
प्रहरीले बलात्कारको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न मितिमा भएको बलात्कारको उजुरीको आधारमा आरोपितहरुलाई पक्राउ गरेको हो।
प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडालाई बनाएको भन्दै विहीबार भक्तपुरमा पनि विरोध भएको छ। बाम गठबन्धनका तर्फबाट भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एमाले नेता महेश बस्नेतको अगुवाईमा विरोध सुरु भएको हो।
भक्तपुरमा बुधबार बिहान एक व्यवसायीको हत्या भएको छ। माटो व्यवसायी रहेका चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
भक्तपुर हनुमानघाटमा प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एकमहिने श्री माधवनारायणको व्रत चल्दै आएको छ । स्वस्थानी व्रतकथाका क्रममा भक्तपुर नगरपालिका–६ हनुमानघाटमा हुने एकमहिने माधवनारायण व्रत लिएकाहरू हरेक बिहान फरकफरक स्थानका सडकमा गुडुल्किएर हिँड्ने गर्छन् ।
भक्तपुर सांगीतिक समाजको आयोजनामा भक्तपुरमै पहिलोपटक नारायणगोपाल साँझ हुने भएको छ । समाजले सोमबार भक्तपुरमा पत्रकार सम्मेलन गरी आगामी पुस २२ गते शनिबार भक्तपुरको सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा साँंझ गर्ने जानकारी गराएको छ ।
भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदरबार प्रेम सुवाल विजयी भएका छन्। विपक्षीलाई झण्डै दोव्वर मतको फराकिलो अन्तरका साथ सुवाल विजयी भएका हुन्। सुवालले ३३ हजार ७६ वटा मत पाएका छन् । उनका निकटम प्रतिद्धन्ती नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार आठ सय १८ मत पाएका छन्।
प्रतिनिधि सभा भक्तपुर क्षेत्र नं. १ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ। प्रारम्भिक मत परिणाम अनुसार नेपाली काँग्रेसले अग्रता लिएको छ।
भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विहान ११ बजे मतदान गर्ने कार्यक्रम छ । नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले १० बजे विद्यार्थी निकेतन मावि मतदान केन्द्रमा मतदान गर्ने कार्यक्रम छ । पूर्वमन्त्री महेश बस्नेतले गुण्डुस्थित भैरवी निमावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
भक्तपुरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीचको वाम तालमेल संकटमा परेको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भक्तपुरले प्रेस विज्ञप्ति प्रकाशित गरी तालमेल टुटेको आधिकारिक घोषणा गरेको छ।
दुई दिनको अवधिमा भक्तपुरका चार छुट्टाछट्टै स्थानमा एक जना विदेशीसहित चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार नगरकोटस्थित होटल हिमालयन भिल्लामा बंगलादेशको नागरिक ३४ वर्षीय हसन फेरोदोस अचानक बेहोस भएको र उपचारको लागि डा. ईवामुरा अस्पताल लगिएकोमा डाक्टरले मृत्यु भइसकेको घोषणा गरेको हो।
विराट नेपाल भाषा साहित्य सम्मेलन गुठीको ५६ औं सम्मेलन भक्तपुरको कमलविनायकमा सम्पन्न गरेको छ । वाङमय सताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले पानसमा दीप प्रज्वलित गरी उद्घाटन गरे ।
चोक चोकमा बिहानै यम्बोःद्यो ठड्याएसँगै आजदेखि धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा शुरु भएको छ।
यात्रु बनेर ट्याक्सी चढी भक्तपुरको खरिपाटी मुहानपोखरी ल्याएर चालक लुटने लुटेरालाई आज प्रहरीले पक्राउ गरेको छ। चालक लुटेर फरार भएका मोरङ उर्लाबारी घर भई हाल काभ्रे बनेपा बस्ने वर्ष २६ को माधवराज गौतमलाई चालकसँग लुटेको सामानमध्ये नगद रु पाँच हजार ९७०, चाँदीको सिक्रीसहित भाग्दै गर्दा खरिपाटी प्रहरी प्रभागबाट खटिएर गएका प्रहरीले आज पक्राउ गरेका छन्।
प्रचण्ड गर्मीसँंगै भक्तपुरबासीलाई खानेपानीको समस्याले पिरोलेको छ। पानीका लागि टोलटोलका सार्वजनिक ढुंगेधारा, इनार, कुवामा भीड लाग्न थालेको छ। एक गाग्री पानीकै लागि महिला तथा केटाकेटी बिहान र बेलुका लाम लाग्न थालेका छन्।