भक्तपुरमा बाढीपहिरो र डुबानबाट १२ करोड क्षति
भक्तपुरमा आएको बाढीपहिरो र डुबानका कारण रु ११ करोड ९३ लाख ५० हजार १२५ बराबरको क्षति भएको छ।
भक्तपुरमा आएको बाढीपहिरो र डुबानका कारण रु ११ करोड ९३ लाख ५० हजार १२५ बराबरको क्षति भएको छ।
बुधबार रातिदेखिको अविरल वर्षाले भक्तपुर डुबानमा परेको छ। भक्तपुरका स्थानीय हनुमन्ते, खासाखुसी खोलाको पानीको सहज निकास नहुँदा र गहिरो क्षेत्रका बस्ती डुबानमा परेका हुन्।
भक्तपुरमा विगत ६ महिनामा १३ बालिका तथा किशोरी बलात्कारका घटनाबाट पीडित भएका छन्।
भक्तपुरमा नेपालकै झल्को दिने गरी जग्गा एकीकरण आयोजना सञ्चालन हुने भएको छ।
भक्तपुरमा भूकम्पबाट भत्किएका निजी आवास पुनर्निर्माण कार्य सुस्त बनेको छ । भूकम्प गएको ३८ महिना बितिसक्दा जिल्लामा जम्मा १० प्रतिशत घर निर्माण भएका छन्।
सूर्यविनायक नगरपालिका–९ बाँसघारीस्थित गारनिस होटलको कोठा नं २०३ मा बुधबार दिउँसो दुई व्यक्तिको शव भेटिएको छ।
कन्टेनर ट्रकको ठक्करबाट आज यहाँका एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि आक्रमणको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला इन्चार्जलाई पक्राउ गरेको छ।
भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहेको चौथो भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेलामा ८ करोडको व्यापार भएको छ।
भक्तपुर नगरपालिकाद्धारा गठित ‘स्थानीय पाठयक्रम निर्माण कार्यदल’ ले तयार पारेको स्थानीय पाठ्यक्रमलाई हस्तान्तरण गरिएको छ। कार्यदलका संयोजक योगेन्द्रमान विजुक्छेंले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई आइतबार एक कार्यक्रमबीच तयार पाठ्यक्रम हस्तान्तरण गरेको हो।
भक्तपुरको मध्यपुर थिमि क्षेत्रका बासिन्दाले आइतबार विहान हर्षोल्लासका साथ सिन्दुरजात्रा अर्थात सुथःसिया जात्रा मनाएका छन्। जात्रामा केटाकेटीदेखी बृद्धबृद्धाको समेत सहभागिता रह्यो।
भक्तपुरको पोटरी स्वायरमा शुक्रबार दिउँसो हात नभएको लिंगो उठाइएको छ। स्थानीय टोलबासीहरु डोरीको सहायताले तानेर दिउँसो साढे १२ बजे लिंगो उठाउन सफल भएका हुन्।
भक्तपुर जिल्ला फुटबल संघको अध्यक्षमा गौतम सुजखु पुनः सर्वसम्मत चयन भएका छन् । संघको मंगलबार सम्पन्न पाँचौं जिल्ला अधिवेशनले सुजखुको अध्यक्षतामा नौ सदस्यीय नयाँं कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नौ दिन आठ रात लामो भक्तपुरको विस्केट जात्रा मंगलबारदेखि सुरु हुँंदैछ। भक्तपुरको प्रसिद्ध पाँंचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ मंगलबार दिउँंसो तान्ने क्रमको सुरुवातसँंगै जात्रा सुरु हुँंदैछ।
नेपालप्रेमी स्वीस भूर्गभशाश्त्री डा. टोनी हागनले खिचेका तस्बिरहरूको प्रदर्शनी भक्तपुरमा सुरु भएको छ। भक्तपुर नगरको गछेंस्थित सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीले बनाएको टोनी हागन हाउसभित्र फोटोहरुको प्रदर्शनी सुरु गरिएको हो। सोमबार साँझ टोनी हागनकी सुपुत्री केट्रिनाको उपस्थितिमा प्रदर्शनी सुरु भएको थियो।