१४ आश्विन २०८१ सोमबार
image/svg+xml

मत परिणाममा काँग्रेसको अग्रता (सूचिसहित)

काठमाडौं- पहिलो चरणमा आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको प्रारम्भिक मतपरिणाममा काँग्रेस सबैभन्दा बढी स्थानमा विजयी भएको छ। घोषणा भएका स्थानीय तह मध्ये काँग्रेसले ६ स्थानमा विजयी हाँसिल गर्दै आफूलाई अग्रस्थानमा राखेको हो।

काठमाडौंका दशमध्ये ६ नपामा एमाले , ४ मा काँग्रेसको अग्रता

स्थानीय तह पहिलो चरण निर्वाचन अन्तर्गत काठमाडौंका एक महानगर र १० वटा नगरपालिकामा मतगणना भइरहेको छ। १० नगरपालिकामध्ये ६ नेकपा एमालेले अग्रता लिएको छ। भने ४ नगरपालिकामा नेपाली कांग्रेस अगाडी छ। कीर्तिपुर, दक्षिणकाली, वुढानिलकण्ठ, कागेश्वरी मनहरा, नागार्जुन र शंखरापुरमा एमालेले अग्रता छ। गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, तार्केश्वर नगरपालिका र चन्द्रागिरी नगरपालिकामा काँग्रेसको अग्रता रहेको छ।

पैंयूमा काँग्रेसको अग्रता

पर्वतको पैंयूँ गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । पैंयूँ १ टकलाकमा २ सय मत गणना गर्दा काँग्रेसले १ सय १४ मत प्राप्त गरेको छ  भने एमालेले ६७ र माओवादी केन्द्रले ८ मत प्राप्त गरेको छ।

गोरखा नगरपालिकामा काँग्रेसको अग्रता, नयाँ शक्ति चौथो

गोरखा नगरपालिकाको प्रारम्भिक मतगणनामा नेपाली काँग्रेसले अग्रता लिएको छ। नगरपालिका १ को ५० मत गणना हुँदा नेपाली काँग्रेसका मेयर उम्मेदवारले ३१ सहित अग्रता लिएको हो।

सिन्धुपाल्चोकमा मतगणना सुरु, भोटेकोशी १ मा काँग्रेसको अग्रता

सिन्धुपाल्चोकका १२ स्थानीय तह मध्ये ५ वटामा मतगणना सुरु भएको छ । मेलम्ची नगरपालिका, बाह्रबिसे नगरपालिका, हेलम्बु, भोटेकोशी र बलेफी गाउँपालिकामा मतगणना सुरु गरिएको हो ।

ललितपुरमहानगरमा काँग्रेसको अग्रता

ललितपुर महानगरपालिका–१ वडाको पछिल्लो मत परिणामअनुसार नेपाली काँग्रेसले अग्रता लिएको छ । जारी मत गणनामा प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ३६७ मतका साथ अग्र स्थानमा छन्, भने नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकार ३०९ मतका साथ दोस्रो र नेकपा माओवादी केन्द्रका दिनेश महर्जन ११२ मतका साथ तेस्रो स्थानमा छन् ।

ललितपुर महानगरमा कांग्रेसको अग्रता

ललितपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार मेयर पदका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जनले २१८ मत सहित अग्रता लिएका छन्। यस्तै एमालेका हरिकृष्ण ब्यञ्जनकारले १८४ मत र माओवादी केन्द्रका दिनेश महर्जनले ८३ मत ल्याएका छन्।

काँग्रेसको पक्षमा जनलहर रहेको दाबी

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनको पहिलो चरण अन्तर्गत वैशाख ३१ गते हुन गइरहेको निर्वाचनमा आफ्नो पक्षमा जनलरहर रहेको दाबी गरेको छ। निर्वाचनले उत्सवको रुप लिएको भन्दै काँग्रेसले आफ्नो पक्षमा पक्षमा जनलहर देखिएको ठहर गरेको हो।

कांग्रेसको इतिहास सबैलार्इ थाहा छ : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस मात्रै जनताको भरपर्दो पार्टी रहेको दाबी गरेका छन् ।

कांग्रेसको दाबी : काठमाडौं महानगरको २४ वडामा जित्छौं

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाका २४ भन्दा बढी वडामा आफ्ना उम्मेदवारले जित्ने दाबी गरेको छ। निर्वाचन आउन केहीदिन मात्र बाँकी रहँदा आन्तरिक जोडघटाउमा जुटेको कांग्रेसले दुई तिहाइ वडासहित महानगरपालिकाको प्रमुख र उपप्रमुख जित्ने दाबी गरेको हो।

कांग्रेसको होइन छिमेकीको प्रचार: गायिका ओली

हालै राप्रपामा प्रवेश गरेकी गायीका कोमल ओलीको ललितपुर महानगरपालिका वाडा नं २ बाट नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार पवन बिष्टको प्रचारप्रसारमा सहभागि भएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्