१४ आश्विन २०८१ सोमबार
image/svg+xml

हेटौँडामा एमाले र काँग्रेसको कडा प्रतिस्पर्धा

एमालेले २ पटक लगातार जितेको हेटौंडा उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। मतगणनाको शुरुमा एमालेले अग्रता लिएपनि पालैपालो अग्रता लिने क्रम जारी छ।

ललितपुर महानगरमा काँग्रेसको २ सय मतको अग्रता

ललितपुर महानगरपालिकाको मतगणना अन्तिम चरणतिर पुग्नै लाग्दा काँग्रेस-एमालेबीच प्रतिस्पर्धा चुलिएको छ। चार वटा वडाको मतगणना बाँकी रहँदा काँग्रेस मेयर प्रत्यासी चिरिबाबु महर्जन एमालेका मेयर प्रत्यासीभन्दा २०३ मतले अगाडि छन्।

कांग्रेसको 'अनपेक्षित परिणाममा देउवा दोषी'

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पार्टीको अनपेक्षित परिणाम आएको निष्कर्ष निकाल्दै यसमा सभापति शेरबहादुर देउवा जिम्मेवार भएको आरोप रामचन्द्र पौडेल पक्षधर नेताहरूले लगाएका छन्। पछिल्लो राजनीतिक घटनाक्रममा देउवाले लिएको गलत नीतिका कारण सहरी क्षेत्रमा बस्ने मध्यमार्गी मतदाता कांग्रेससँग बिच्किएको निष्कर्ष पौडेल पक्षको छ।

ललितपुर महानगरमा कांग्रेसको अग्रता कायमै

ललितपुर महानगरपालिकाको २० वडासम्मको औपचारिक मत परिणाम घोषणा भएको छ। हाल २२ र २३ को घोषणाको तयारी र वडा नम्बर २४ को मतगणना अन्तिम चरणमा पुगेको छ। महानगरमा रहेका २९ वडामा हालसम्मको मतपरिणाममा मेयर र उपमेयरमा कांग्रेसकै अग्रता रहेको छ।

भरतपुर मेयरमा एमाले, उपमेयरमा काँग्रेसको अग्रता

भरतपुर महानगरपालिकामा ९ घन्टापछि सार्वजनिक परिणाममा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली १७६९ मतको अग्रता लिएका छन्। ९२१२ मत पाएर उनी पहिलो स्थानमा छन्।

काठमाडौंका ८ नगरपालिकामध्ये ५ मा एमाले ३ मा काँग्रेसको अग्रता

काठमाडौंको मतपरिणाम आउन बाँकी ८ नगरपालिकामध्ये पाँचमा एमालेले अग्रता लिइरहेको छ। तीन वटामा काँग्रेसको अग्रता छ। एमालेले टोखा, तार्केश्वर, कीर्तिपुर, बुढानिलकण्ठ र गोकर्णेश्वरमा अग्रता लिइरहेको छ। यसैगरी काँग्रेसले नागार्जुन, चन्द्रागिरी र कागेश्वरीमा अग्रता लिइरहेको छ।

चन्द्रागिरी नगरपालिमा काँग्रेसको २ हजार मतको अग्रता

चन्द्रागिरी नगरपालिकामा नेपाली काँग्रेसले दुई हजारभन्दा बढी मतको अग्रता लिएको छ। काँग्रेसका मेयर प्रत्यासी घनश्याम गिरीले ६०८५ मतसहित अग्र स्थानमा छन्। एमालेका प्रल्हाद कार्की ३८७७ मतसहित काँग्रेसका गिरीलाई पछ्याइरहेका छन्। नेकपा माओवादी केन्द्रका श्रीकृण्ण श्रेष्ठले १८७३ मत प्राप्त गरेका छन्।

कांग्रेसको विजय जुलुशमा सहभागी एक युवकको मृत्यु

सल्यानमा बुधवार कांग्रेसको बिजय जुलुसमा सहभागी एक युवाको मृत्यु भएको छ। सल्यान त्रिवेणी गाउँपालिका वडा नम्बर ६ मा कांग्रेसको बिजय जुलुसमा सहभागी २२ बर्षिय खिमवहादुर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, डिएसपी श्यामवहादुर खत्रीले जानकारी दिए।

काठमाडौंमा एमाले र कांग्रेसको पाँच/पाँच नगरपालिकामा अग्रता

स्थानीय तह पहिलो चरण निर्वाचन अन्तर्गत काठमाडौं जिल्लामा नेपाली काँग्रेसले ५ र नेकपा एमाले पनि ५ वटा नगरपालिकामा अग्रता लिएको छ।

कागेश्वरी मनहरामा काँग्रेसको अग्रता

काठमाडौको कागेश्वरी मनहरा नगरपालिमा नेपाली कांग्रेसले अग्रता लिएको छ। नेपाली कांग्रेसका उपेन्द्र कार्की १४७१ मतसहित अग्र स्थानमा रहेका छन्। उनमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुण्णहरी थापाले १२१७ मतसहित कांग्रेसका कार्कीलाई पछ्याइरहेका छन्। नेकपा माओवादी केन्द्रका महेश्वर फुयाँलले ७१२ मत प्राप्त गरेका छन्।

ललितपुर महानगरमा काँग्रेसको अग्रता, साझा पार्टी तेस्रो

ललितपुर महानगरपालिकामा काँग्रेसले अग्रता लिएको छ। काँग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जन ६०८४ मतका साथ अग्रस्थानमा छन्। एमालेका हरिकृष्ण ब्यञ्जनकार ५७७४ मतका साथ दोस्रो स्थानमा छन्।

काठमाडौंका १० मध्ये ६ नगरपालिकामा काँग्रेसको अग्रता

स्थानीय तह पहिलो चरण निर्वाचन अन्तर्गत काठमाडौं जिल्लामा ६ नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ।

चन्द्रागिरिमा काँग्रेसको अग्रता

चन्द्रागिरि नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका घनश्याम गिरीले तीन हजार ५५ मत प्राप्त गरी अग्रता कायम गरेका छन् ।

नुवाकोटमा १८ वडाको मतपरिणाम सार्वजनिक, काँग्रेसको अग्रता

२ नगरपालिका र १० गाउँपालिकामा रहेको नुवाकोटमा मतगणना जारी छ । ८८ वडा मध्ये १८ वडाको नतिजाले अन्तिम रुप लिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्