१४ आश्विन २०८१ सोमबार
image/svg+xml

बाढीपीडितको सहयोगमा परिचालन हुन काँग्रेसको सर्कुलर

नेपाली कांग्रेसले बाढीपहिरो पीडितको राहत र उद्धारमा पार्टी भ्रातृ संगठनहरुलाई परिचालन गर्ने भएको छ। पार्टी महामन्त्री शशांक कोइरालाको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा पार्टी भ्रातृ तथा शुभेच्छुक संगठनहरुको बाढीपहिरोबाट पीडितलाई राहत दिलाउन र उनीहरूको उद्धारमा जुट्न नेताकार्यकर्तालाई निर्देशन दिएको हो।

जुम्लामा माओवादी-कांग्रेसको गठबन्धन

जिल्ला समन्वय समितिको जुम्लाको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्रको गठबन्धन भएको छ। माओवादी केन्द जुम्लाले अध्यक्षसहित ६ जना सदस्य र कांग्रेसले उपाध्यक्षसहित ३ जना सदस्य पाउने गरी गठबन्धन गरिएको हो।

कांग्रेसको संघर्षमय इतिहास

सन् १९६२ मा दुई छिमेकी देश चीन र भारतबीच युद्ध भयो। त्यसबेला चीनका तत्कालीन उपप्रधान तथा पराराष्ट्रमन्त्री मार्सल चेन यीले बिपी कोइराला जेल नपरेको भए चीन र भारतबीच युद्ध नहुने बताएको पनि पुस्तकमा उल्लेख छ। पुस्तकमा भनिएको छ, 'बिपीलाई अपदस्थ गरेर बन्दी बनाइयो। चीन र भारतबीच मध्यस्थताको सूत्र रहेन। त्यसैले युद्ध टार्न सकिएन।'

कांग्रेसको प्रदेश नम्बर २ भेला : संशोधन प्रस्ताव पक्षमा उभिन आह्वान

नेपाली कांग्रेसको काठमाडौंमा प्रदेश नम्बर दुईको शुक्रबार सम्पन्न दुई दिवसीय भेलाले संसद्मा विचाराधीन संविधान संशोेधन प्रस्तावको पक्षमा उभिन सबै राजनीतिक दललाई आह्वान गरेको छ।

संविधान संशोधनको पक्षमा उभिन काँग्रेसको आह्वान

नेपाली कांग्रेसले संसद्मा विचाराधीन संविधान संशोेधन प्रस्तावको पक्षमा उभिन सबै राजनीतिक दलहरुलाई आह्वान गरेको छ। काठमाडौंमा दुई दिनदेखि जारी प्रदेश नम्बर दुईको शुक्रबार सम्पन्न भेलाले सरकारले ल्याएको संशोधन प्रस्तावलाई पास गरी देशलाई राजनैतिक निकास दिन संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई आग्रह गरेका हुन्।

काँग्रेसको आक्रमणबाट एमालेका ६ कार्यकर्ता घाइते, एकको अवस्था गम्भीर

गौमुल गाउँपालिका–५ नख्राडामा नेपाली काँग्रेस कार्यकर्ताको आक्रमणमा परी ६ एमाले कार्यकर्ता घाइते भएका छन्। चुनाब प्रचारका क्रममा भएको झडपमा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर छ। सोमबार राती १० बजेपछि घटना भएको थियो। घाइते हुनेमा २ महिला र ४ पुरुष छन्।

पार्टीभित्रकै असहयोगले काँग्रेसको पराजयः नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीभित्रकै असहयोगका कारण काठमाडौँ काँग्रेसले पराजय भोग्नुपरेको बताएका छन्।

खोटाङका सबै स्थानीय तहमा कांग्रेसको उम्मेदवार तय

लामो समयपछि नेपाली कांग्रेसले खोटाङका सबै स्थानीय तहको उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेस जिल्ला कार्य समितिले सर्वसम्मत टुंगो लगाउन नसकेको उम्मेदवारको टुंगो लामो छलफल र प्रतिक्षापछि कांग्रेस केन्द्रीय समितिले शनिबार लगाएको हो ।

खोटाङमा कांग्रेसको उम्मेदवार तय

लामो समयपछि नेपाली कांग्रेसले खोटाङका सबै स्थानीय तहको उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेस जिल्ला कार्य समितिले सर्वसम्मत टुंगो लगाउन नसकेको उम्मेदवारको टुंगो लामो छलफल र प्रतिक्षापछि कांग्रेस केन्द्रीय समितिले शनिबार लगाएको हो । बाँकी रहेको दिप्रुङ गाउँपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयनसँगै दश वटै तहमा उम्मेदवारको टुंगो लागेको कांग्रेस महासमिति सदस्य बिष्णुकुमार राईले बताए ।

को को उठ्दैछन् बुटबलमा कांग्रेसको तर्फबाट मेयरमा ?

लामो समयको कसरत पछि नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीका नगरपालिकाहरुमा मेयर पदकालागि उम्मेदवारको टुङ्गो लगाएको छ।

इलाममा काँग्रेसको उम्मेद्वार छनौट अन्तिममा

जेठ ३१ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले नगरपालिकाका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षको नाम छनौट अन्तिम चरणमा पुर्याएको छ । ३ दिनयता बसेको जिल्ला समिति बैठकले मुख्य पदका अधिकतर उम्मेदवारको नाम ‘करिब’ टुंगो लगाएको हो ।

नेपालगन्जमा कांग्रेसको 'रोचक प्रतीक्षा'

नेपालगन्ज उपमहानगरको चुनावी मैदानमा उत्रिएका एमाले र माओवादी केन्द्रका प्रतिस्पर्धी कांग्रेसबाट तय भएर आउने सम्भावित उम्मेदवारलाई रोचकताका साथ कुरेका छन्।

एमाले खोटाङले टुंग्यायो उम्मेदवार, कांग्रेसको अझै टुंगो लागेन

स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले खोटाङले सबै तहमा उठाउने उम्मेद्वारको टुंगो लगाएको जनाएको छ । आगामी जेठ ३१ गते हुने निर्वाचनका लागि जिल्ला कमिटिले टुंगो लगाउन बाँकी पदका उम्मेदवारको किनारा इटहरीमा भएको १ नम्बर प्रदेश कमिटीको सचिवालयको बैठकले लगाएको एमालेले जनाएको छ ।

भरतपुर १६, काँग्रेसको गढमा एमालेको जित

भरतपुर महानगरपालिकाको वडा नं. १६ मा वडाध्यक्षसहित सवै पदमा एमालेका उम्मेदवारहरु विजयी भएका छन्।

भोजपुरमा काँग्रेसको चुनावी अभियान सुरु

आन्तरिक विवादका कारण उम्मेदवार टुङ्गो लगाउन लामो समय लगाएका भोजपुरका राजनीतिक दलले चुनावी अभियान सुरु गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्