१३ आश्विन २०८१ आइतबार
image/svg+xml

कांग्रेसको नेता परिचालन, एमालेको आक्रामक प्रचार

दोस्रो चरणको चुनावका लागि प्रमुख दलनेपाली कांग्रेस र एमाले आआफ्नो रणनीतिका साथ अभियान सञ्चालन गर्ने भएका छन् ।

कांग्रेसको सभास्थल नजिक बम फेला

दोलखा सदरमुकाम चरिकोटस्थित घ्यावापानीमा सकेट बम फेला परेको छ। भिमेश्वर-६ को वडाकार्यालय अगाडि बम फेला परेको प्रहरीले जनाएको छ। बम कांग्रेसको चुनाबी सभालाई लक्षित गरेर राखेको हुनसक्ने बताइएको छ।

प्रदेश नम्बर ७ मा कांग्रेसको पकड बचाउन देउवाको दौडाहा

प्रदेश नम्बर ७ मा नेपाली कांग्रेसको पकड कायम राख्न प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियता बढाएका छन। शुक्रवार एकै दिन प्रधानमन्त्री देउवा बैतडी र दार्चुलाका सुगम देखि बिकट ठाउँ सम्म पुगेर मतदातासँग मत माग्न भ्याएका छन। उनले शुक्रवार बैतडीका २ र दार्चुलाका २ गरेर ४ चुनावी सभामा पुगेर मतदाताको मन जित्ने कोशिस गरे।

विकासको लागि कांग्रेसको जीत आवश्यक: प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाले वाम गठबन्धनले लोकतन्त्र खतरामा परेकाले फेरी एक पटक लोकतन्त्रको रक्षाको लागी नेपाली कांग्रेसको जीत आवश्यक रहेको बताएका छन।

देउवा डडेल्धुरा पुग्दा कांग्रेसको ‘शक्ति प्रदर्शन’

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा स्थानीय तहको मतपरिणाम अनुसार वामगठबन्धन कांग्रेसभन्दा झण्डै साढे आठ हजार मतले अघि छ । सोही मतपरिणामलाई आधार मानेर देउवालाई यसपटक चुनाव जित्न कठिनाई हुने विश्लेषण हुने गरेको छ ।

मधेसी आरक्षणमा परेका विनोद चौधरी काँग्रेसको चुनाव परिचालन समितिमा

नेपाली काँग्रेसको समानुपातिक सूचीमा मधेसी आरक्षणबाट उम्मेदवार रहेका व्यापारी विनोद चौधरी निर्वाचन परिचालन समितिमा मनोनित भएका छन्। पार्टीले गठन गरेको ७५ सदस्यीय चुनाब प्रचार तथा परिचालन समितिमा उनी परेका हुन्।

कांग्रेसको सातै प्रदेशमा सभा

नेपाली कांग्रेस संविधानसभाबाट जारी संविधानको कार्यान्वयन, लोकतन्त्रको रक्षासहित मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउने मुख्य लक्ष्यसहित मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रचारमा जुटेको छ ।

महन्थलाई कांग्रेसको साथ

नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधिसभा निर्वाचनमा सहयोग गर्ने निर्णय गरेको छ।

कांग्रेसको जीर्ण नारा

नेपाली कांग्रेस आउँदो निर्वाचनलाई लोकतान्त्रिक र साम्यवादी शासन व्यवस्थामध्ये एउटा रोज्ने अवसरका रूपमा प्रचारित गर्दैछ ।

काँग्रेसको घोषणापत्र सार्वजनिक : एमाले अतिवादी, माओवादी सत्ता लोलुप (घोषणापत्र पूर्ण पाठसहित)

मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेसले घोषणा पत्र सार्वजनिक गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शंशाक कोइराला, नेता महेश आचार्य एवं बालकृष्ण खाँडले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका हुन्।

दोलखामा कांग्रेसको चुनावी अभियान सुरु

२०४८ यताका अधिकांश चुनाव वामपन्थीले जित्दै आएको दोलखामा यस पटक दोलखा कांग्रेसले कम्युनिस्ट गढ भत्काउने गरी आक्रामक रणनीतिसहित चुनावी अभियान थालेको छ ।

कांग्रेसको घोषणापत्रमा एमाले माओवादीप्रति आक्रोस

नेपाली कांग्रेसले कम्युनिष्ट आवरणमा मुलुकमा फेरि अतिवाद उदाउन खोजेको भन्दै लोकतन्त्रको सबलीकरणका लागि सबैलाई एक जुट हुन आह्वान गरेको छ। मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टी घोषणापत्र तयार गर्दै उसले लोकतन्त्रको रक्षाका मध्यमार्गी दलको पक्षमा उत्रन आग्रह गरेको हो।

वाम गठबन्धनका चुनौति घोषणापत्रमै राख्ने कांग्रेसको तयारी

नेपाली कांग्रेसले वाम गठबन्धनले नेपाली राजनीतिमा निम्त्याउने चुनौतिहरुलाई घोषणा पत्रमै राखेर चुनवमा जाने तयारी गरेको छ। आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा लोकतान्त्रिक शक्तिहरुसँगको गठबन्धन गरेर जान लागेको कांग्रेसले वाम गठबन्धनले निम्त्याउने चुनौतिलाई पनि घोषणा पत्रमै समावेश गर्ने भएको हो।

कांग्रेसको चुनावी गतिविधि तीव्र

नेपाली कांग्रेसले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न आन्तरिक गृहकार्य सुरु गरेको छ । केही दिनभित्रै निर्वाचन घोषणापत्र ल्याउने तयारीमा जुटेको कांग्रेसले नेता बालकृष्ण खाँणको संयोजकत्वमा प्रचार समिति गठन गरेको हो ।

कांग्रेसको उम्मेद्वार विवाद चर्किएपछि सामुहिक राजिनामा

नेपाली कांग्रेस ओखलढुँगाको प्रदेशसभा अन्तर्गत मित्रसेन दाहाललाई उम्मेद्धवार बनाएपछि कांग्रेस ओखलढुँगामा प्रत्यासी उम्मेवद्धवार लिलाबल्लभ दाहाल र कार्यकर्ताहरुले आपत्ति जनाएका छन्। शुक्रबार पार्टी केन्द्रिय कार्य समितिले मित्रसेनलाई उम्मेद्धवार बनाएपछि उम्मेवद्धवारका प्रत्यासी दाहालले उक्त निर्णय तत्काल नसच्याए पार्टीभित्रै विद्रोह गर्ने चेतावनी दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्