बलात्कारको आरोपमा एक जना पक्राउ
रुकुम (पश्चिम)मा जबरजस्ती करणी गरेको अरोपमा एक जना युवा पक्राउ परेका छन्। रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका–५ हुकामका ३० वर्षीय सविन भनिने सुविन्द्र घर्ती मगरलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
रुकुम (पश्चिम)मा जबरजस्ती करणी गरेको अरोपमा एक जना युवा पक्राउ परेका छन्। रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका–५ हुकामका ३० वर्षीय सविन भनिने सुविन्द्र घर्ती मगरलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
इलामको रोङ गाउँपालिका ६ की एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ। स्थानीय बन्सुवा गाउँकी ३५ वर्षीया फूलमाया राईको सोमबार राति १० बजेतिर भीरबाट लडेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले किसानलाई हाते ट्याक्टर वितरण गरेको छ। सदियौंदेखि हलो जोतेर खेतीपातीका काम गर्दै आएका किसानलाई गाउँपालिकाले जमिन जोत्ने हाते ट्याक्टर निशुल्क वितरण गरेको हो।
रसुवाको कालिका गाउँपालिकाले बाढीपहिरो पीडितलाई जाली र रकम वितरण गरेको छ। वर्षाको समयमा बाढी र पहिरोले क्षति पुर्याएको परिवारलाई गाउँपालिकाले सामग्री र रकम सहयोग गरेको हो।
धादिङको गजुरी गाउँपालिकाबाट प्रदान हुने सेवा प्रवाहको सुचना तथा जानकारी अब सेवाग्राहीले घरमै बसेर लिन सक्ने भएका छन्। गजुरी गाउँपालिकाले अडियो नोटिस बोर्ड सुरु गरेसँगै गाउँपालिकाको सेवा सुविधा सम्बन्धी सुचनाहरू सेवाग्राहीले घरमै बसेर आफ्नो फोन तथा मोवाइलमा सुन्न सक्ने भएका हुन्।
सर्लाहीको दक्षिण पूर्वी क्षेत्रस्थित ब्रम्हपुरी गाउँपालिकामा आगलागीबाट पाँचवटा घर जलेर नष्ट भएको छ।
स्याङ्जा जिल्लाको फेदिखोला गाउँपालिकाले भालुपहाडलाई पर्यटकीय केन्द्र बनाउने गुरुयोजना निर्माण गरेको छ । करिब १० रोपनी जग्गामा ४५ करोड रुपैयाँको लागतमा निर्माण हुने भालुपहाड पर्यटकीय गुरुयोजना सार्वजनिक गरेको छ ।
खोटाङको जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाको सहकार्यमा दुई सडक खुलाइएको छ।
बढ्दो सूचना प्रविधिको मागसँगै शिवालय गाउँपालिका सूचना प्रविधिमैत्री बनेको छ। शिवालय गाउँपालिकाको पहलमा इन्टरनेट सेवा विस्तार गरिएको हो।
मुगुको सोरु गाउँपालिका वडा नम्बर ७ महादेव खोलामा रहेको लघु जलविद्युत आयोजनाको पाइप पहिरोले बगाउदा असोज ९ गते रातीबाट स्थानीय ३ सय घरधुरी अध्यारोमा बस्न बाध्य भएका छन्।
पश्चिम दाङको शान्तिनगर गाउँपालिकाले गत माघमा गाउँपालिका केन्द्र जुम्लेकुलामा सार्ने निर्णय गर्याे । उक्त निर्णयविरुद्ध उच्च अदालत तुलसीपुरमा रिट पर्याे । अदालतले यथावस्थामै सञ्चालन गर्न आदेश दियो।
ताप्लेजुङको सिदिङ्बा गाउँपालिकाको बिखेचौर भन्ने ठाउँमा चौरी गोठ चलाएर बसेका भीम भण्डारीलाई अहिले चिन्ता बढिरहेको छ। यहाँ उत्पादन भएको चौरीको छुर्पीको कारोबार साह्रै सुस्त भएकाले उनी चिन्तित देखिन्छन्।
पाल्पा सदरमुकाम तानसेनदेखी ४१ किलोमिटर पूर्व पूर्वखोला गाउँपालिका–६, हेक्लाङको खुमडाँडामा आदिवासी जनजाती मगर समुदायको बस्ति छ। यहाँका अधिकांश घरका युवा विदेशमा छन्।
जिल्लाको चम्पादेवी गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारी लागू गरेको छ। एक नगरपालिकासहित सात गाउँपालिका रहेको जिल्लामा पहिलोपटक चम्पादेवीले स्थानीय पाठ्यक्रम निर्माण गरी विद्यालयमा लागू गरेको हो।
उदयपुरको लिमचुङबुङ गाउँपालिका ५ जाँतेस्थित राख्जुँमा आगलागीबाट २ परिवारको ३ वटा घर जलेर नष्ट भएको छ। अघिल्लो साँझ एक्कासी गोठमा लागेको आगोले स्थानीय डिगबहादुर बुढाथोकी र उनकै छोरा छत्रबहादुर बुढाथोकीको घर र मतान जलेर नष्ट भएको स्थानीयले बताएका छन्।