१५ मंसिर २०८१ शनिबार
image/svg+xml

खाद्यान्न र न्यानो कपडा सहयोग

जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारका बालबालिकालाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको छ।

रुपन्देहीका ८ गाउँपालिका टेलिफोन बिहीन

रुपन्देही सूचना र सञ्चारका हिसाबले सक्षम जिल्ला भनेर चिनिन्छ। तर, यहाँका ८ गाउँपालिका भने टेलिफोन बिहीन छन्। सुन्दा धेरैलाई पत्यार नलागेपनि यहाँका अधिकांश नागरिकले सरकारी कार्यालयसँग कुनै काम परेमा कर्मचारीको व्यक्तिगत नम्बरमा सम्पर्क गर्नुपर्छ।

वृद्धा मृत अवस्थामा फेला

रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिकामा एक वृद्धाको ७ दिनपछि शव फेला परेको छ। गाउँपालिका–१० झुलाका ६४ वर्षीय गनबहादुर चन्दको घरबाट हराएको सात दिनपछि बुधवार बिहान शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

गाउँपालिकाले दियो तीन सयबढीलाई रोजगारी

महाशिला गाउँपालिकाले एकै पटक सयबढीलाई रोजगारीको व्यवस्था मिलाएको छ। गाउँपालिकाले ‘एक घर, एक रोजगारी’ कार्यक्रममार्फत ३ सय ६६ जनालाई रोजगारी दिएको हो।

बलात्कारको आरोपमा एक युवा पक्राउ

जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले बलात्कारको आरोपमा एक युवालाई पक्राउ गरेको छ। जिल्लाको सानीभेरी गाउँपालिका–७ की १५ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले रुकुम (पूर्व)को भुमे गाउँपालिका–९ चुनवाङका २१ वर्षीय मनोज ओलीलाई पक्राउ गरी आइतबार (आज) सार्वजनिक गरेको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोरङको ग्रामथान गाउँपालिका–६ स्थित मोरङ–सुनसरी सिंचाइ आयोजनाअन्तर्गतको नहरको सडकमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।

बुढीखोलामा मनोमानी दोहन

मोरङको बुढीगंगा गाउँपालिकाले खोलाको गिटी बालुवा संकलनको ठेक्का लगाउन टेन्डर आह्वान गरेको छ। टेन्डर प्रस्ताव हाल्न अझै केही दिन बाँकी नै छ। तर, स्थानीय जनप्रतिनिधिकै संलग्नतामा बुढीखोलामा गिटी बालुवा उत्खनन भइरहेको छ।

पच्चिस मेघावाटको जलविद्युत आयोजना बन्ने

अधिकांश रुपन्देहीका नागरिकको लगानीमा २५ मेघावाटको जलविद्युत आयोजना शुरु हुने भएको छ। झन्डै ५ अर्बको लागतमा एक हजारको सामूहिक लगानीमा कास्कीको माछापुच्छ्रे गाउँपालिका २ को भराभुरी भन्ने स्थानमा सेती खोला जलविद्युत् आयोजना शुरु हुने भएको हो।

बीचमै पढाइ छाड्छन् चेपाङ विद्यार्थी

भोटे गाउँ इच्छाकामना गाउँपालिकाको वडा नम्बर २ मा पर्छ। चितवनको पहाडी क्षेत्रमा रहेको उक्त गाउँमा चेपाङ जातिको मात्र बसोबास छ। गाउँमा शिशु कक्षादेखि ३ सम्म पढाइ हुने भोटे गाउँ आधारभूत विद्यालय पनि छ।

होटलमा दिदीबहिनी मृत भेटिए

खुम्बु पासाङल्हमु गाउँपालिका २ लुक्लाको एक होटलमा एकै परिवारका दुई बालिका मृत भेटिएका छन्। लुक्लाको एभरेस्ट माउन्टेन होममा काम गर्दै आएका माहाकुलुङ गाउँपालिका ३ छेस्कामकी १६ वर्षीया संगना राई र उनकी बहिनी ९ वर्षीया खुसी सुतेकै ठाउँमा मृत भेटिएका हुन्।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

डोटीको केआईसिँह गाउँपालिकामा सोमबार ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

सडकमा जोडिदै जुनीचाँदेका गाउँहरू

एक वर्ष अघिसम्म सदरमुकाम खलंगा या सुर्खेत नेपालगन्ज जानुपर्ने भए जुनीचाँदे ४ लुवादहका सिंहबहादुर खड्कालाइ चिन्ताले सताउने गथ्र्याे। गाउँबाट २ दिन पैदल हिँडेर खलंगा पुग्नुपर्ने र सुर्खेत नेपालगन्ज जानका लागि पनि त्यतिकै मात्रामा पैदल हिँडेर सडक भेटाउनुपर्ने बाध्यता भएका कारण खड्कालाई गाउँ छोड्ने काम आइपरे निकै दिक्क लाग्थ्यो।

कक्षा ६ पढ्न डेढ घण्टा हिँडाइ

धादिङको बेनिघाट रोराङ गाउँपालिका–१, जरुङका शुभमाया तामाङका ६ छोराछोरी छन् । तीमध्ये उनीसँग अहिले एक छोरी मात्र छिन् ।

तामाङबस्तीमा ठडिए विद्यालय भवन

गाउँको बीचमा एउटा विद्यालय छ । एकातिर भूकम्पले भत्किएर मर्मत गरिएको भवन अर्कोतिर भूकम्पपछि विभिन्न संघसंस्थाले निर्माण गरिदिएको विद्यालय भवन।

आठ करोडको गाँजा प्रहरीले फडानी गर्‍यो

सिन्धुलीको मरिण गाउँपालिकाका विभिन्न वडामा लगाइएको करिब ८ करोड मुल्य बराबरको अवैध गाँजा खेती प्रहरीले फडानी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्