१५ मंसिर २०८१ शनिबार
image/svg+xml

गाउँपालिकाको सेवा लिन चार घर चहार्नुपर्ने

भवन अभावमा खोटाङको रावाबेंसी गाउँपालिका कार्यालय व्यक्तिको घर भाडामा लिएर सञ्चालन भइरहेको छ। यसअघि रावाबेंसी वडा नम्बर २, खार्पामा रहेको गाउँपालिका कार्यालय वडा नम्बर १, कुभिन्डेको हरमटारमा सारिएपछि भवन अभाव भएको हो।

अढाई सय छात्रालाई निःशुल्क साइकल

रौतहटको दुर्गा भगवती गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत अढाई सयभन्दा बढी छात्रालाई निःशुल्क साइकल प्रदान गरेको छ। गाउँपालिका क्षेत्रभित्रका तीनवटा सामुदायिक विद्यालयका कक्षा ८ र ९ का २ सय ५३ छात्रालाई सोमबार एक समारोहबीच निःशुल्क साइकल वितरण गरिएको हो।

अढाई सयभन्दा बढी छात्रालाई निःशुल्क साइकल

रौतहटको दुर्गा भगवती गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत अढाई सयभन्दा बढी छात्रालाई निःशुल्क साइकल प्रदान गरेको छ। पालिका क्षेत्रअन्तर्गतका तीनवटा सामुदायिक विद्यालयमा कक्षा ८ र ९ मा अध्ययनरत २५३ छात्रालाई एक समारोहबीच सोमवार निःशुल्क साइकल प्रदान गरिएको हो। गाउँपालिकामा रहेका सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहिया, संस्कृत माध्यमिक विद्यालय मत्सरी र आधारभुत विद्यालय पचरुखीका छात्राहरुलाई निःशुल्क साइकल उपहार प्रदान गरिएको गाउँपालिका प्रमुख अरुण साहले जानकारी गराएका छन्।

गाउँपालिका नजिकै बम फेला

रोल्पाको त्रिबेणी गाउँपालिका नजिकै बिहीबार दिउँसो बम फेला परेको छ। झोलामा दुईवटा सुतली बम देखिएको गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिए।

गाउँको ‘सिंहदरवार’लाई प्रश्नका चाङ

जिल्लाको उत्तरी बजार केन्द्र सिगंटी स्थित गौरीशंकर संरक्षण क्षेत्रको कार्यालय प्रागंण। प्रागंणमा राखिएका करिब दुई सय ओटा कुर्सी सर्वसाधारणले भरिसकेका छन्।

गाउँपालिकाको डोजरमा आगजनी

डोल्पाको त्रिबेणी गाउँपालिकाको डोजरमा अज्ञात समुहले बुधबार राति आगजनी गरेको छ। त्रिबेणी गाउँपालिकाको वडा न. २ नुवागाउँ ह्याङमा राखिएको उक्त डोजरमा अज्ञात समूहले आगो लगाइएको गाउँपालिकाका अध्यक्ष शान्त कुमार वलीले बताए।

‘विप्लव’ विरुद्ध मुद्दा दायर, गाउँपालिकाको गाडीमा आगजनी

रोल्पाको गंगादेव गाउँपालिकाको गाडीमा गएराति अज्ञात समूहले आगजनी गरेको छ। गाउँपालिकाको ४ नम्बर वडा कार्यालय म्वालेखोलामा पार्किङ गरिराखेको भे १ च २७८५ नम्बरको बोलेरो जिपमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। गाउँपालिकाले उक्त गाडी भाडामा लिएर अध्यक्ष खत्रीले प्रयोग गर्दै आएका थिए। आगोले गाडी पूर्णरूपमा क्षति भएको छ। घटनाको अनुसन्धान भइरहेको रोल्पाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए।

गाउँपालिकाको गाडिमा आगजनी, ‘विप्लव’ बिरुद्ध मुद्धा दायर

रोल्पाको गंगादेव गाउँपालिकाको गाडीमा गएराती अज्ञात समूहले आगजनी गरेको छ। गाउँपालिकाको ४ नम्बर वडा कार्यालय म्वालेखोलामा पार्कीङ गरीराखेको भे १ च २७८५ नम्बरको बोलेरो जीपमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

ओखलढुंगाको रामपुरमा पुल बन्ने

मोलुङ गाउँपालिकाको केन्द्र प्राप्चा र मुख्य व्यापारिक केन्द्र रामपुर बजार जोड्न पुल बनाउने योजना अघि बढाइएको छ। रामपुर र प्राप्चाको बीचमा रहेको मोलुङ खोलामा ७ सय ५६ मिटर लामो झोलुंगे पुल निर्माण गर्ने तयारी थालिएको हो।

गाउँपालिका अध्यक्षको नागरिकता दुइटा !

रोल्पाको गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले फरकफरक नामबाट दुईवटा नागरिकता लिएको पुष्टि भएको छ। उनले २०४२ मंसिर १० गते भिउदे खत्रीको नामबाट ३८९२ नम्बरको र २०४६ वैशाख १५ गते वीरबहादुर खत्रीको नामबाट १८६ नम्बरको नागरिकता लिएको प्रमाणित भएको हो।

सीमाका सयौं नेपालीमाथि भारतीय ज्यादती

भारतीय सीमासँग जोडिएका कैलारी गाउँपालिकाका वडा नम्बर ३, ५ र ७ स्थित बस्तीका करिब नौ सय परिवारमाथि भारतका वन कर्मचारीले वर्षाैंदेखि ज्यादती गरिरहेको पाइएको छ। यहाँका हरेक परिवारका एक सदस्यले हरेक वर्ष सीमापारि भारतको जंगलमा गएर नाली बनाउने, झाडी काटेर सफा गर्ने लगायतका श्रम निःशुल्क गर्नुपर्छ भने उल्टै प्रतिपरिवार तीन सय रुपैयाँ बुझाउनुपर्ने बाध्यता छ।

सञ्चारकर्मी माथि भएकाे अभद्र व्यवहारप्रति महासंघको भर्त्सना

सुनकोसी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसीले सञ्चारकर्मी अनिश तिवारीलाई गरेको अभद्र व्यवहारको पत्रकार महासंघले भर्त्सना गरेको छ।

सुन्तलामा बोट सुक्ने समस्या

खोटाङको रावाबेंसी गाउँपालिकामा लगाइएको सुन्तलामा बोट सुक्ने समस्या देखिएको छ। सुन्तलाको पकेट क्षेत्रकारुपमा रहेको उक्त गाउँपालिकाको लामीडाँडा, खार्पा, कुभिन्डेलगायत वडामा लगाइएको सुन्तलाका बोट मर्ने समस्या देखिएको हो।

गाउँपालिकाको आफ्नै प्रहरी

खोटाङको ऐंसेलुखर्क बजारमा सेटो सर्ट, नीलो पाइन्ट र कालो टोपी लगाएका तीन सुरक्षाकर्मी हिँड्दा अनौठो मानेर रमिता हेर्ने धेरै भए। झट्ट देख्दा कुनै संस्था वा कार्यालयको सुरक्षागार्डको झल्को दिने भेषमा रहेका उनीहरू अन्य कोही नभएर ऐंसेलुखर्क गाउँपालिकाले भर्खरै नियुक्तिपछि ड्युटीमा खटिएका गाउँ प्रहरी थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्