९ मंसिर २०८१ आइतबार
image/svg+xml

युएईमा नेपाली म्युजिक भिडियो अवार्ड हुने

मनोरञ्जनात्मक कार्यक्रम विदेशी भूमिमा बढ्दै गएको बेला युएईमा नेपाली म्युजिक भिडियो अवार्ड हुने भएको छ। नमस्ते ट्राभल एण्ड टुरिजम युएई र संगीक्षा फिल्म इन्टरटेनमेन्टको समन्वयनमा पहिलो पटक युएईको अबुधाबीमा नेपाली म्युजिक भिडीयो अवार्ड हुन लागेको हो।

युएईमा सुतेकै अवस्थामा नेपालीकाे मृत्यु

युएईमा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ। रोजगारीको लागि कामको खोजीमा युएई आएका रुपन्देही खैरेनी-६ ढिकारका दिपेश सुनारको युएइ अाइपुगेकाे चाैथाे दिन शुक्रबार मृत्यु भएको हो।

युएईमा ३० लाखको कल्याणकारी कोष बनाउने घोषणा

अप्ठ्यारामा परेका नेपालीलाई सघाउने उद्देश्यले युएईमा १ लाख दिराम अर्थात ३० लाख रुपैयाँ कल्याणकारी कोष स्थापना गरिने भएको छ। सन १९९० मा युएईमा स्थापना भएको सबैभन्दा पुरानो नेपालीहरुको संस्था नेपाली समाज युएईले २६ औं वार्षिकोत्सव अवसरमा कल्याणकारी कोष स्थापना गर्ने उद्‌घोष गरेको हो।

युएईमा १८४ नेपालीले ज्यान गुमाए, १०० जेलमा

युएई— वैदेशिक रोजगारीको कथा नेपालमा जसरी सुन्दर ढंगले प्रस्तुत गरिन्छ वास्तविकता त्यस्तो मात्र छैन। संयुक्त अरब ईमिरेटस (युएई) मा मात्रै बितेका तीन वर्षमा १८४ नेपालीले ज्यान गुमाएका छन्। डिप्रेसनपछि आत्महत्या, हृदयघात जस्ता कारणहरु नेपाली मृत्युका मुख्य कारण देखिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्