युएईमा नेपाली चलचित्रको बजार विस्तार हुने
युएईमा रहेर नेपाली चलचित्रको व्यवस्थापन गर्दै आएको भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्सले नयाँ बर्षबाट नेपाली चलचित्रको अन्तराष्ट्रीय बजार व्यवस्थापनलाई बिस्तार गर्ने भएको छ।
युएईमा रहेर नेपाली चलचित्रको व्यवस्थापन गर्दै आएको भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्सले नयाँ बर्षबाट नेपाली चलचित्रको अन्तराष्ट्रीय बजार व्यवस्थापनलाई बिस्तार गर्ने भएको छ।
पर्वत सेवा समाज युएईको अध्यक्षमा पर्शुराम पौडेल निर्वाचित भएका छन्। युएईको वरदुबईमा भएको संस्थाको अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
संयुक्त अरब ईमिरेट्स (युएई)मा नेपाली उत्पादन प्रबर्द्धनका सम्भावनाबारे एक छलफल कार्यक्रम सम्पन्न भएको छ। नेपाली दुताबास युएईले आयोजना गरेको कार्यक्रममा नेपाली उत्पादनलाई युएईको बजारसम्म ल्याउन चुनौतीबारे छलफल भएको थियो।
दाङवासीहरुको साझा संस्था दाङ देउखुरी समाज युएईको अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन्। 'सुरक्षित प्रवास, सम्वृद्ध समाज निर्माण हाम्रो अभियान', भन्ने मुल नाराका साथ युएईमा स्थापित संस्थाको प्रथम अधिवेशनले गिरीको अध्यक्षतामा १६ सदस्यिय कार्य समिति चयन गरेको हो।
युएईमा पहिलो पटक नेपाली फेसन शो हुने भएको छ। रोयल आइल्याण्ड जनरल ट्रेडिङ तथा छेपारो डटकमको आयोजनामा फेब्रुअरी १० मा नेपाली फेसन शो हुन लागेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले युएईमा कार्यरत नेपालीहरुसँग अन्तरक्रिया गरेका छन्। वल्ड फ्युचर इनर्जि समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन युएई आएका उनले नेपाली दुताबास युएईमा नेपालीहरुसँग अन्तरक्रिया गरेका हुन्।
फोर्ब्स म्यागेजिनले अर्बपति सूचिमा राखेका विनोद चौधरीको आत्मकथाको अंग्रेजी संस्करण 'मेकिङग ईट बिग' युएईमा विमोचन भएको छ।
रोजगारीको लागि युएई आएका जीवन राना सडक दुर्घटनामा परी घाइते छन्। उनी घाइते भएर थलिएको ९ दिन बितिसक्यो। उनको उपचार हुन सकेको छैन। गत डिसेम्बर २५ गते यूएईको शारजाहमा बाटो काट्ने क्रममा गाडीले ठक्कर दिँदा उनी घाइते भएका थिए।
नेपाल पत्रकार महासंघ यूएईमा भुपराज बस्यालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। शुक्रबार भएको शाखाको पाँचौं अधिवेशनले अध्यक्षमा बस्याल सहित अन्य पदाधिकारी निर्विरोध निर्वाचित गरेको हो।
रोजगारीको लागि युएई आएर काम गर्ने नेपालीहरुको नयाँ तथ्यांक बाहिर आएको छ। नेपाली दूतावास युएईले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले युएईमा २ लाख दुई लाख चार हजार एक सय छ जना नेपालीहरु कार्यरत छन् ।
नयाँ वानेश्वरको मेनपावर डेस्टेनी प्लेसमेन्ट सर्भिसले वैदेशिक रोजगारीका लागि युएई पठाएका १४ नेपाली युवा अलपत्र परेका छन्। जुन ६ र अगष्ट ३ मा नेपालबाट एयर इन्डियाको उडानबाट युएई आएका युवा कम्पनीले बाचा गरेअनुसार काम नदिँदा अलपत्र परेका हुन्।
'विमानस्थलमा तपाइँका कर्मचारी खुलेआम दलाली गर्छन्। सबैभन्दा ठूलो मानव तस्कर अध्यागमन कर्मचारी हुन्। सरकारी कर्मचारी तस्करीमा संलग्न नहुने हो भने यहाँ कोही नेपाली अलपत्र पर्दैन।'
युएई - हिन्दुहरूको महान चाड बिजया दशमी युएईमा पनि नेपालीहरुले मनाएका छन। रोजगारीको शिलशिलामा युएई आएका नेपालीहरुले युएईको लेवर क्याम्प, विभिन्न पार्क र नेपाली रेष्टुरेन्टहरुमा भेला भई टिका लगाई दसैं मनाएका हुन्।
अबुधावीस्थित नेपाली दूतावासले संविधान दिवस मनाएको छ। कार्यवाहक नेपाली राजदूत नेत्रबहादुर टण्डनले संविधान दिवसको अवसरमा विशेष समारोहको आयोजना गरेका थिए।
युएईको अबुधाबीमा पहिलोपल्ट आयोजना भएको नेपाली म्युजिक भिडियो अवार्डमा गायिका दुर्गा खरेलले उत्कृष्ट पपगायिकाको अवार्ड पाएकी छन्। अबुधाबीको फोल्बलोर हलमा शुक्रबार सम्पन्न अवार्डमा सोही विधामा पुरुषतर्फको अवार्ड गायक आमिर शेखले पाए।