आइपिएलका बाँकी खेल युएईमा
कोरोना भाइरसका कारण स्थगित यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) का बाँकी ३१ खेल संयुक्त अरब इमिरेट्स (युएई) मा आगामी सेप्टेम्बर र अक्टोबरमा हुने भएका छन्।
कोरोना भाइरसका कारण स्थगित यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) का बाँकी ३१ खेल संयुक्त अरब इमिरेट्स (युएई) मा आगामी सेप्टेम्बर र अक्टोबरमा हुने भएका छन्।
कोरोना महामारीका कारण रोजगारी गुमाएकालाई निःशुल्क उद्धार गरी पुनर्एकीकरणका कार्यक्रम ल्याउन माग हुँदै आए पनि सरकारले अहिलेसम्म त्यस्ता कार्यक्रम घोषणा गर्न सकेको छैन।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (युएई) मा टी–१० क्रिकेट लिग खेल्ने भएका छन्। सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा लिग खेल्न लागेका हुन्।
संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले युएईमा गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका नेपालीलाई युएई सरकारले दिएको आममाफीको भरपुर सदुपयोग गर्न आग्रह गरेको छ।
युएईमा रहेका नेपालीले उभौली साकेला मनाएका छन्। रोजगारीका सिलसिलामा युएई पुगेका किरात राई, सुनुवार लगायतका समुदायका नेपालीले धुमधामकासाथ साकेला मनाएका हुन्।
काठमाडौं – आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले हराउँदै नेपाल विजयी भएको छ। जिम्बावेको क्वे क्वे स्पोर्टस् क्लबको खेल मैदानमा युएईले दिएको १७२ रनको लक्ष्य नेपालले ४ बल बाँकी छँदै ५ विकेटको क्षतिमा पुरा गरेको हो।
कप्तान पारस खड्काको अर्धशतकको मद्दतमा नेपालले युएईमाथि ४ विकेटको जित निकालेको छ। नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन – २ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले युएईलाई हराउँदै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको हो।
नेपाल पत्रकार महासंघ शाखा युएईले आफ्नो १० औं बार्षिकोत्सवको अवसरमा पत्रकारिता सम्बन्धि तालिम दिने भएको छ।
दलालले विमानस्थल सेटिङ गरी भिजिट भिषामा युएई ल्याएर अलपत्र पारेका २२ नेपालीमध्ये १३ जना बिहीबार नेपाल फर्किएका छन्। बिहीबार नेपाली दुताबास युएईले उनीहरुलाई फ्लाइ दुबईमार्फत मध्यान्ह १२ बजेको उडानबाट नेपाल पठाएको हो।
नेपाल आइडलका उत्कृष्ट तीन विजेताहरु युएई आइपुगेका छन्। आगामी अक्टोबर ६ गते शुक्रबार युएईको अबुधाबीमा र अक्टुबर ७ गते शनिबार दुबईमा हुने सांगीतिक कार्यक्रमका लागि नेपाल आइडल विजेता बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई र सेकेन्ड रनरअप प्रताप दास यूएई आएका हुन्।
दलालले भिजिट भिषामा युएई ल्याएर अलपत्र पारेका २२ जना नेपाली न्याय खोज्दै नेपाली दूतावास अबुधाबीमा पुगेका छन्। सोमबार एनआरएन युएईले उनिहरुलाई सहयोगको लागि दूतावास पर्याएको हो।
गैरआवासीय नेपाली संघ यूएईको सातौ महाधिवेशन शुक्रबार दुबईमा हुँदैछ। एनआरएनए सन् २०१७-२०१९ कार्यकालको लागि अध्यक्ष पदमा संघका उपाध्यक्ष रमेश श्रेष्ठ र सल्लाहकार शालिकराम सुवेदीबीच प्रतिसपर्धा हुने भएको छ। निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय बुधबार साँझसम्मलाई दिए पनि अध्यक्ष पदको लागि दुवै पक्षबाट उमेदवारी फिर्ता नआएपछि चुनाबबाट नेतृत्व चयन हुने भएको हो।
युएईको दुबईमा मंगलबार भएको बस दुर्घटनामा २ नेपालीको मृत्यु भएको छ। दुर्घटनाबाट १० नेपाली घाईते भएका छन्। दुर्घटना परी ज्यान गुमाउने नेपालीहरु मध्ये नुवाकोटका बासुदेव लामीछाने र चितवनका कृष्ण प्रसाद भुसाल रहेका छन्।
आगामी जेठ २६ गतेलाई रिलिज मिति तोकिएको फिल्म 'मेरी कुसुम' हाल खाडी मुलुक युएईका विभिन्न सहरमा प्रदर्शन भइरहेको छ। फिल्म प्रदर्शन गराउनकै लागि मुख्य कलाकार मोहन बोगटी यतिबेला युएईमा छन्।
नयाँ वर्षको अवसर पारेर युएई आएका गायिका ज्योति मगर र डान्सर रिया श्रेष्ठले दुबई र आधुधाबीमा छुट्टाछुट्टै प्रस्तुति दिएका छन्।