११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ललितपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा प्रवीण र सुरुचीले जिते स्वर्ण

महालक्ष्मी नगरपालिकाका प्रवीण राना मगर र ललिपतुर महानगरपालिकाकी सुरुची मोक्तानले चौधौं ललितपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको २ सय मिटर दौडमा स्वर्ण जितेका छन्। प्रवीण छात्र तथा सुरुची छात्रामा पहिलो भएका हुन्। दुवैले बिहीबार १ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए।

भारतको अयोध्यामा हुने राम मन्दिरको पूजामा कपिलवस्तुका २ पालिकाले दिए बिदा

यही माघ ८ अर्थात् जनवरी २२ का दिन भारतको अयोध्यामा राम मन्दिरको भव्य अभिषेक र प्राण प्रतिष्ठाको अवसरमा कपिलवस्तुका २ पालिकाले बिदा दिएका छन्।

हात्ती धपाउन स्थानीयवासीलाई साइरन

दैनिकजसो गाउँ पसेर जङ्गली हात्तीले आतङ्क मच्चाउन थालेपछि शिवसताक्षी नगरपालिका–८ ले सो क्षेत्रका बासिन्दालाई हात्ती धपाउनका लागि साइरन वितरण गरेको छ।जङ्गली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने, अन्नबाली नष्ट गर्ने र मान्छेलाई आक्रमण गर्न थालेपछि वडाले हात्ती धपाउन साइरन वितरण गरेको हो।

राष्ट्रियसभा निर्वाचनमा सुरक्षा प्रबन्धबारे निर्देशन

निर्वाचन आयोगले यही माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार र मतदाताहरू निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र आवागमन गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशन गरेको छ।

दार्चुलामा बस दुर्घटनाः १५ घाइते, १ जनाको अवस्था गम्भीर

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहलेका अनुसार घाइतेमध्ये एकजना गम्भीर, दुईजना मध्यम र अन्यको सामान्य अवस्था छ।

चन्द्रागिरिमा नगर प्रहरी परिचालन

अत्यधिक चिसो बढेपछि बाँकेका अधिकांश स्थानीय तहले सूचना निकालेर विद्यालय बन्द गर्न निर्देशन दिएका छन्।

जाडोमा २ सय विपन्नलाई न्यानो कपडा उपहार

शीत लहरसँगै जाडो बढ्दै गए पछि कपिलवस्तुको महराजगंज नगरपालिकाका २ सय विपन्नलाई न्यानो कपडा सेट उपहार प्रदान गरिएको छ।

कैलालीमा एउटा प्रशासनिक भवनको दुई पटक उद्घाटन

कैलालीमा गोदावरी नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन दोस्रो पटक गरिएको छ। एउटै भवनको दोस्रो पटक उद्घाटन पछि उत्पन्न विवादले एकाएक तात्न पुगेको हो।

२२ जनवरीलाई दिपोत्सवको रुपमा मनाउन जनकपुरधाम उपमहानगरको अपिल

जनकपुरधाम उपमहानगरपालिकाले राम मन्दिरको प्राण प्रतिष्ठाको दिन नगरवासीलाई दिपावली मनाउन अपिल गरेको छ।

१५ लाख फिरौती माग्ने तीनजना पक्राउ

अभियुक्तहरूले रुपन्देही घर भई हाल भरतपुर महानगरपालिका–१ मा व्यापार गर्ने करन गुप्तालाई अपरिचित एनसेल नम्बरबाट फोन गरी धम्की दिँदै आएका थिए।

छोराको हत्या गरेर फरार भएका बुबा पक्राउ

कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले आज बिहान ९ बजेतिर कैलालीको टीकापुरबाट उनलाई पक्राउ गरेको हो।

प्रधानमन्त्रीले समेत लगेका छन् भण्डारीले बुनेको खरायोको टोपी

जुम्लाको चन्दननाथ नगरपालिका ८ जातिभिड गाउँका ३४ वर्षीय कालीबहादुर भण्डारी शिक्षकका साथै गाउँकै नमुना खरायोपालक किसान बनेका छन्।

बेमौसममा बिक्री गर्न चिस्यान गृहमा सुन्तला भण्डारण

म्याग्दीको बेनी नगरपालिकाका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरिएको छ।

घुस लिँदा लिँदै बनेपा नगरपालिका वडा अध्यक्ष रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस लिँदा लिँदै बनेपा नगरपालिका वडा नं ९ का वडा अध्यक्षलाई रंगेहात पक्राउ गरेको छ।वडाध्यक्ष नृपेश बादेलाई घुस रकम सहित मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको हो।

मध्यपुर थिमिले सरकारी सेवा प्रवेशमा सहज बनाउन सहयोग गर्ने

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले स्थानीयबासीलाई सरकारी सेवा प्रवेशमा सहज बनाउन सहयोग गर्ने भएको छ।मध्यपुर थिमि नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले सरकारी सेवामा वडावासीको पहुँच बढाउन वडाले बजेट विनियोजन गर्ने योजना बनाएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्