११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गौर विकासबारे के भन्छन् नागरिक अगुवा?

रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका व्यापारिक स्थल पनि हो। गौरले व्यापार तथा व्यवसाय र सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरिरहेको छ। गौर नगरपालिकामा खेलकुदको विकास भइरहेको छ।

एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री

भिरकोट –७ का वडाध्यक्ष एवं सुन्तला सुपरजोन स्याङ्जाका सञ्चालक समिति अध्यक्ष ताराप्रसाद अर्यालले आफ्नो वडामा यसवर्ष सुन्तला बिक्रीबाट रु ११ करोड बढी भित्रिएको बताए।

बाढीले अधिकांश मेलम्चीवासीमा मानसिक समस्या

सिन्धुपाल्चोकको मेलम्चीमा तीन वर्षअघि आएको भीषण बाढीले गरेको वितण्डाका कारण ८५ प्रतिशत स्थानीयमा मानसिक समस्या देखिएको छ।

आजदेखि न्युरोड क्षेत्रमा सवारी पार्किङमा रोक

महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो।

विधिविरुद्ध बालेन

मेयरको हैसियतमा गरेका केही निर्णय कार्यान्वयनमा अदालतले रोक लगाएपछि एकपटक बालेनले त्यस्ता आदेश नमान्ने सामाजिक सञ्जालमार्फत बताएका थिए। अदालतविरुद्ध बोलेपछि बालेनले अवहेलनाको मुद्दासमेत खेप्नुपरेको छ।

द्वन्द्वपीडित किसानको बगानमा रहरलाग्दा सुन्तला

आँखाले भ्याएजतिमा लटरम्म सुन्तला। माघ पहिलो साता बित्दा ज्यादै गुलियो भरिएको सुन्तला बारी हेर्न र बोटैबाट टिपेर खान दिनहुँजसो मानिसको भिड।

केन्द्र विवादमै बित्यो तिलागुफाको ६ वर्ष

जिल्लाको तिलागुफा नगरपालिकाको केन्द्र विवाद ६ वर्ष बित्दा पनि टुंगिएको छैन। केन्द्र विवाद नटुंगिएका कारण पालिकाको भौतिक पूर्वाधार निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समस्या सिर्जना भएको छ।

चिकित्सा शिक्षा अध्ययनका लागि अझै सङ्घर्षरत छन् दलित विद्यार्थी

‘बुबा आठ वर्षदेखि मानसिक रोगबाट ग्रसित र आमा मायादेवी घरमा चटाँइ बेचेर परिवारको खर्च चलाउनुहुन्छ’, ललितले भने, ‘हामीसित जम्मा एक कट्ठा जग्गा मात्रै छ, मैले लगानी गरेर एमबिबिएस अध्ययन गर्छु भन्नु सपनाजस्तै हुन्छ।’

काठमाडौँ महानगरले ताप्लेजुङको सिदिङ्वालाई एम्बुलेन्स दिने

काठमाडौँ महानगरपालिकाले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकालाई एकथान ‘ख’वर्गको एम्बुलेन्स दिने भएको छ।

वन संरणकर्मी सम्मानित

कालिका सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक वन संरक्षणमा अतुलनीय योगदान पुर्‍याएबापत चारजना संरणकर्मीलाई सम्मान गरेको छ।

शाक्यको सायरी विमोचनमा कवि दुर्गालालदेखि उपमेयर र चिकित्सकसम्मका कविता वाचन

वाग्मती प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री डा. अजयक्रान्ति शाक्यको नेपालभाषाको सायरी संग्रह ‘जि मैन थें नायाच्वना (म मैन झैं पग्लिरहेँ)’ विमोचन भएको छ।

अस्ट्रेलिया जान छाडेर च्याउ खेतीमा जमेका वीरबहादुर

शुक्लाफाँटा नगरपालिका- ६ कसरौलका २७ वर्षीय वीरबहादुर राना अस्ट्रेलिया जाने मौका रद्द गरी व्यावसायिक च्याउ खेतीमा लागेका छन्।

भोजपुरको महभिर खोलामाथि मोटरेवल पक्की पुल

भोजपुर नगरपालिका–१० को महभिर खोलामाथि मोटरेवल पक्की पुल निर्माण सम्पन्न भएको छ। महभिर र खुरीला गाउँलाई जोड्ने महभिर खोलामा दुई करोड सात लाख लागतमा पक्की पुल निर्माण गरिएको हो।

वडावासीलाई घर–घरमै गएर उपचार गदै माई नगरपालिका

इलामको माई नगरपालिका–७ वडा कार्यालयले वडाका रोगी–बिरामीको घर–घरमै पुगेर उपचार गरिरहेको छ। रोगले ग्रस्त भई समस्यामा परेका बिरामीको घर–घरमै पुगेर स्वास्थ्यकर्मीले उपचार गरिरहेका हुन्।

माओवादीले नगर प्रमुखको कार्यकक्षमा लगाए तालाबन्दी

लेटाङ नगरपालिकाका नगर प्रमुखको कार्यकक्षमा माओवादीले तालाबन्दी गरेको छ।नगर प्रमुख भूपेन्द्र लावतीको कार्यकक्षमा नेकपा माओवादी केन्द्रले तालाबन्दी गरेको हो। नगर प्रमुख लावतीको निर्देशनमा सहिद हरि भट्टराईको सालिक हटाउने कार्य भएको भन्दै त्यसको विरोधमा माओवादीले नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्