११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

वडाध्यक्षको लगानीमा इन्टरनेट सेवा

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराएका छन्।

अब छोराछोरी सामुदायिक विद्यालयमा

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ।

धरानका हर्क: नेतासँग लड्दै, जनतासँग मिल्दै

कार्यपालिका बैठकमा जनप्रतिनिधि झगडा गरे पनि जनतासँग भने यिनी मिलेर काम गर्न छाडेका छैनन्। श्रमदानबाट धराने जनतालाई पानी खुवाउन सफल यी मेयर अहिले पनि जनतालाई साथ लिएर श्रम गरिरहेका छन्।

१० लिटर पानीले लियो ज्यान

भक्तपुर नगरपालिका ५ भेलुखेल बस्ने लक्ष्मीप्रसाद देउलाकाे ११ महिनाको छोरा लक्ष्मण देउलाकाे खाटमा सुतिरहेको अवस्थामा कपडा धुन राखेकाे १० लिटरको ताताेपानीकाे भाँडोमा खसेर मृत्यु भएको छ।

सौराहामा दक्षिण एसियाली चलचित्र महोत्सव हुँदै

क्याराभान नेपालको आयोजनामा चितवनकाे रत्ननगर नगरपालिका ७ स्थित चित्रसारी खेल मैदानमा यही माघ १८ देखि महोत्सव सुरु हुन लागेको छ।

आजदेखि धरहरामा निःशुल्क पार्किङ

काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरूलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा आजदेखि त्यहाँ निःशुल्क पार्किङ सुरु भएको हो।

वडा कार्यालयमा स्तनपानकक्ष

कर्मचारी तथा सेवाग्राही आमालाई स्तनपान गराउन सहज होस् भन्ने उद्देश्यले दाङको तुलसीपुर उपमहानगरपालिका वडा १३ को कार्यालयमा स्तनपान कक्ष स्थापना गरिएको छ।

शिक्षा सपार्ने उपाय

शिक्षकप्रतिको लापरबाही भनेको शिक्षा क्षेत्र प्राथमिकतामा नपर्नु हो। त्यसैले पनि मधेसको शिक्षामा दुर्गति देखिएको हो।

लालपुर्जा नहुँदा वन्यजन्तु पीडितले क्षतिपूर्ति पाएनन्

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यस गाउँसँगै मध्यवर्तीका धेरै बासिन्दाले आफ्नो अन्नबालीमा वन्यजन्तुले क्षति पुर्‍याउँदा राहत पाउन सकेका छैनन्।

विद्यार्थीसँग मेयर कार्यक्रम सुरु

भरतपुर महानगरपालिकाले विद्यार्थीसँग मेयर कार्यक्रम सुरुवात गरेको छ। महानगरपालिका २७ मा रहेको जानकी माध्यमिक विद्यालयबाट कार्यक्रम सुरु गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्