१२ आश्विन २०८१ शनिबार
image/svg+xml

संक्रमण बढेपछि धरान उपमहानगरपालिका बन्द

कर्मचारी र जनप्रतिनिधिहरु धमाधम कोरोना संक्रमित हुन थालेपछि धरान उपमहानगरपालिका र सबै वडा कार्यालयहरु एक सातालाई बन्द गरिएको छ।

अयोध्या धामका लागि माडी नगरपालिकाले छुट्यायो १०० बिघा जग्गा

चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ।

टोखामा मात्रै ८ सयभन्दा बढीलाई कोरोना संक्रमण, ३ जनाको मृत्यु

वडा नं १ मा सबैभन्दा थोरै २१ र वडा नं ३ मा सबैभन्दा धेरै ९५ कोरोना संक्रमित भेटिएका छन्।

महानगरपालिकाको योजनामा विद्यालयस्तरीय मेयर कप

महानगरपालिकाले मेयर कप आयोजना गर्ने उद्देश्य राख्दै रातो किताबमै १० लाख रुपैयाँ विनियोजन गरेको छ।

रूख कटानबारे आरोप–प्रत्यारोप

धरान उपमहानगरपालिका–२० स्थित एक सामुदायिक वनमा अवैध रूपमा सालको रूख काटिएको घटनामा धरानका मेयर तिलक राई विवादमा तानिएका छन् ।

कोरोना नियन्त्रण र व्यवस्थापन गर्न उपमहानगरपालिकाको ४ करोड बढी खर्च

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिका कार्यालयले चार करोडभन्दा बढी रकम खर्च गरेको छ । उपमहानगरपालिका कार्यालयमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा यस्तो जानकारी दिइएको हो । पत्रकार भेटघाटमा नगर उपप्रमुख उमा थापामगरले कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनका लागि ४ करोड ७ लाख ४७ हजार ७ सय ७० रुपैयाँ खर्च भएको जानकारी दिइन् ।

कोरोना नियन्त्रणबारे गगनको मेयर शक्यलाई सुझाव : तपाई सफल हुनु नागरिक सुरक्षित रहनु हो

नेपाली कांग्रेसमा युवा नेता तथा सांसद गगन थापाले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई भेटेर कोरोना नियन्त्रणबारे सुझाव दिएका छन्।

मानव मलमूत्र व्यवस्थापनमा महालक्ष्मी अग्रणी

अबदेखि महालक्ष्मी नगरपालिकावासीले मानव मलमूत्रलाई प्रशोधनबिना खुला ढल तथा नदीनाला अथवा जमिनमा मिसाउन पाइनेछैन, विनियमको उल्लंघन गर्ने सजायको भागीदार हुनुपर्नेछ।

कानुनअनुसार क्षतिपुर्ति माग्दा बुटवल उपमहानगरपालिकाले ज्यादती गरेको गुनासो

राज्यका ऐन कानुन अनुरुप नै बनाएको घरमा स्थानीय सरकारले नै डोजर चलाईदिदा आफू अन्यायमा परेको बुटवलका स्थानीय खिमबहादुर हमालले गुनासो गरेका छन्। हमालले बुटवलमा पत्रकार सम्मेलन गरी डोजर लगाउनु अघि नगरपालिकाले आफूहरूलाई बाहिर निस्कन सुचना समेत नदिएको बताए ।

सूर्याेदयको बजेट दिगो विकास लक्ष्यतर्फ

पर्यटकीय नगरी सूर्याेदय नगरपालिकाले चालू आर्थिक वर्ष ०७७/७८ का लागि दिगो विकासको लक्ष्यमा केन्द्रित बजेट, नीति तथा कार्यक्रम घोषणा गरेको छ।

सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनिटरी प्याड

काठमाडौं महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक विद्यालयको छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण गरेको छ । यसको शुरुवात मंगलबार मेयर विद्यासुन्दर शाक्यले बाफलमा रहेको ज्ञानोदय स्कुलबाट गरेका छन् । कक्षा ११ अध्ययनको तयारीमा रहेकी उक्त स्कुलकी छात्रा आस्मा पोखरेललाई प्याड वितरण गर्दा उनी निकै खुशी बनिन् ।

पिसिआर मेसिन र भेन्टिलेटर खरिदमा महागढीमाईले सहयोग गर्ने

जिल्लामा बढदै गइरहेको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न र संक्रमितको उपचारको लागि आवश्यक पर्ने पिसिआर मेसिन, किट, भेन्टिलेटर लगाएतको उपचारमा आवश्यकता पर्ने उपकरणको व्यवस्थापन कार्यमा महागढीमाई नगरपालिकाले सहयोग गर्ने भएको छ।

कामपाका विद्यालयमा अनिवार्य स्थानीय पाठ्यक्रम

काठमाडौं महानगरपालिकाले सबै संस्थागत र सामुदायिक विद्यालयमा अनिवार्य रुपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । कामपाले पहिलोपटक पहिचान र संस्कृतिबारे जानकारी दिने उद्देश्यले स्थानीय विषयको पाठ्यक्रम तयार पारी लागू गर्न लागेको हो ।

नगरपालिकाको लेटरहेडमा चाम्लिङ भाषा

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कार्यालयको लेटरहेडमा चाम्लिङ भाषालाई प्रयोगमा ल्याएको छ । आर्थिक वर्ष २०७७/०७८ मा चाम्लिङ भाषालाई पनि सरकारी कामकाजकाक्रममा मान्यता दिने नीति तथा कार्यक्रम ल्याएको नगरपालिकाले आफ्नो कार्यालयको लेटरहेडमा चाम्लिङ भाषालाई पनि प्रयोगमा ल्याएको हो ।

पुरानो मिति राखेर कानुनविपरित आवासगृहमै चेक काट्दै लम्कीचुहा

कैलालीको लम्कीचुहा नगरपालिकामा गत आर्थिक वर्षको मिति राखेर पालिकाका कर्मचारीले आवासगृहमै कानून विपरीत चेक काटेको पाइएको छ। नगरपालिकाले कर्मचारीको आवासका लागि बनाएको आवासगृहमा सोमबार प्रक्रिया र कानूनविपरीत आर्थिक वर्ष २०७६/७७ को भुक्तानी दिन भनी चेक काटिरहेको पाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्