९ मंसिर २०८१ आइतबार
image/svg+xml

जुवा अड्डाबाट पैसा लिने प्रहरीलाई कारबाही गर्न लिखित निर्देशन

कैलालीका धनगढी, अत्तरिया, बलिया, चिसापानी लगायतका ठाउँमा खेलाइरहेको जुवाका खालवाट २ देखि ४ लाख रुपैयाँ लिने प्रहरीलाई छानविन गरेर कारवाही गर्न अंचल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर वोहराले जिल्ला प्रहरी कार्यालय प्रमुखलाई लिखित निर्देशन दिएका छन।

प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रविधिको विकाससँगै अपराध क्षेत्रमा नयाँ चुनौती र जटिलता थपिएकाले नयाँ पुस्ताका प्रहरी निरीक्षक सचेत हुनुपर्ने बताएका छन्। प्रहरी निरीक्षक आधारभूत तालिम १६५औं समूहको दीक्षान्त समारोहमा शुक्रबार प्रधानमन्त्री दाहालले नयाँ प्रविधिसँगै अपराधको शैली फेरिएकाले प्रहरी जनशक्ति सचेत हुनुपर्ने औंल्याएका हुन्।

म्यादी प्रहरीलाई खुल्ला चौरमा लिखित परीक्षा

सोमबार बिहान आठ बज्न नपाउँदै सदरमुकाम सिन्धुलीमाढीमा रहेको खुल्ला चौर भरिभराउ थियो । हातमा कलम बोकेर चौर दौडने धेरै देखिन्थे । आगामी वैशाख ३१ गते सरकारले घोषणा गरेको स्थानीय निर्वाचनका लागि म्यादी प्रहरीको जागिर खानका लागि लिखित परिक्षा दिन जिल्लाका युवायुवतीहरू चौरमै परीक्षा दिन उपस्थित भएपछि चौर भरिभराउ भएको हो ।

प्रहरीलाई 'सुराकी' बाटै खतरा

महानगरीय प्रहरी वृत्तमा फागुन ८ मा पुगेर एक व्यक्तिले सूचना दिए। वृत्तले अपराध महाशाखाले अनुसन्धान गरिरहेको घटना पनि भएकाले ती व्यक्तिले दिएको सूचना त्यता पनि जानकारी गरायो।

प्रहरीलाई गोली बर्साएर जंगल पस्ने चोरहरु समातिए

ललितपुर बज्रबराही नगरपालिका–३ झरुवारासी स्थित श्री सन्तानेश्वर बचत तथा ऋण सहकारी सस्थाको ढोका फोडी सेफ तथा अन्य कागजपत्र चोरी गर्नेहरु पक्राउ परेका छन्।

भलिबलमा नेपाली सेना र सशस्त्र प्रहरीलाई स्वर्ण

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरी रङ्गशालामा भएको भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाली सेनाले स्वर्ण पदक जितेको छ भने महिलातर्फको स्वर्ण सशस्त्र प्रहरीले जितेको छ।

प्रहरीलाई संघीय संरचनामा लैजान तयारी सुरु

नेपाल प्रहरीलाई संघीय संरचनामा लैजान गृहकार्य सुरु भएको छ । संघीय प्रहरीको खाका बनाउन पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानाको नेतृत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनमा गृह मन्त्रालयमा छलफल सुरु भएको छ । शुक्रबार भएको छलफलमा प्रतिवेदन मस्यौदाका सुझावबारे सम्बन्धित सबै पक्षबीच थप छलफलपछि आवश्यक कानुन बनाएर अघि बढ्ने सहमति भएको छ ।

प्रहरीलाई सघाउँदै प्रविधि

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आपराधिक गिरोहविरुद्ध नेपाल प्रहरीका अधिकांश अप्रेसनमा व्यक्तिगत सूचनाभन्दा प्राविधिक तथ्य बढी परिणाममुखी देखिएको छ। पछिल्लो समय अपराध भएको स्थल, शकांस्पद व्यक्तिले बोकेको मोबाइल लोकेसन र उसले सम्पर्क गरेका व्यक्तिबाट अनुसन्धान प्रारम्भ हुनुले समेत प्रहरी अनुसन्धान प्रविधिमैत्री बन्दै गएको देखाउँछ।

प्रहरीलाई निशुल्क जग्गा दिने सम्मानित

जिल्ला प्रहरी कार्यालय खोटाङले प्रहरीचौकीलाई निशुल्क जग्गा प्रदान गर्ने पाँच जग्गादातालाई सम्मान गरेको छ। ६१ औं प्रहरी दिवसको अवसरमा बिहीबार कार्यालयले प्रहरीचौकी भण्डारेघाट बतासे र प्रहरीचौकी दोर्पाचिउरीडाँडालाई निशुल्क जग्गा प्रदान गर्ने जग्गादातालाई सम्मान गरेको हो।

सरकारको प्राथमिकताका बिषयमा पूर्ण सहयोग गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले शुक्रबार प्रहरी प्रधान कार्यालय नक्साल पुगेर प्रहरीलाई सरकारको प्राथमिकतामा रहेका बिषयमा पूर्ण सहयोग गर्न निर्देशन दिएका छन्। टिकापुर घटनालाई लिएर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग सम्बन्धमा चिसो पसेको चर्चा चलिरहेका बेला उनी प्रहरी मुख्यालय पुगेका हुन्।

एकजना प्रहरीलाई ११ हजार पर्यटकको भार

पर्यटन व्यवसायीका अनुसार सन् २०१४ मा पोखरामा झन्डै ३ लाख विदेशी पर्यटक भित्रिए। भूकम्पले पोहोर यो संख्या केही घट्यो। विदेशीबाहेक पोखरा घुम्न आउने स्वदेशी पर्यटकको लेखाजोखा छैन। स्वदेशी पर्यटक पनि लाख हाराहारी आउने व्यवसायीको अनुमान छ।

परस्त्रीसंग अवैध यौनसम्पर्कमा लिप्त प्रहरीलाई स्थानीयले समाते

कोहलपुर- परस्त्रीसंग अवैध यौनकार्यमा संग्लन भैईरहेको अवस्थामा नौवस्ताका स्थानीय बाल क्वल र युवा क्लवले दुई प्रहरीलाई रंगेहात फेला पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्