तस्करी गर्न नपाएपछि प्रहरीलाई धम्की
तस्करी गर्न नपाएपछि मोरङका तस्करहरूले ड्युटीमा खटिएका प्रहरीलाई धम्की दिन थालेका छन् । विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीमा ड्युटीमा रहेकी महिला प्रहरीलाई गालीगलौज गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
तस्करी गर्न नपाएपछि मोरङका तस्करहरूले ड्युटीमा खटिएका प्रहरीलाई धम्की दिन थालेका छन् । विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीमा ड्युटीमा रहेकी महिला प्रहरीलाई गालीगलौज गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दक्षिणी भारतीय राज्य केरलामा एक व्यक्तिको प्रहरी हिरासतमा यातना दिएर हत्या गरिएको ठहर गर्दै दुई प्रहरी अधिकारीलाई मृत्युदण्डको फैसला सुनाइएको छ ।
दमकल अभ्यास गर्ने क्रममा घाइते भएकी नगर प्रहरी पशीमाया तामाङलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।
पाँचथरकी एक किशोरीलाई गर्भवती बनाउने प्रहरी सहायक निरीक्षकले सफाइ पाएका छन्। फाल्गुनन्द गाउँपालिका–१ स्थित नवमीडाँडा प्रहरी चौकीका इञ्चार्ज बलबहादुर ठटाललाई जिल्ला अदालतको फैसलामा सफाइ दिइएको हो।
सार्वजनिक यातायातमा दशकौंदेखिको सिन्डिकेटको जालो तोड्नमा सहयोगी काभ्रे प्रहरीको ध्यान अब तरकारीलगायत कृषिउपजमा बिचौलियाको सिन्डिकेट तोड्ने अभियानमा केन्द्रित हुने भएको छ ।‘गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रमुख धिकारीज्यूबाट समेत सबै खालका सिन्डिकेट हटाउने निर्देशन आएको छ । अब पहिलो चरणमा तरकारीको सिन्डिकेट हटाउँछौं । यस कार्यमा सक्रिय रहन मातहतका चौकीलाई समेत निर्देशन दिइसकेको छु,’ काभ्रे प्रहरी प्रमुख एसपी रविराज खड्काले भने ।
सिजी मोटोकर्पले ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामरा (सिसी क्यामरा) हस्तान्तरण गरेको छ । ललितपुर ट्राफिक शाखाका निरीक्षक, सिताराम हाछेथुलाई कम्पनीका कार्यकारी निर्देशक, करण चौधरीले उक्त क्यामरा हस्तान्तरण गरेका हुन्।
नेपाल बंगलादेश बैंकले महानगरीय प्रहरी परिसर काठमाडौंलाई १८ लाख ६० हजार रुपैयाँ हस्तान्तरण गरेको छ।
गृहमन्त्री रामबहादुर थापाले पदभार ग्रहणपछि बुधबार पहिलो पटक प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै नयाँ कार्यशैलीका साथ शान्ति सुरक्षाका कामकारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएका छन्।
फ्राइड चिकेन ‘संकट’को विषयलाई लिएर फोन नगर्न प्रहरीले ‘केएफसी’ प्रेमीलाई आग्रह गरेको छ । फास्ट फुड सञ्जाल केएफसीको नयाँ डेलिभरी कम्पनी डिएचएलसँगको ‘सञ्चालनसम्बन्धी विषयमा समस्या उत्पन्न भएपछि बेलायतभरमा रहेका उसको करिब आधा अर्थात् नौ सय आउटलेट्स बन्द गरिएका छन्।‘केएफसीमा कुखुराको मासु नभएको भन्दै जो कोहीले पनि प्रहरीलाई फोन गरिरहेका छन्, कृपया रोक्नुहोला,’ म्यानचेस्टरका अधिकारीहरुले आग्रह गरेको बिबिसीले जनाएको छ।
नाडा अटोमोबाइल्स एशोसियशनले महानगरीय प्रहरी परिसर काठमाडौंलाई मोटरसाइकल प्रदान गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत नाडाकोतर्फबाट आइएमइ अटोमोटिभ्स प्रालिबाट प्राप्त भएको यूएम कमाण्डो २३० सीसी मोटरसाइकलको साँचो नाडाका अध्यक्ष अन्जन श्रेष्ठले प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीलाई हस्तान्तरण गरे।
उच्च अदालत पाटनले अनलाइन पत्रिकासँग सूचनाको माग्न प्रहरीलाई बाटो खुल्ला गरिदिएको छ । पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश कुमार ढुंगाना र न्यायाधीश नीता गौतम दीक्षितको संयुक्त इजलासले मंगलबारको सुनुवाईपछि सूचनाको स्रोत माग्न पाउने बाटो खुल्ला गरिदिएको हो । दुवैपक्षसँगको छलफलपछि अदालतले अनलाइनपत्रिकाहरुले प्रहरी कारबाही रोक्न गरेको अपिलमाथि अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो ।
प्रतिनिधिसभा र प्रदेशसभामा प्रहरी संगठनका सदस्यको निष्पक्ष भूमिकाबारे आशंका बढिरहेको बेला प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उपत्यका र प्रहरी प्रधान कार्यालयका प्रहरी कर्मचारीलाई बोलाएर कुनै दलको पक्षमा नलाग्न निर्देशन दिएका छन् ।
एसियाली फुटबल संघ(एएफसी)ले म्याच फिक्सिङको अनुसन्धानमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखालाई सम्मान गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीलाई व्यावसायिक र सुदृढ संगठनका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
अञ्चल प्रहरी कार्यालयको लिखित निर्देशनपछि प्रहरीले पैसा असुलेर जुवातास खेल्न लगाएको घटनाको छानबिन गर्न जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।