८ मंसिर २०८१ शनिबार
image/svg+xml

जगदीशपुर वन बाटिका निर्माण हुँदै

विश्व सिमसार क्षेत्रमा सुचीकृत कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुर ताल नजिकै जगदीशपुर वन बाटिका निर्माण गरिने भएको छ। झरना सामुदायिक वन क्षेत्र भित्र वन बाटिका निर्माण थालिएको हो।

भरतपुर महानगरले दियो चितवन प्रहरीलाई विपतका सामाग्री

जिल्ला प्रहरी कार्यालय चितवनलाई खोज तथा उद्दार सामाग्री प्राप्त भएको छ। प्राकृतिक विपदका लागि खोज तथा उद्दार गर्नका लागि सहजता प्रदान गर्ने उद्देश्यले भरतपुर महानगरपालिकाले शुक्रवार विपतका सामाग्री हस्तान्तरण गरेको हो।

ब्राउन सुगर खल्तीमा हालिदिएको आरोप प्रहरीलाई नै लागेपछि.......

चोरीको मुद्दामा समातिएका एक युवालाई सुर्खेतको बाङ्गे सिमल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) नारायण विष्टले नै पाकेटमा ब्राउन सुगर हालिदिएको आरोप लागेपछि ती प्रहरी अहिले हिरासतमा छन्।

बयान फेर्न लगाउन राजनीतिक दबाब

पक्राउ परेकाले राजनीतिक दलका नेतालाई मुछेर दिएको बयान फेर्न लगाउन राजनीतिक तहबाटै दबाब आएपछि अनुसन्धान गर्न असजिलो भएको प्रहरी स्रोतले बतायो।

महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउ र जिल्ला प्रहरी कार्यालय टेकु काठमाडौंलाई सहयोग गरेको छ।

हतियार खरिदमा यस्तो ‘डिल’

‘मेरो कुनै संलग्नता छैन, त्यो भिडियो कसरी आयो, कहाँबाट आयो, अहिले मलाई जानकारी छैन,’ भट्टले भने। त्यतिबेला प्रहरी प्रधान कार्यालयले १२ बोर प्रयोग नगर्ने भनेर रोकेको थियो। अहिले त्यही हतियार किन ल्याउन खोजियो भन्ने थाहा छैन,’ पूर्वडिआइजी मल्लले भने। नेपाल प्रहरीका एक अधिकारीका अनुसार हतियार आवश्यक रहेको कुरा कहीँबाट छिप्दैन तर ल्याउने प्रक्रिया र पारदर्शितामा प्रश्न उठेको छ।

‘प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको छ’

प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको जिकिर गरे। उनले सरकारले रकमान्तर गरेर प्रहरीलाई हतियार खरिद गर्न लागेको आरोप लगाए।

प्रहरीलाई टिकटक चलाउन बन्देज

सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो।

पुल सम्पन्न नहुँदा चार महिलाको मृत्यु: ठेकेदारलाई पक्राउ गर्न प्रशासनको निर्देशन

खोलाले गाडी बगाउँदा चार महिलाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले त्यहाँ निर्माणाधीन पुलका ठेकेदारलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ।

निषेधाज्ञा उल्लघंन गर्दै प्रहरीलाई धम्की दिने पक्राउ

भ्रामक सुचना संप्रेषण गरी यात्रु ओसार–पसार गर्ने गरेको तथा सोधपुछ गर्दा प्रहरीलाई नै धम्की दिने ट्याक्सी चालक अनिल पौडेललाई प्रहरीले सार्वजनिक हित स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिए।

रेडियोको वार्षिकोत्सवको अवसरमा ल्यापटप चोर पक्राउ गर्ने प्रहरीलाई सम्मान

भक्तपुरको एउटा रेडियो एफएमको वार्षिकोत्सवको अवसरमा शुक्रबार रेडियोको ल्यापटप चोर पक्राउ गर्ने प्रहरी वृतलाई सम्मान गरिएको छ।

प्रहरीलाई घुस दिन खोज्ने मदिरा व्यापारी पक्राउ

आईतबार राति सदरमुकाम त्रियुगा नगरपालिका ३ बसपार्कस्थित भन्सार छलीको मदिरा बोकेको ज १ च १५४६ नं. को बोलेरो जीप छुटाउन घुस दिन खोज्ने टीकाबहादुर बस्नेत पक्राउ परेका हुन्।

प्रहरीलाई उद्योग वाणिज्य संघको मास्क र सेनिटाइजर

उद्योग वाणिज्य संघ खोटाङले मध्यपहाडी लोकमार्ग आसपासमा रहेका प्रहरीचौकीका प्रहरीलाई मास्क र सेनीटाइजर प्रदान गरेको छ।

मास्क र सेनिटाइजर पाएपछि प्रहरी दंग

सुर्खेत महिला जेसीजले प्रहरीलाई मास्क र सेनिटाइजर दिएको छ। कोरोनाको दोस्रो लहरका कारण जारी निषेधाज्ञा कार्यान्वयनमा चोकचोकमा खटिने प्रहरीको सुरक्षाका लागि मास्क र सेनिटाइजर प्रदान गरेको सुर्खेत महिला जेसीजका अध्यक्ष लक्ष्मी गुरुङले बताइन्।

तस्करी गर्न नपाएपछि प्रहरीलाई धम्की

तस्करी गर्न नपाएपछि मोरङका तस्करहरूले ड्युटीमा खटिएका प्रहरीलाई धम्की दिन थालेका छन्। विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीमा ड्युटीमा रहेकी महिला प्रहरीलाई गालीगलौज गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्