९ मंसिर २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्रीलाई देउवाले बुझाए १५ बुँदे ध्यानाकर्षण पत्र

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन्। देउवाले सिंहदरबार पुगेर कोरोना रोकथाम, उपचार तथा नियन्त्रणबारे १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्।

प्रधानमन्त्रीलाई सुरक्षा बढाइयो

सत्तारुढ नेकपाभित्र आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौतीको सामना गरिरहेका बेला सुरक्षा निकायले उनको भ्रमणका क्रममा उच्च सुरक्षा सतर्कता अपनाउन थालेका छन्। नेकपा अध्यक्षसमेत रहेका उनी पार्टी मुख्यालय धुम्बाराहीमा जाने भएपछि आसपासका घरका छतमा समेत सुरक्षाकर्मी परिचालन गरिएलगत्तै मंगलबार कीर्तिपुरको एउटा कार्यक्रममका लागि उनको ‘सवारी’ चलाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो।

कांङ्ग्रेस सशक्त ढंगले प्रस्तुत हुने

भोलि बुधवार बस्ने प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस सशक्त ढंगले प्रस्तुत हुने निर्णय गरेको छ। मंगलवार बसेको नेका संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई प्रश्न सोध्न नदिएमा भोलिको बैठक पनि अवरुद्ध पार्ने निर्णय गरेको छ।

सुन तस्करी र सनम हत्याबारे तयार पारिएको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलोग्राम सुन तस्करीको छानबिनका लागि गठित समितिले सुन तस्करी र हत्याबारे तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको छ। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री ओलीलाई बुझाएको हो।

प्रधानमन्त्रीलाई जथाभावी नबोल्न काँग्रेस नेता खाँणको चेतावनी

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जथाभावी नबोल्न चेतावनी दिएका छन्। नेपाली काँग्रेसले सरकारबिरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने क्रममा रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले जनताले ओलीको बोली र गोली दुवै मन नपराएको भन्दै त्यसलाई बन्द गर्न चेतावनी दिए।

देउवाले प्रधानमन्त्रीलाई भेटेर भने, विरोधको सामना गर्न तयार रहनुहोस्

कांग्रेस सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड नगरी विधेयकको रुपमा ल्याउन आग्रह गरेका छन्। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले माथेमा कार्यादलको प्रतिवेदनको आधारमा जनभावना अनुरुप जारी गरेको अध्यादेशलाई हुबहु विधेयकको रुपमा ल्याउनु अहिलेको एउटै मात्र समाधान भएको बताएका छन्।

सत्ता उन्मादको बाटोमा नहिँड्न प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनी

चिकित्सा शिक्षा अध्यादेश तुहाइएको भन्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले आपत्ति जनाएका छन्। संसदमा सार्वजनिक महत्वको विषयमा बोल्दै रिजालले यो कांग्रेसलाई अस्विकार्य भएको बताए। उनले विद्येय फिर्ता लिन आग्रह गरे।

न्युजिल्यान्डकी प्रधानमन्त्रीलाई पुत्री लाभ

न्युजिल्यान्डकी बहालवाला प्रधानमन्त्री ज्याकिन्डा आर्डेर्नले पहिलो सन्तानलाई जन्म दिएकी छन् ।पहिलो सन्तानका रूपमा उनलाई ३.३१ किलोग्रामकी पुत्री लाभ भएको बिबिसीले उल्लेख गरेको छ।

प्रधानमन्त्रीलाई डा. भट्टराईको सुझाव, चीनसँग थप नाका खोल्नेबारे कुरा गर्नुस्

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको सन्दर्भमा १० बुँदे सुझाव दिएका छन्।

स्पेनी गोलरक्षकले किन प्रधानमन्त्रीलाई माफि माग्न भने ?

स्पेनी गोलरक्षक ड्याभिड डे गेहले प्रधानमन्त्री पेड्रो साञ्चेजलाई सन् २०१६ को कथित यौन प्रकरणका बिषयमा गरेको अभिव्यक्तिबारे सार्वजनिक रूपमा क्षमा याचना गर्न माग गरेका छन्।

संसदमा प्रधानमन्त्रीलाई प्रश्न : कालोपत्रेमा गाडी गुडाउन कहिले पाइन्छ ?

नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले कालोपत्रेमा गाडी गुडाउन कहिले पाइन्छ भन्दै संसदमा प्रश्न गरेका छन्। नीति तथा कार्यक्रमको छलफलमा उठेका प्रश्नको जवाफमा जिज्ञासा राख्दै सिंहले हामी पानी जहाजमा पनि चड्न चाहेको र त्यो भन्दा पहिले कालोपत्रे सडकमा गाडी गुडाउन चाहेको बताए।

जापानका प्रधानमन्त्रीलाई अाेलीले दिए नेपाल भ्रमणको निम्ताे

प्रधानमन्त्री केपी शर्मा ओलीले जापानका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। आफ्नो चारवर्षे कार्यकाल सकेर स्वदेश फर्किन लागेका नेपालका लागि जापानी राजदूत मासासी ओगावामार्फत अाेलीले जापानी प्रधानमन्त्री सिन्जाे अबेलार्इ भ्रमणका लागि अाग्रह गरेका हुन्।

मलेसियाका पूर्वप्रधानमन्त्रीलाई देश छोड्न प्रतिबन्ध

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ। मलेसियाको आप्रवासन विभागले भर्खरै मात्र सत्ताबाट बाहिरिनु भएका पूर्वप्रधानमन्त्री रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको शनिबार जानकारी दिएको हो।

प्रधानमन्त्रीलाई थप १२ अधिकार

प्रधानमन्त्री कार्यालयलाई थप शक्तिशाली बनाउन सरकारले १२ वटा अधिकार थपेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार गरको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भेक्षण रिर्पोटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई १२ वटा थप अधिकार दिइएको छ। सो रिर्पोटलाई मन्त्रिपरिषद्को बैठकले बैठकले पास गरेको छ।

नविना लामाकाे विहे तय, प्रधानमन्त्रीलाई निम्तो

अनेरास्ववियुकी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य नविना लामाले नयाँ वर्षमा विहे गर्ने भएकी छिन्। ३५ वर्षीया नविनाको विहे प्रेमी प्रविन श्रेष्ठसँग वैशाख १३ गतेका लागि तय भएको हो। श्रेष्ठ अनेरास्ववियुकै नेता हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्