सिद्धार्थ बैंकद्वारा कोसी अस्पताललाई मेसिन हस्तान्तरण
सिद्धार्थ बैंकले विराटनगरस्थित कोशी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिन हस्तान्तरण गरेको छ।
सिद्धार्थ बैंकले विराटनगरस्थित कोशी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिन हस्तान्तरण गरेको छ।
सिद्धार्थ बैंकले वीरगञ्जस्थित नारायणी अस्पताललाई ५५ लाख रूपैयाँ सहयोग गरेको छ।
पञ्चकन्या ग्रुप र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) बिच बाल अस्पतालको भवन बनाउनेबारे सम्झौता भएको छ।
मिचिगनमा बसोबास गर्दै आएका ६ परिवारले बर्दियाको ठाकुरबाबा नगरपालिकाको रानीपुरमा सञ्चालन गरेको कोभिड अस्पतालको लागि ३ वटा आइसीयु बेड खरिद गर्न आर्थिक सहयोग गरेको छन्।
भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध रहेको चीनको तिब्बतस्थित शान्नान सहरबाट प्राप्त सहयोग उपकरणहरू ख्वप अस्पताल च्याम्हासिंह भक्तपुर पुगेको छ। प्राप्त सहयोगहरुमा भेन्टिलेटर १ सेट, अक्सिजन कन्सन्ट्रेटर ३२ सेट, अक्सिजन सिलिन्डर (४० लिटर) १ सय वटा र आईसीयु बेड ५० वटा रहेको नगरपालिकाले जनाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारबाही गर्ने भएको छ। मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई नै लिएर आउनू भन्नै नहुनेमा कहीँकतै यस्तो गर्ने गरिएको भए नगर्न/नगराउन अनुरोध गरेको छ।
जिल्लामा कोरोना सक्रमण दर तीव्ररुपमा बढिरहेको र जिल्ला अस्पतालमा अक्सिजनको अभाव भइरहेको अवस्थामा संघले मंगलबार उक्त अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो।
मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई कारवाही गर्ने भएको हो।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारणमैत्री बनाउन निर्देशन दिएका छन्। काठमाडौं क्षेत्र नम्बर ५ मा रहेका चार वटा ठूला सरकारी अस्पतालका प्रमुखहरुसँगको बैठकमा उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारण जनतामैत्री बनाउन निर्देशन दिएका हुन्।
कोरोना संक्रमित अत्यधिक बढेपछि नेपालगन्जका अस्पताललाई बिरामीको चाप थेग्न गाह्रो भएको छ। संक्रमितको संख्या अत्यधिक बढे पनि अस्पतालमा कोभिड बेड थपिएका छैनन्। जसले गर्दा अवस्था झन् भयावह बनेको छ।
सुविधासम्पन्न भएर पनि जिल्ला तहको अस्पतालको रुपमा रहेको भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल थालिएको छ।
नेपालको दुईदिने धार्मिक भ्रमण सकेर शनिबार स्वदेश फर्केका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भक्तपुर क्यान्सर अस्पताललाई भारतमा विकसित भावाट्रोन रेडियोथेरापी मेसिन स्थापना गरिदिने घोषणा गरेको जनाइएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयले तिलगंगा आँखा अस्पताललाई १० करोड प्रदान गरेको छ। उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले अस्पतालका प्रमुख सन्दुक रुइतलाई मंगलबार १० करोड रकमको चेक हस्तान्तरण गरे। सरकारको सहयोगपछि सर्वसाधारणले आँखाको उपचार अझै सहुलियतमा गर्न सकिने बताइएको छ।
सिद्धार्थ बैंकले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई एक लाख १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक अवस्था कमजोर भएका ४४ जना मोतिबिन्दु बिरामीको शल्यक्रियाका लागि उक्त रकम सहयोग गरेको जनाएको छ।
जनसंख्या तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी संरचना निर्माण गरेका र कानूनको पालना नगरी सञ्चालन भएका विभिन्न ११ संस्थालाई कारबाही गरेको छ।