११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्री सिंगापुर जादैँ

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारमा लामो समय लाग्ने भएपछि मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद्ले बैठक सञ्चालन विधि संशोधन गरेको हो। ओली स्वास्थ्य उपचारका लागि बिहीबार सिंगापुर जाँदैछन्।

मरिहालोस् भन्नेलाई अस्तित्व रक्षाका लागि तयारी थाल्न प्रधानमन्त्रीको चुनौती

केही दिन अघि सिंगापुर गएर स्वास्थ्य परीक्षण गराई स्वदेश फर्किएका प्रधानमन्त्री ओली बिहिबार फेरी उपचारका लागि नै सिंगापुर जादै छन्।

प्रधानमन्त्रीको उपचार विदेशमै : स्वास्थ्यमन्त्री

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार विदेशमै गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदसँगको प्रश्नोत्तरका क्रमम उपप्रधानमन्त्री यादवले भने, ‘नेपालमा धेरै रोगको उपचार हुन्छ तर, केही रोगका लागि बाहिर जानुपर्ने अवस्था छ। उहाँको उपचार विदेशमै हुन्छ।’

फस्टाउँदै अवैध स्वास्थ्य क्लिनिक, शिशुको ज्यान गयो, आमा आइसियुमा

मिर्चैया नगरपालिका–३ राघोपुरकी शोभादेवी चौधरीलोरी व्यथा लागेपछि परिवारका सदस्यले एम्बुलेन्समा लहान–३ अस्पताल चोकस्थित सुनिता श्रेष्ठको निजी क्लिनिकमा लगे। तीन छोरीकी आमा शोभा मिर्चैयामा अस्पताल भए पनि लहानमा भरपर्दो उपचारको आसमा आएकी थिइन्। उनले पहिला पनि नर्सिङ निरीक्षक श्रेष्ठसँग जाँच गराएकी थिइन्। त्यसैले उनी श्रेष्ठकै क्लिनिकमा आएकी हुन्।

हजार तीर्थयात्रीले लिए स्वास्थ्य सेवा

गोसाइँकुण्ड मेलामा आएका हजारभन्दा बढी तीर्थयात्रीले स्वास्थ्य सेवा लिएका छन्। गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाका अनुसार ६ दिनमा एक हजार आठजनाले सेवा लिएका हुन्। मेलाको समयमा लेक लाग्ने तथा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउनेभएकाले स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।

प्रधानमन्त्री ओली भन्छन्, 'अझैं २० वर्ष ठीक रहनेछु'

प्रधानमन्त्रीले ओलीले भने, 'हिजो केही बेर ९९ डिग्री ज्वरो आएको थियो, ठीक भयो।डक्टर भन्छन्, अझै बीस वर्ष ठीक रहने छौ।'

मानसिक रोगको ओखती

विश्व स्वास्थ्य संगठनका अनुसार संसारका झण्डै एक चौथाइ मानिसलाई जीवनको कुनै खण्डमा मानसिक तथा स्नायुसम्बन्धी रोगले सताउँछ। तर सबै पीडितले डाक्टरी सुविधा लिनुपर्ने अवस्था भने हुँदैन। समयको पर्खाइ तथा पारिवारिक सहयोगले धेरै मानसिक थकान बिसेक पार्छ। केही बिरामीको हकमा चिकित्सकीय परामर्श अपरिहार्य हुन्छ, ओखती चाहिन्छ। तर केही अभागीको हकमा उपलब्ध ओखतीले मानसिक समस्या समाधान गर्न सक्दैन। रोग वरण गर्नु नै उनीहरूको बाध्यता बन्छ।

एकको दर्ता खारेज, तीनमा तालाबन्दी

नविकरण नगरिएका, अनुमति नै नलिई गैरकानुनी रुपमा विभिन्न सेवा प्रदान गरिरहेका र मापदण्ड नपुगेका विभिन्न संस्थामाथि कारबाही प्रक्रिया अघि बढाइएको हो।

हँसिलो मुहारका साथ फर्किए प्रधानमन्त्री ओली, सञ्चारकर्मीलाई प्रतिक्रिया दिन मानेनन्

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वेदश फर्किएका छन्। प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य उपचारपछि सोमबार स्वदेश फर्केका हुन्।

जनस्वास्थ्यमा समस्या

सरकारी निकायले पानी परीक्षण गरेर पिउनुपर्छ भन्ने सन्देश दिन जरुरी छ। ई–कोली भएको पानी पिउँदा शुद्धीकरण वा ब्लिचिङ पाउडर प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिन पनि उत्तिकै जरुरी छ। अझ बर्खाको बेला पानीमा ई–कोलीको मात्रा बढी हुन्छ। त्यसैले स्थानीय, प्रादेशिक र संघीय सरकारले यस विषयमा जनचेतना फैलाउन ढिलाइ गर्न हुँदैन। सर्वसाधारणले पनि बर्खाका बेला पानी परीक्षण गरेर खानेतर्फ ध्यान दिन जरुरी छ। अझ पानी तताएर र शुद्धीकरण गरेर मात्रै पिउनुपर्छ।

स्वास्थ्य संस्थामा स्तनपान कक्ष

रसुवाका पाँच स्वास्थ्य संस्थामा स्तनपान कक्ष स्थापना गरिएको छ। स्वास्थ्य संस्थामा सेवा लिन आउने सेवाग्राहीले बालबालिकासमेत बोकेर आउने भएकाले सहजताका लागि सो कक्ष स्थापना गरिएको हो।

स्वास्थ्यचौकी भवन निर्माणमा लापरबाही, कोठाभित्र पानीको आहाल

ब्रेकर ः क्वार्टरमा अगाडिपट्टि टबसमेत नराखिएका कारण झ्यालढोका सबैतिरबाट कोठामा पानी पस्ने गरेको छ। साथै ठूलो पानी पर्दा सिलिङबाट पनि पानी चुहिने गरेको स्वास्थ्यकर्मीले बताए।

किशोरकिशोरी खुलेर गर्छन यौनका कुरा

सकारका किशोर–किशोरी निर्धक्क यौनका विषयमा छलफल गर्न लजाउँदैनन्। पाटन नगरपालिका १ को सकार स्वास्थ्य चौकीमा किशोर–किशोरी मैत्री छुट्टै कक्षको स्थापना गरी परामर्श दिन थालेपछि विद्यालय उमेरका किशोर–किशोरी खुलेर यौन एवम् किशोरावस्थामा शरीरमा हुने परिवर्तनका विषयमा कुरा गर्न थालेका हुन्।

उपसभापति निधिले अस्पतालमै भेटे सिंहलाई

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई भेटेर सिंहको स्वास्थ्य अबस्थाबारे जानकारी लिएका छन्।

अस्पतालको उपचार

अहिले पनि ठूलो संख्यामा सर्वसाधारण जाने स्वास्थ्य संस्था भनेका सरकारी अस्पताल नै हुन्। निजी क्षेत्रमा खुलेका उम्दा अस्पतालमा जानसक्ने आर्थिक हैसियत सबै नेपालीले हासिल गरिसकेका छैनन्। त्यसकारण शक्ति र सामथ्र्यहीनका भर भनेका सरकारी स्वास्थ्य संस्था नै हुन्। यसकारण जहिल्यै यिनको क्षमता विकासबारे आमचासो हुने गर्छ। संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक उल्लेख छ। प्रत्येक नागरिकलाई राज्यबाट ‘आधारभूत स्वास्थ्य सेवा निःशुल्क’ प्राप्त गर्ने हक संविधानले दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्