८ वैशाख २०८१ शनिबार

महानगरले हटाउँदैछ आठ महिनादेखि ‘गयल’ शिक्षकलाई

काठमाडौँ महानगरपालिकाले अध्यापनमा उपस्थित नभएको भन्दै एक जना शिक्षकलाई हटाउन सार्वजनिक सूचना नै जारी गरेको छ।

रुद्राभिषेक सिकाउँदै दरबार हाई स्कुल

काठमाडौको रानीपोखरीमा रहेको दरबार हाई स्कुलले विद्यार्थीलाई अग्नि स्थापना तथा रुद्राभिषेकबारे पूजा विधि विधान सिकाएको छ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै कामपा

काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको क्रममा रहेको बताएको छ।

छात्रावृत्ति विवरण बुझाउँदै निजी विद्यालय

काठमाडौं महानगरपालिकाका शिक्षा विभागले छात्रावृत्ति नदिने र विवरण नबुझाउने ३ सय ४२ निजी विद्यालयको नाम र ठेगानासहितको सूची मंगलबार सार्वजनिक गरी हदैसम्मको कारबाही गर्ने चेतावनी दिएसँगै बुधबारदेखि निजी विद्यालयहरूको छात्रावृत्ति विवरण बुझाउन थालेका छन्।

‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गर्दै कामपा

यही शैक्षिकसत्र देखि काठमाडौँ महानगरपालिकाले ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।अब विद्यार्थीले शुक्रबार किताब बोकेर विद्यालय जाँदैनन्।

'विद्यार्थीलाई चाहिएको शिक्षा हो बिल्डिङ होइन'

'हाइफाइ क्लासका विद्यार्थीहरू मात्र पढ्ने ट्रेड भएका विद्यालय छान्दा, साथीहरुसँग अलग्गिने सम्भावना बढी हुन्छ। कलेज छान्दा विद्यालय सञ्चालन गर्ने तरिका, शिक्षकको दक्ष सबै कुरा तथ्य निकाल्नु जरुरी हुन्छ।' 'बिल्डिङ हेर्नु भन्दा शिक्षाको गुणस्तर हेर्न जरुरी छ। हामीलाई चाहिएको शिक्षा हो बिल्डिङ होइन। धेरै शुल्क तिर्दा गुणस्तरी शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने मान्यता छ। यो फगत एउटा भ्रम मात्र हो। जहाँ पढेपनि विद्यार्थी आफैले पढ्ने हो। सामान्य कलेजमा पनि आफूलाई निखारेर लान सकिन्छ।'

शिक्षामा सुधारका लागि मेयर बालेनका ६ सूत्र

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले महानगरभित्रका सार्वजनिक शिक्षा सुधारका ६ सूत्रीय योजना कार्यान्वयनमा ल्याउन महानगर शिक्षा विभागलाई निर्देशन दिएका छन्।

कक्षा ८ को परीक्षा स्थगित

यसअघि आगामी जेठको ३ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको परीक्षा अर्को सूचना नआउञ्जेलसम्मका लागि स्थगित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्