१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी

नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा आन्तरिक छलफल गर्न बैठक बसेको एमालेले जनाएको छ।

बालुवाटारमा ओली र दाहालबीच २ घण्टा ‘वान टु वान’ वार्ता

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकीकरणलाई निष्कर्षमा पु¥याउने विषयमा दुवै पार्टीका अध्यक्षबीच शनिबार पनि वार्ता भएको छ।

बालुवाटारमा ओली र दाहालबीच 'वान अन वान' वार्ता, एकताबारे निर्णय लिने

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा 'वान अन वान' वार्ता सुरु भएको छ।

बालुवाटारमा माधव नेपालले यसरी मनाए जन्मदिन (फोटो/भिडियो)

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको जन्मदिनमा प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ। केही दिन अघि बालुवाटारमा नै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जन्मदिन मनाएका थिए। नेपालको जन्मदिनमा प्रधानमन्त्री ओली र नेपाल दुवैले केक काटे।

प्रधानमन्त्री भेट्न भारतीय राजदूत बालुवाटारमा

भारतीय राजदूत मञ्जिभसिंह पुरी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। पत्नीसहित सरकारी निवास बालुवाटार पुगेका राजदूत पुरीले प्रधानमन्त्री ओलीलाई होली पर्वको शुभकामना व्यक्त गरे।

सरकार– फोरमबीचकाे बैठक बालुवाटारमा बस्दै

सरकार र संघीयसमाजवादी फोरमबीचको बैठक आज विहान ९ बजे बस्ने भएको छ । सरकार विस्तार र संविधान संशोधनका विषयमा समहति जुटाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो ।

बुके बोकेर बालुवाटारमा चीन र भारतका राजदूत

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ६८ औं जन्मदिन मनाए। प्रधानमन्त्री निवास बालुवाटारमा एमालेले पार्टीको स्थायी कमिटी बैठकको आयोजना गरेको थियो। त्यही बैठकमा उनले केक काटे। पार्टीका नेताहरुले उनलाई ‘ह्याप्पी वर्थ डे कमरेड’ भन्दै तालि बजाए।

संयोजन समितिको बैठक बालुवाटारमा, आजै एकता घोषणा हुनसक्ने

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समिति बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ।

पहिलो बैठक बालुवाटारमा डाकियो

दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा २२ गते बिहान ९ बजेका लागि बैठक तय गरिएको छ । बैठकमा उपस्थित हुन प्रतिष्ठानको सदस्य रहेका जनप्रतिनिधिमूलक कार्यालयहरुलाई पनि आमन्त्रण गरिएको छ । प्रतिष्ठानका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवा हुन्।

बालुवाटारमा देउवा- स्वराज भेट

नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुस्मा स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन्। उनले शुक्रबार मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवालाई भेटिन्।

बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दैछ । चार बजे बस्ने भनिएको बैठक भने साढे ४ हुँदासम्म सुरु भएको छैन ।

बालुवाटारमा सर्वदलीय बैठक सुरु

प्रधानमन्त्री निवास बालुवाटरमा सर्वदलीय बैठक सुरु भएको छ। प्रदेश प्रमुख र स्थानीय राजधानी तोक्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा पाँच वटा राष्ट्रिय पार्टीका शीर्ष नेताहरुको उपस्थिति रहेको छ। बैठकमा सहमति जुटे अब बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन मिति तोक्ने बताइएको छ।

बालुवाटारमा दोस्रो चरणको निर्वाचनबारे छलफल

सरकारले प्रमुख राजनीतिक दलसँग संविधान संशोधन र दोस्रो चरणको निर्वाचनबारे छलफल गरेको छ। सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी नेकपा एमाले र राजपाका नेताहरु सहभागी बैठकमा संविधान संशोधन विद्ययेक, दोस्रो चरणको स्थानीय तहको निर्वाचन र मधेसमा स्थानीय तहको संख्या थपबारे कुराकानी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

सरकार र मोर्चाको बैठक बालुवाटारमा सुरु

मधेसी मोर्चामा आबद्ध छ दलले पार्टी एकीकरण गरेको भोलिपल्टै सरकारले डाकेको वार्तामा सहभागी हुन बालुवाटार पुगेका छन्।

संशोधन प्रस्तावबारे छलफल गर्न मोर्चाका नेता बालुवाटारमा

स्थानीय निर्वाचनको विरोध गर्दै आएका मधेसी मोर्चाका नेताहरु छलफलको लागि अहिले प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्