१५ असार २०७९ बुधबार

सत्ता गठबन्धनकाे बालुवाटारमा छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको छलफल भईरहेको छ। नेताहरुबीच मन्त्रिपरिषद्को पूर्णता र मन्त्रालय भागबन्डालगायत विषयमा छलफल केन्द्रीत भइरहेको छ।

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

ठाकुर–महतो बालुवाटारमा

आइतबार विहान कांग्रेस सभापति शेरबहादुर देउवासँग डेढ घण्टा लामो छलफलपछि उनीहरु बालुवाटार पुगेका हुन्।

बालुवाटारमा प्रधानमन्त्रीले पूजा गरेपछि राम-सीताका मूर्ति चितवन पठाइयो

प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले पूजाआजा गरेका हुन्। उक्त मूर्तिलाई चितवनमा लगेर राख्ने तयारी ओलीको गत वर्षदेखि रहेको थियो। तयार परिएका मूर्ति रथ यात्रा आज नै चितवन पठाइने छ। मूर्ति राखिएका गाडीहरुलाई फूलमालाले सिँगारिएको छ।

सरकारी टोलीसँग भएको सहमतिमा डा केसीको असन्तुष्टि, सच्याउन वार्ता टोली बालुवाटारमा

सरकारी वार्ता टोलीसँग भएको ७ बुँदे सहमतिमा डा. गोविन्द केसीले असन्तुष्टि जनाएपछि उनका प्रतिनिधि समाधान खोज्न बालुवाटार पुगेका छन्। विहीबार दिउँसो सिंहदरबारमा सरकारी टोलीसँग डा केसीका प्रतिनिधिले ७ बुँदे सहमति गरेका थिए। जसको मस्यौदा समेत तयार भइसकेको छ। उक्त मस्यौदा लिएर वार्ता टोली डा केसीलाई भेट्न शिक्षण अस्पताल पुगेको थियो।

डा. केसी र सरकारी टोली सहमति नजिक, बालुवाटारमा अन्तिम रुप दिइने

२७ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता सहमति नजिक पुगेको छ। सिंहदरबारमा सरकारी टोली र डा. केसी पक्षधरबीचको वार्ता निष्कर्षमा पुगेको हो।

बानेश्वर घटनापछि प्रधानमन्त्री भेट्न देउवा बालुवाटारमा, थप संघर्षको चेतावनी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्तिपूर्ण प्रदर्शनमाथि दमन नगर्न सरकारलाई चेतावनी दिएका छन्। चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार तरुण दलले नयाँ बानेश्वरमा आयोजना गरेको प्रदर्शनमाथि सुरक्षाकर्मीले आक्रमण गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका देउवाले शान्तिपूर्ण प्रदर्शनमाथि दमन नगर्न चेतावनी दिएका हुन्।

बालुवाटारमा डेढ सय जनाको खाना अलपत्र

अघिल्लो सरकारले गत भदौ १४ देखि फागुन ३ सम्म गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने ओली सरकारको निर्णयको पहिलो असर राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको बैठकमा परेको छ।

बालुवाटारमा ओली र दाहालद्वारा वृक्षारोपण

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन आश्रित स्मृति दिवश तथा पार्टी एकताको खुशीयालमा बिहीबार बालुवाटारमा वृक्षारोपण गरेका छन्।

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी

नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा आन्तरिक छलफल गर्न बैठक बसेको एमालेले जनाएको छ।

बालुवाटारमा ओली र दाहालबीच २ घण्टा ‘वान टु वान’ वार्ता

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकीकरणलाई निष्कर्षमा पु¥याउने विषयमा दुवै पार्टीका अध्यक्षबीच शनिबार पनि वार्ता भएको छ।

बालुवाटारमा ओली र दाहालबीच 'वान अन वान' वार्ता, एकताबारे निर्णय लिने

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा 'वान अन वान' वार्ता सुरु भएको छ।

बालुवाटारमा माधव नेपालले यसरी मनाए जन्मदिन (फोटो/भिडियो)

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको जन्मदिनमा प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ। केही दिन अघि बालुवाटारमा नै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जन्मदिन मनाएका थिए। नेपालको जन्मदिनमा प्रधानमन्त्री ओली र नेपाल दुवैले केक काटे।

प्रधानमन्त्री भेट्न भारतीय राजदूत बालुवाटारमा

भारतीय राजदूत मञ्जिभसिंह पुरी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। पत्नीसहित सरकारी निवास बालुवाटार पुगेका राजदूत पुरीले प्रधानमन्त्री ओलीलाई होली पर्वको शुभकामना व्यक्त गरे।

सरकार– फोरमबीचकाे बैठक बालुवाटारमा बस्दै

सरकार र संघीयसमाजवादी फोरमबीचको बैठक आज विहान ९ बजे बस्ने भएको छ । सरकार विस्तार र संविधान संशोधनका विषयमा समहति जुटाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्