११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सिन्धुलीको घ्यालेख गाउँपालिकामा धुम्रपान मध्यपान सेवनमा निषेध

सिन्धुलीको घ्यालेख गाउँपालिलाई मदिरा तथा सुतिजन्य बस्तु सेवनमा निषेध गरिने भएको छ। धुम्रपान तथा मद्यपानले समाजका युवापंक्तिमा विकृति आउन थालेपछि स्थानीय सरकार आफैले धुम्रपान मद्यपान निधेष गरि समाज सुधारको अभियान थालेको हो।

रुपा गाउँपालिकाले खेलकुद गतिविधि गर्दै

कास्कीको रुपा गाउँपालिकाले खेलकुदका विभिन्न गतिविधि गर्दै स्थापना दिवस मनाउने भएको छ ।

स्थानीय तहको अनियमितता नियन्त्रणबाहिर

प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिको मिलेमतोमा अनियमितता मौलाइरहेको देखिएको छ। कोरोना संक्रमणका बेला स्वास्थ्य सामग्री खरिद र क्वारेन्टिन व्यवस्थापनलगायतमा राजापुर र गेरुवा गाउँपालिकामा व्यापक अनिमियतता भएको तथ्य बाहिर आएको हो।

थोरै तलबमा काम गर्दै स्वयंसेवक शिक्षक

सरकारले पारिश्रमिकका लागि न्युनतम मापदण्ड लागु गरेको भए पनि यहाँका स्थानीय तहले आपूm अनुकुल शिक्षकको तलब दिने गरेका छन्। तलबमा एकरूपता नहुनु र उचित पारिश्रमिकको व्यवस्था नहुँदा शिक्षा क्षेत्रको शैक्षिक गुणस्तरमा प्रभाव परेको स्वयंम शिक्षकहरूकै भनाइ छ।

झोलामा कार्यालय !

भवनमा बसेर सेवा दिनुपर्ने कर्मचारी भने झोलामा कार्यालय राखेर हिँडेपछि नयाँ भवन प्रयोग नहुँदै जिर्ण बन्ने अवस्थामा पुगेको छ ।

स्वास्थ्य शिविरमा १ सय ४४ जनाको उपचार

स्वास्थ्य शिविरमा २५ वर्षदेखि ४० वर्षसम्मका महिलाको पाठेघरको क्यान्सरको अवस्था थाहा पाउन सर्भाइकल टेस्ट, दाँत, आँखा, भिडियो एक्स–रे, सामान्य चेकजाँच, ज्येष्ठ नागरिक, अपांग, महिला तथा बालबालिकाको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ।

स्वास्थ्यचौकी भवन निर्माणको काम गुणस्तरहीन, त्रुटी सच्याउन गाउँपालिकाको निर्देशन

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित स्वास्थ्यचौकी भवन निर्माणको काम गुणस्तरहीन भएको भन्दै सच्याउन लगाइएको छ । स्वास्थ्यचौकीको निर्माणाधिन भवनको पिपिसि ढलानको काम गुणस्तरहीन भएको भन्दै गाउँपालिकाले भत्काएर पुनर्निर्माण सुरु गर्न निर्देशन दिएको छ ।

अपांगतालाई परिवारको सहयोग

जन्मजात अपांगता भएपछि आफन्त, छिमेकीको कटु बोली, नकारात्मक व्यवहार उनको परिवारले वर्षौंदेखि भोग्दै आइरहेका छन्। तर, त्यसको कुनै प्रवाह नगरि शन्तमाया छोरीको हेरचाह, रेखदेख र पढाइमा ध्यान दिँदै आएकी छिन्। ‘

लुम्बिनी प्रदेश : स्थायी राजधानीमा प्रदेशसभा सञ्चालनका लागि पहल

स्थायी राजधानीको डिपिआर सुरु गरिसकेको सरकारले राप्ती गाउँपालिकामा रहेको प्राविधिक शिक्षालयको स्वामित्व लिन प्रकृया सुरु गरिसकेको छ । यो प्राविधिक शिक्षालाई लाई खालि गरेर यसको स्वामित्व आँफूमा निहित राख्नका लागि प्रकृया अगाडी बढाईसकेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक योजना तथा पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

वर्षदिनमै चर्कियो भवन

पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–८ कुनाथरीस्थित सरस्वती आधारभूत विद्यालयको दुईकोठे भवन बनेको वर्षदिनमै चर्किएको छ। उक्त भवन निर्माणका लागि २०७६ वैशाख २६ गते सम्झौता भएर एक महिनामै बनाइएको थियो। जिल्ला समन्वय समितिको २५ लाख अनुदानमा निर्माण भएको भवन वर्ष दिनमै चर्किएको हो।

गाउँपालिकाको सेटिङमा ठेक्का

१० लाखको विकास निर्माणका कामको यसअघि अनलाइनमार्फत टेन्डर आह्वान (इबिडिङ) गरेको सहिद लखन गाउँपालिकाले ४३ लाखसम्मको ठेक्का अहिले बिना ‘इबिडिङ’ व्यवसायीलाई दिने अन्तिम तयारी गरेको छ।

सानो सहयोग, ठूलो उपलब्धी

वडा कार्यालयले स्थानीय सरकार गठन भएको यो अवधिसम्म विभिन्न कार्यक्रममार्फत एक सय भन्दाबढीलाई स्वरोजगार बनाइएको छ ।

प्रअले भवन भत्काए, विद्यार्थी चौरमै पढ्न बाध्य

बराहताल गाउँपालिका–१ स्थित काफलगैरामा भैरव आधारभूत विद्यालय छ । कक्षा ३ सम्म पढाइ हुने विद्यालयमा अघिल्लो वर्षसम्म दुई कोठे कच्ची भवन थियो । ५० भन्दा बढी विद्यार्थी नियमित अध्ययन गर्थे । गाउँलेले आफ्ना नानी–बाबु अध्ययन गर्ने विद्यालयमा थप कक्षा कोठाको माग गरे ।

गाउँपालिकाको सेटिङमा व्यवसायीलाई ठेक्का

१० लाख रुपैयाँको विकास निर्माणका कामको यसअघि अनलाईन मार्फत टेण्डर आह्वान ‘ईलेक्ट्रोनिक विडिङ सिस्टम’ (इविडिङ) गरेको शहीदलखन गाउँपालिकाले ४३ लाख रुपैयाँ सम्मको ठेक्का अहिले बिना ‘इविडिङ’ व्यवसायीलाई दिने अन्तिम तयारी गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्