१५ मंसिर २०८१ शनिबार
image/svg+xml

'कोरोना कोषमा जम्मा गर्न स्वास्थ्यकर्मीको तलब कटिएको छैन'

कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब अहिलेसम्म कट्टी नगरिएको सरकारले बताएको छ।

मेयर, अध्यक्ष भन्दा वडाध्यक्षलाई धपेडी

विश्व त्रासको कारक कोरोना भाइरस (कोभिड–१९) ले जनप्रतिनिधिलाई भने जिम्मेवार र संवेदनसिल हुन सुनौलो मौका दिएको छ । अपबादलाई छाडेर भन्ने हो भने संक्रमण फैलिन नदिन सतर्क गराउनेदेखि विपद्मा परेकालाई राहत दिएर त्राण भर्नेसम्मको कार्यमा अहिले गाउँ/नगरपालिकाका जनप्रतिनिधि अहोरात्र खटिरहेका छन् ।

शिक्षा मन्त्रालयले कोरोना नियन्त्रणका लागि अध्ययन समिति बनाएर काम थाल्यो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना रोकथाममा सघाउन पूर्व विज्ञान मन्त्री गणेश साहको नेतृत्वमा २८ सदस्यीय विज्ञहरुको समिति बनाएर कोरोना नियन्त्रणबारे अध्ययन अनुसन्धान सुरु गरेको छ। उक्त समितिमा विषय विज्ञहरू सम्मिलित ६ वटा उपसमितिसमेत गठन गरिएको मन्त्रीका स्वकीय सचिव पुरन केसीले बताए।

आरडिटी किट आएपछि क्वारेन्टाइनमै कोरोना परीक्षण सुरु

उदयपुरका स्वास्थ्यकर्मीले क्वारेन्टाइनमै पुगेर कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु गरेका छन्। बिहीबार साँझ प्रदेश कार्यालयबाट र्‍यापिड डाईनोस्टिक टेस्ट (आरडिपी) किट आईपुगेपछि स्वास्थ्यकर्मी टोलीबाट क्वारेन्टाइनमै स्वास्थ्य परीक्षण सुरु भएको हो।

क्वारेन्टाइनमा राखिएका सर्वसाधारण ल्याउन नगरले पठायो बस

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मोरङको टाँडीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएका सर्वसाधारणलाई गाउँमा ल्याउनका लागि सवारी साधन पठाएको छ।

जिल्ला प्रवेश गर्ने नाकाको चेकजाँचमा कडाई गर्ने

कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि खोटाङ प्रवेश गर्ने नाकामा चेकजाँचलाई कडाई गर्ने तयारी गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको शुक्रबार बसेको बैठकले बाहिरि जिल्लाबाट भित्रिने नाका–नाकामा कडाईका साथ चेकजाँच गर्ने निर्णय गरेको हो ।

पाँच अस्पताल स्तरोन्नति, किसानलाई राहत प्याकेज

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) नियन्त्रण, रोकथाम तथा उपचारको क्रममा ज्यान गुमाउने स्वास्थ्यकर्मीका परिवारलाई ५० लाख क्षतिपूर्ति घोषणा गरिएको छ। प्रदेश २ सरकारले शुक्रबार मन्त्रीपरिषदको बैठकबाट उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा नियन्त्रणमा अग्रमोर्चामा खटिने कर्मचारीको निधन भए परिवारलाई उतm रकम क्षतिपूर्ति दिने निर्णय गरिएको हो।

स्थानीय तह प्रवेश गर्नेलाई २१ दिनसम्म क्वारेन्टाइनमा राखिने

जिल्लाको जन्तेढुंगा गाउँपालिकाले गाउँपालिका भित्र प्रवेश गर्ने व्यक्तिलाई २१ दिनसम्म क्वारेन्टाइनमा राख्ने भएकोछ। कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले आगामी दिनमा गाउँपालिका प्रवेश गर्ने कुनै पनि व्यक्ति तीन हप्तासम्म क्वारेन्टाइनमा राख्ने भएको हो।

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएकव छ। कोरोना भाइरस संक्रमण रोक्न दुई देशमा लगाइएको लकडाउनका कारण एकअर्काका देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा हेरचाह गर्ने विषयमा उनीहरुबीच छलफल भएको थियो।

जुम्लामा कोराना रोक्न जुटे स्थानीय तह

विश्वभर महामारीको रूपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण गर्न जुम्लाका स्थानीय तह जुटेका छन्। यहाँका एक नगरपालिका सहित ७ गाउँपालिका कोराना भाइरसको संक्रमणबाट बच्न अनेक प्रकारका बिकल्प अपनाइरहेका छन् । कोरोनाको रोकथाम, नियन्त्रण, उपचार, राहत तथा आवश्यक व्यवस्थापन गर्न यहाँका स्थानीय तह जिम्मेवार बनेका हुन्।

कोरोना भाइरस नियन्त्रणमा समुदायले कसरी काम गर्न सक्छ ?

नोभल कोरोना भाईरस २०१९ (कोभिड १९) को नियन्त्रणमा संसारका देशहरुले आफ्नो ढंगले कार्यक्रम संचालन गरेका छन्। नेपालले पछिल्लो दशकमा स्वास्थ्यका सूचकांङ्कहरुमा क्रमशः सुधार गरेको भएता पनि पोषणको अवस्था त्यति संन्तोषजनक छैन।

जो कोरोना मुक्त भएर घर फर्किए

विश्वलाई कोरोना महामारीले हल्लाएको छ। दैनिक मृत्युका खबरले आम मानिसलाई अत्याइरहेको छ। संक्रमण बढिरहँदा मानिसमा एउटा त्रास कायम छ।

आज बालुवाटार रिसाएको छ !

‘चुनाव त आओस्, यिनलाई ठीक पारिन्छ, भ्रष्टहरू ! हुँदाहुँदा यात्रा संकटाँसमेत खाने ?’ बेलुका तरकारी किन्न निस्कँदा करिब ६० वर्षीया बूढीआमाले रिस पोखिन्। अनि सँगै साग बेच्न बसेका अर्का दाजु भन्दै थिए– के गर्नु बाबु, यिनले हामीलाई मार्ने भए !

कार्टुन : कराेडाैंकाे काेराेना !

काठमाडौं- विश्वलाई अहिले कोरोना महामारीले आक्रान्त पारेको छ। महामारीबाट कसरी मुक्ति पाउने भनेर देशहरु लागिरहेका छन्। तर संकटको समयमा पनि कालोबजारी, भ्रष्टाचार जस्ता अनियमितता भइरहेका छन्। रविन सायमिले बनाएको कार्टुन।

निर्माण व्यवसाय विकास परिषदले सातै प्रदेशलाई १३ लाखको दरले रकम उपलब्ध गराउने

निर्माण व्यवसाय विकास परिषदले कोरोना भाइरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि सातवटै प्रदेशलाई १३ लाखको दरले ९१ लाख रुपैयाँ प्रदान गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्