१५ मंसिर २०८१ शनिबार
image/svg+xml

लकडाउनले सेतीलाई राहात (फोटो फिचर)

कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलन नदिन मुलुक तीन साता लामो लकडाउनमा छ। अत्यावश्यक बाहेकका सवारी नचल्दा सडक सुनसान छ। बजार बन्द भएका छन्। उद्योग, कलकारखाना चलेका छैनन्। यसबाट मानिसको दैनिकी प्रत्यक्ष प्रभावित भएतापनि प्रकृतीले राहातको महसुस गरेको छ। प्रदुषणको मात्रा ह्वात्तै घटेको देखिन्छ। यसको उदाहारण हो, माछापुच्छ्रेको फेदीबाट सुसाउदै बगेको सेती नदी।

कपिलवस्तुमा र्‍यापिड टेस्ट सुरू

कोरोना भाइरस (कोभिड–१९) को  र्‍यापिड टेस्ट शनिबारदेखि सुरू गरिएको छ। प्रदेश नं. ५ सरकारको स्वास्थ्य निर्देशनालयले २ दिन अघि कोभिड डाईग्नोटीस्ट टेस्ट किड जिल्लामा पठाएको थियो। शुक्रबार  टेस्टका लागि जिल्लाका २० जना ल्याबका कर्मचारीहरुलाई तालिम दिईएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए।

नेपाली तयारी चियाको माग शून्य

कोरोना भाइरस (कोभिड–१९)को त्रासले विश्वमा नेपाली तयारी चियाको माग शून्य भएको छ । बर्सेनि सवा ३ अर्ब रुपैयाँको तयारी चिया निकासी हुँदै आएकामा यो वर्ष कुनैपनि देशबाट माग नै नआएको उद्योगी–व्यवसायीले बताएका छन् ।

र्‍यापिड टेस्ट गर्दै घर जादै

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको आशंकामा क्वारेन्टाइन बस्दै आएका ६२ जना घर फर्किन लागेका छन्। क्वारेन्टाइन अवधिमा कुनै पनि कोरोना संक्रमणको लक्षण नदेखिएपछि चिकीत्सकहरुको सिफारीसमा रुपन्देहीबाट उनीहरु आफ्नो गनतव्य तिर जान लागेका हुन।

कसले गर्‍यो ‘चाइनिज भाइरस’को सिर्जना ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्च १६ तारिख ट्विट् गर्दै कोभिड १९ लाई चिनियाँ भाइरस भनेर उल्लेख गर्नुभयो। उहाँले लेख्नु भएको थियो ‘अमेरिकाले चिनियाँ भाइरसबाट प्रभावित व्यवसायलाई सहयोग गर्नेछ’। चिनियाँ भाइरस ? अमेरिकी राष्ट्रपतिको शब्द चयनले चिनियाँहरुमा कडा आक्रोश देखायो।

कोरोना कहर : किसान बेच्छन्, स्थानीय सरकार किन्छन्

कोरोना भाइरस (कोभिड–१९)का कारण हाल बिश्व नै आक्रान्त छ। कोरोना भाइरसको संक्रमण फैलिने त्रासका कारण हाल शहर, बजारदेखि व्यापारिक केन्द्र ठप्प छ। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’का कारण गाउँ–गाउँका हाटबजार पनि बन्द छ। गाउँघरमा लाग्ने साप्ताहिक हाटबजार बन्द हुँदा अधिकांश किसानले दश नंग्रा खियाएर उत्पादन गरेको तरकारीले बजार पाउन छाडेको छ। बजार बन्द हुँदा आम किसानले उत्पादत गरेका तरकारी बारीमै कुहिएर र सकिएर खेर जाने अवस्थामा पुगेको छ।

सर्वदलीय संयन्त्र गठनका विषयमा नेकपा शीर्ष नेताहरु असहमत

विश्वव्यापी रुपमा सन्त्रास फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सर्वदलीय संयन्त्रको चर्चा चलिरहँदा सत्तारुढ दलका शीर्ष नेताहरु भने असहमत रहेका छन्।

लकडाउनका सारथी 'पुस्तक'

विश्वभर फैलिएको महामारी कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको छ। लकडाउनको समयमा कार्यालय तथा कामकाज बन्द हुँदा समय बिताउन गाह्राे हुनु स्वाभाविक हो।

महामारीबाटै सिर्जित भएका थिए जात्रा–पर्वहरू

आधुनिक विश्व कोरोना भाइसरविरुद्ध लडिरहेको छ। मानव सभ्यता र सांस्कृतिक पक्षलाई कोट्याउँदा यस्ता महामारी आधुनिक कालमा मात्रै भने निम्तिएका होइनन्। करिब पन्ध्र सय वर्ष अघि नै हाम्रो समाजमा अनेकौ महामारीहरु फैलिएको किवंदन्ती छ।

अमेरिकामा थप एक नेपालीको कोरोनाबाट मृत्यु

कोरोना संक्रमणबाट न्युयोर्कको ज्याक्सनहाइटका ४७ बर्षका राजकुमार थापाको निधन भएको छ। गत मार्च १९ मा उनलाई कोरोना संक्रमण पुष्टी भएपछि अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएको बताइएको छ।

नातिको बिहेमा लन्डन आएका क्षेत्रीको कोरोना संक्रमणले निधन

नातिको बिहेमा सहभागी हुन लन्डन आएका एक नेपालीको कोरोना संक्रमणले निधन भएको छ। बागलुङ अमलाचौर सरङ्गगी घर भएका ७५ वर्षिया कर्णबहादुर (केसी) क्षेत्रीको बुधवार लण्डनस्थित नर्थविक पार्क अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

यसरी बन्दैछ स्वदेशमै स्यानिटाइजर (फोटो फिचर)

औषधि व्यवस्था विभागले स्यानिटाइजर बनाउन थालेको छ। कोरोना भाइरसको त्रास बढेसँगै विभागले स्यानिटाइजरको उत्पादन सुरु गरेको हो।

एनएमबी बैंकको १ नं प्रदेश कार्यालयले दियो सय थान पीपीई

एनएमबी बैंकको १ नं प्रदेश कार्यालयले कोभिड–१९ को परीक्षण तथा उपचारका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने १ सय थान व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री (पीपीई) प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ।

कैलालीमा ३ सय ३९ को कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

र्‍यापिड परीक्षणको रिपोर्ट आउन सुरु गरेको छ। स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सातवटै प्रदेशमा ५ हजारका दरले वितरण गरिएकोमा केही जिल्लाबाट रिपोर्ट समेत आउन सुरु गरेको बताए। ४ जनामा कोरोना संक्रमण देखिएको कैलालीमा बिहीबारयता ३ सय ३९ जनामा परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

पञ्चकन्यामा खाद्य बैँक स्थापना

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हुन नदिन र नियन्त्रण गर्न गएको चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन जारी छ। लकडाउनको कारण प्रभावित भएका असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायलाई खाद्यान्न सामग्रीको अभावको कारण दैनिक जीवन यापन गर्न असहज भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्