१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

नेपालगन्जमा अझै स्थापना हुन सकेन कोरोना प्रयोगशाला

लकडाउन अवधि थपिदै गएपनि बाँकेमा कोरोना भाइरस परीक्षण गर्ने प्रयोगशाला संचालनमा आउन सकेको छैन।

थन्किए ग्यास बुलेट

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि देशभर लकडाउन छ। लकडाउन अगावै भान्साका लागि आवश्यक ग्यास सिलिण्डरको जोहो गरेकाहरूले खाली सिलिण्डर फिर्ता नगर्दा उद्योगमा आएका बुलेट थन्किएका हुन्। धादिङका १३ ग्यास रिफिल उद्योगले करिब १० लाख सिलिन्डर बजार पठाएका छन्। यी उद्योगले सामान्य अवस्थामा दैनिक २० हजार सिलिन्डर बजार पठाउने गरेका छन्। ग्यासका बुलेट आए तर बजारमा पठाएका सिलिण्डर नआउदा समस्या परेको उद्योग संचालकहरू बताउँछन्।

राहतमा संघभन्दा स्थानीय सरकार ‘खुकुलो’

जिल्लामै बढी उद्योग–कारखाना रहेको सूर्याेदय नगरपालिकाले असंगठित क्षेत्रका श्रमिक र असहायलाई राहत वितरण गर्दैछ। नगरले असंगठित श्रमिकको क्षेत्र र असहाय व्यक्ति/परिवारको मापदण्ड भने संघीय सरकारको भन्दा ‘खुकुलो’ बनाएर राहत वितरण गर्न लागेको हो।

खोटाङको दिप्रुङमा ६ सय परिवारलाई राहत

जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ‘लकडाउन’को मारमा परेका ६ सय परिवारलाई राहत बाँडेको छ। कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’ का कारण मारमा परेका श्रमिक तथा असहायलाई गाउँपालिकाले प्रतिघर २५ केजी चामल, २ केजी दाल, एक पोका तेल र एक केजी नून प्रदान गरेको हो।

चीनको सियान महानगरद्वारा स्वास्थ्य सामग्री सहयोग

चीनको साङ्सी प्रान्तमा अवस्थित सियान महानगरपालिकाले कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपालको बुटवल उपमहानरपालिका, काठमाडौँ र धुलिखेलका अस्पतालहरुमा प्रयोग गर्नेगरी स्वास्थ्य सामग्री सहयोग गरेको छ।

कोरोना महामारी नसकिएसम्म प्रधानमन्त्रीले पारिश्रमिक नलिने

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नसकिएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन्। नयाँ वर्ष २०७७ को शुभकामना दिदै उनले आफ्नो पारिश्रमिक कोभिड १९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने बताए।

भोलि विहान ८ बजे राष्ट्रिय गान गाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन्। उनले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा राष्ट्रिय गान गाउन आग्रह गरेका हुन्।

नुवाकोटमा  १ सय ४१ जनाको र्‍यापिड टेष्ट

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) को संक्रमण हुन सक्ने आशंकालाई  मध्यनजर गर्दै विदेशबाट आएको जिल्लाका नागरिहरूको र्‍यापिड टेष्ट गर्न थालिएको छ।स्थानीय तहरूसंगको समन्वयमा उनीहरुको र्‍यापिड टेष्ट गर्न थालिएको हो। अहिलेसम्म १ सय ४१ जनाको र्‍यापिड टेष्ट गरिएको छ। जस अन्तर्गत तार्केश्वर गाउँपालिकामा रहेका ७३ जना र बेलकोटगढी नगरपालिकामा रहेका ५४ जनाको र्‍यापिड टेष्ट गरिएको छ।

लकडाउनका कारण थुनिएकाहरूको विवरण खोज्दै उदयपुर लिमचुङबुङका अध्यक्ष

कोरोना भाईरस (कोभिड–१९) को जोखिक नियन्त्रणको लागि देश लकडाउनमा छ। लकडाउनका कारण देशका कारण धेरै मानिसहरू विभिन्न स्थानमा फसेर अलपत्र छन्। स्वदेशमा मजदुरी गर्ने श्रमिकदेखि वैदेशिक रोजगारीमा रहेकाहरु त्यतै अड्किएका छन् भने नातागोतालाई भेट्न आउने/जानेहरु आफन्त र नातागोताकैमा थुनिएर बस्नु परेको छ।

एनआरएनएले ल्यायो २४ सै घन्टा हेल्पलाइन सेवा

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २४ सै घन्टा सञ्चालन हुने टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको छ। कोरोना भाइरस संक्रमणबाट विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीहरुले सामना गरिरहेका समस्या सुनवाई गर्न सो सेवा सञ्चालनमा ल्याइएको एनआरएनए अध्यक्ष तथा कोभिड–१९ उच्चस्तरीय समितिका संयोजककुमार पन्तले जानकारी दिए।

डोटीमा कोरोना परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ

आदर्श गाउँपालिका–५ लामिखालका नरेश नागरीले आइतबार १९ दिन लामो पट्यार लाग्दो क्वारेन्टाइन बसाई बिट मारे। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले उनको ‘थ्रोट स्वाब’ परीक्षणका लागि लगेको थियो। आइतबार नतिजा आयो, कोभिड–१९ नेगेटिभ।

कोरोना भाइरस, नर्सिङ पेशा र स्वास्थ्यकर्मीको मानसिक स्वास्थ्य

कोरोना भाइरसको महामारीमा ४ लाख भन्दा बढी निको भएर घर फर्केका छन्। १७ लाख भन्दा बढी प्रभावित छन्। र १ लाख भन्दा बढीले ज्यान गुमाएका छन्।

कोरोनाको संक्रमण न्यूनीकरण गर्न फेसबुकमार्फत योग

शरीरमा प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बलियो भयो भने विभिन्न रोगसँग लड्न सकिन्छ। प्रतिरोधामक क्षमता भन्नाले हाम्रो शरीरले विभिन्न रोगसँग लड्न सक्ने क्षमता हो। यो क्षमता राम्रो भएकै कारण संक्रमण र रोगबाट बच्न सकिन्छ।

शताब्दीकै खल्लो विसु

‘विसु’ र ‘ओल्के’ सुदूरपश्चिमका दुई मौलिक पर्व हुन्। विसु वैशाख १ गते मनाईन्छ भने ओल्के भदौ १ गते। यी दुवै पर्वका सन्दर्भमा यस क्षेत्रमा एक किम्बदन्ती छ–‘मरुला भनेर विसु खानु, बाँचे भनेर ओल्के!’

रसुवामा ७ जनाको कोरोना रिर्पोट नेगेटिभ

कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्दा सात जनाको रिर्पाेट नेगेटिभ आएको छ। जिल्लाको कालिका गाउँपालिका– ५, जीवजीवेमा रहेको जीवजीवे ग्रामीण अस्पतालमा परीक्षण गरिएको सात जनाको रिर्पोट नेगेटिभ आएको हो। यहाँ आइतबारदेखि अस्पतालमा ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) सुरू भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्