१५ मंसिर २०८१ शनिबार
image/svg+xml

हृदयको प्रतिध्वनि

म अझ तल्लिन भएर गायनको गहिराइमा डुबेकी हुन्छु। अचम्म ! त्यै वीणासँगै मिसिएको एउटा ‘शान्ति’ भनेर बोलाएको मीठो आवाजले मेरो हृदय झंकृत हुन पुग्छ। त्यो परिचित आवाजले म झल्याँस्स हुन्छु, आँखा उघार्छु र यताउता हेर्छु। आकृति होइन, आभास म आफ्नै पिताको अनुभव गर्छु।

त्यो भव्य अभिनन्दन

महेन्द्रपुल चोक क्षेत्रमा कवि, साहित्यकार, लेखक, पत्रकार, समाजसेवी, व्यापारी, संगीतकार, विद्यालय, महाविद्यालयका छात्रछात्रा एवं शिक्षक समेतको ठूलो जमात भेला भयो। साहित्यकार, समाजसेवी, व्यापारीहरू पछाडि जुलुसमा भए। सो अवसरमा नगरका ठाउँठाउँमा विशेष द्वार अनि सडक दायाँबायाँ फूल अबिरले सजाइएका शुभ कलस एवं तामाका गाग्री सजाइएको देखिन्थ्यो।

सक्छौ त रोक

सोझा र इमानदार पुर्खाहरूलाई पहिलो र दोस्रो विश्वयुद्धको बेला सेभेन जिआर र टेन जिआर अङ्ग्रेजी गोर्खा पल्टनको नाममा डलरमा तौलेर बेच्यौ हैन?

प्रारम्भ र समाप्त

त्यसपछि आमा त्यस कुर्सीबाट अपेक्षा राख्न छाड्छिन् । कुर्सी भनेपछि मसानघाटमा पुगेका सन्तान पनि बिउँझने गरेको अनुभव गर्नासाथ कथा समाप्त हुन्छ।

भाकल

केही समयपछि ऊ गाउँमा फर्कियो। गाउँमा आउँदा श्रीमती र काखामा सानो छोरो च्यापेर आएको थियो। सामान्य पहिरनमा देखिने उसकी श्रीमतीले कहिल्यै निधारमा टीका र गलामा पोते लाउँथिन। यी सबैलाई उसले पनि दासताको प्रतीक भन्थी। मन्दिर जानु र पूजापाठ गर्नुलाई उसले आडम्बर भनेर ऊ कहिल्यै मन्दिर गइन्।

आँखामा सजाउने मुटुभित्र लुकाउने

केटी – सागरभन्दा गहिरो हाम्रो माया सम्हालेर राखनुपर्छ। केटा – शिखरभन्दा अग्लो हाम्रो पिरती चुल्हाएर लानुपर्छ। केटी – बादलजस्तै कालो केश तिम्रो त्यो म सम्हालिदिन्छु। केटा – पहाडजस्तै विशाल माया तिम्रो त्यो म सँगालिदिन्छु।

प्रौढ खेल

फेरि एक पटक उहाँ रिसाएको स्पष्ट झलक देखियो। शुरुमा त शक्ति र सत्ताको संरक्षणमा नबोली नबोली जित्ने प्रयासमा लाग्नुभयो । केहीबेर पछि म नजिक आएर खुसुक्क भन्नुभयो । र; मेरै मुख खुलेको खुल्यै पार्नुभयो।

आफन्त

लेखिएको थियो, ’घटना पर्वत जिल्लाको हो। बारीमा काम गर्ने क्रममा एक महिलालाई सर्पले टोक्यो। उपचार गर्न अस्पताल लैजानुको सट्टा उनका पतिले घरमा लगे। कोदालो प्रहार गरी पत्नीको हत्या गरे ।’

कुबुद्धि

एकपटक वीरु सपरिवार गाउँको घर गएको थियो। उसको बुबाको निधन भएर। एक महिनापछि फर्केर आउँदा उसको घरको आँगनभरि फलफूल र तरकारी कुहिएर गन्हाएको थियो। आउनासाथ उसले रिस देखायो। यो दीलेको कृषिले भन्दै बिरुवा र लहराहरू धमाधम काट्न थाल्यो। २/३ दिनमै सबै बिरुवाहरू सुके र मरे।

दिनेले त फूलै दिन्छ लिनेले के लिन्छ

दिनेले त फूलै दिन्छ लिनेले के लिन्छ,जुहारी नै भए मात्र हिरामोती चिन्छ। मल – माटो मिलाएको फूललाई हेर,थुँगा छोडी मालीलाई भन कस्ले किन्छ। नदीले नि माझीलाई गरिरन्छ प्रेम,बहनाले नदीको त्यो धारलाई छिन्छ।

न ऊ किनारा न यो किनारा, मझधारमा छ कर्म हारा

न ऊ किनारा,न यो किनारा, मझधारमा छ, कर्म हारा। कोसिस गर्यो, जिन्दगीभरि, ज्यूँ का त्यूँ रहे, समस्या सारा। बनायो कठै, महल कति, रात बितायो, गनेर तारा।

गहना

“त्यस्तो होइन आमा , नारीका लागि सबैभन्दा ठूलो गहना भनेको उसको पति हो। हजुरले आफ्नो छोरालाई राम्रो संस्कार दिएर हुर्काउनुको साथै पढाउनु लेखाउनुभएको रहेछ। आज मलाई गरगहनाले दिन नसक्ने खुसी मेरा श्रीमानले दिनुभएको छ। यस अर्थमा म हजुरप्रति कृतज्ञ छु।”

अन्तरङ्ग मित्र

“हजुर” भन्न पनि सकिनँ । हत्त न पत्त झ्यालनेर उभिएर चिहाएँ। कम्मरमुनिको भाग मात्रै देखेँ । कोरोना सन्त्रासको भय भएको बेलामा पढ्न नपाएर आजित भएको अरू कुनै विद्यार्थी होला भनेर पुनः आफ्नै काममा फर्किएँ।

राम्राले हैन हाम्राले मात्र चलाएको देश यो

राम्राले हैन हाम्राले मात्र चलाएको देश यो, भ्रष्टाचारको पराकाष्ठा नाघी बलाएको देश यो। पहिला पद किन्ने, पछि त्यहीँबाट छिन्ने गर्दै, तलदेखि माथिसम्म नेताले नै गलाएको देश यो।

फोहोरी नक्कले

डरले आची गरेछ साथीभाइ हाँसे नि स्कुलबाट भागेर बल्ल भन्यो बाँचे नि। फोहोर पाइन्ट धोएछ निकैबेर रोएछ सधैं हात धुन्छु नि भनी देउता छोएछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्