५ असार २०७८ शनिबार

हिउँदमा भारतकै बिजुलीको भर

हिउँदमा अधिकांश नदीनालामा पानीको सतह घटेसँगै प्राधिकरणले कुल मागको ६० प्रतिशतभन्दा धेरै बिजुली भारतबाट आयात गरेर आपूर्ति गरिरहेको प्राधिकरणको भनाइ छ।

सडक विस्तार: हिउँदमा धुलो बर्खामा हिलो

स्थानीय सरकारले बजेटको धेरै हिस्सा सडकमा खर्चिएको छ । गुणस्तरीय सडक नबन्दा सास्ती उत्तिकै छ। संघ तथा प्रदेश सरकारका सडकका ठूला योजना पनि जिल्लामा छन्। कतिपय सडक योजनाको कामले गति पाएको छैनन्। कम्तीमा वडा केन्द्रसम्म जोड्ने सडक ग्राभेल स्तरको हुँदा ग्रामीण क्षेत्रका बासिन्दाले सुविधा पाउने भए पनि यतातर्फ ध्यान पुग्न सकेको छैन।

‘हिउँदमा बदली भए प्रदूषण निकै खतरनाक’

मौसमविद्हरू भन्छन्, ‘चिसोयाममा हावाको बहाव कम हुन्छ, त्यसकारण धुलोका मसिना कणहरू (२.५ पिएम) जमिनमै टाँसिएर बस्छन् तर गर्मीयाममा भने हावाको बहावसँगै त्यस्ता कणहरू उड्ने गर्छन्।’ चिसोयाममा प्रदूषणको जोखिम अत्यधिक बढ्ने वातावरण विभागका प्रवक्ता तथा वातावरणविद् इन्दुविक्रम जोशी बताउँछन्।

हिउँदमा चल्ने सडक वर्षामा ठप्प

वर्षाका कारण खोटाङका अधिकांश सडक बन्द भएका छन्। हिउँद याममा सञ्चालन हुने जिल्लाका दर्जनौं सडक वर्षाका कारण ठप्प भएका छन्।

दोधारा–चाँदनीवासीको पीडा : वर्षात्मा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव

बाइस वर्ष अघि नेपाल–भारतबीच महाकाली सन्धि हुँदा कञ्चनपुरको महाकाली नगरपालिका–१ का वडाध्यक्ष अर्जुन भट्ट औधी खुशी भए। उनीले त्यतिबेला राजनीतिक यात्रा थालेका थिएनन्। सन्धिपछि महाकालीको पानीले खेत सिञ्चित गर्ने भट्टको इच्छा अझै अधुरै छ।

हिउँदमा मात्रै विद्यालय पुग्छन् विद्यार्थी

रतुवा नदी तरेपछि झापाबाट इलामको दक्षिणी गाउँ चुलाचुली पुगिन्छ । तर नदी तर्नासाथ झापाको एउटा गाउँ पर्छ, सिम्ले । सिम्ले कमल गाउँपालिका ५ मा पर्छ । चाजु र रतुना नदीले घरेको यो बस्तीमा दुई सय ५० घरधुरी छन् । सिम्लेका बालबालिका हिउँदमा मात्रै विद्यालय जान पाउँछन् । तीनतिरबाट खोलाले घेरेको बस्तीका बालबालिका बर्खामा खोलासम्म पुगेर तर्न नसकी फर्कन्छन् । चुलाचुली ४ इलाम र कमल ५ सिम्लेका बालबालिका विगत लामो समयदेखि यस्तै समस्यामा छन्।

हिउँदमा ८० मेगावाट विद्युत् थपिँने

बहुप्रतिक्षित एवम् महत्वपूर्ण आयोजना मानिएको ढल्केबर सवस्टेसनको काम आगामी एक महिनाभित्र सम्पन्न हुने भएको छ । हिउँदमा बढदो विद्युत् माग पूरा गर्न सहज हुने सो सवस्टेसनको करिब ९० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत हाल आइरहेको ८० मेगावाट विद्युत् बढाएर तत्काल थप ८० मेगावाट विद्युत् ल्याउन सो सवस्टेसन निर्माण सक्नैपर्ने बाध्यता छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्