११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गाडीको ठक्करबाट बालकको मृत्यु

कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा– ४ स्वास्थ्य चौकी नजिकै गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

पाँचथरमा लेक लागेर एक जनाको मृत्यु

घर फर्कने क्रममा धुपीडाँडा आइपुग्दा लेक लागेर बेहोस् भएका उनको आज बिहान सोही स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

कोसी राजमार्गमा शृंखलाबद्ध दुर्घटना

पछिल्लो समय व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत चीन र भारतसँगको सोझो ‘लिंक’ रोडको रूपमा विराटनगर–धरान सडकखण्ड निर्माण भएर फराकिलो भएसँगै सवारीसाधन तीव्र गतिमा गुडाउने गरेकाले दुर्घटना बढेको स्थानीयको दाबी छ। एक महिनायता कोसी राजमार्गअन्तर्गत इटहरी क्षेत्रमा मात्र पाँच जनाको सवारी दुर्घटनामा मृत्यु भएको इटहरी प्रहरीले बताएको छ।

गैंडाको मृत्यु प्रकरणः व्यवसायीलाई कारबाहीबारे महासंघको आपत्ति

इन्डो–सगुन जेभी निर्माण कम्पनीबाट नाली निर्माणको क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नियमविपरीत हुने कुनै पनि काम कारबाही नभएको र निर्माण सम्झौताबमोजिम नै निर्माण कम्पनीले अनुसरण गर्नुपर्ने सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाइएको महासंघले जनाएको छ।

पाकिस्तानको बलुचिस्तानमा बन्दुक आक्रमणमा परी चार जनाको मृत्यु

क्वेटाको सरयाब रोडमा अज्ञात आक्रमणकारीले कारमा गोली चलाउँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सप्तकोसी नगरपालिका–५ गङ्गाजली खोलानजिक आज भएको दुर्घटनामा सप्तकोसी नगरपालिका–१० भगनी चोकका २७ वर्षीय लालदेव चौधरीको मृत्यु भएको हो।

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१२ निवासी अरुण देवकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

पर्सामा कोरोना सङ्क्रमणको तेस्रो लहरमा पहिलो व्यक्तिको मृत्यु

कोरोना सङ्क्रमणको तेस्रो लहरमा पर्साको यो नै पहिलो मृत्युको घटना हो। सङ्क्रमित पुरुष वीरगञ्जकै एक निजी अस्पतालमा उपचारका लागि पुगेका थिए। सङ्क्रमणको लक्षण देखा परेपछि यही माघ ६ गते गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ देखिएको थियो।

न्युयोर्कको अपार्टमेन्टमा आगलागी हुँदा १९ को मृत्यु

स दुःखद घटनामा परेर ज्यान जानेमा नौ जना बालबालिका पनि परेका बताइएको छ। न्युयोर्क सहरका मेयर एरिक एडम्सले सो घटनाको पुष्टि गरेका छन्। उनका अनुसार यस आगलागीमा परेर १९ जनाको मृत्यु भएको र त्यसमा नौ जना बालबालिका पनि परेका छन्।

बाँकेमा बाघ आतङ्क: तीन महिनामा तीन जनाको लियो ज्यान

बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आतङ्क मच्चाएको छ। पछिल्ला तीन महिनामा मात्रै बाघले तीन जनाको ज्यान लिएको छ।

दैलेखमा जीप दुर्घटनामा एकको मृत्यु

भगवतीमाइको मुकाम वेस्डादेखि सदरमुकाम आउँदै गरेको लु २ च ४८२९ नं को बोलेरो नारायण नगरपालिका– ११ लोहोरेमा आज बिहान दुर्घटनामा परेको हो।

दैलेखमा जिप दुर्घटना: १ जनाको मृत्यु, १० जना घाईते

भगवतीमाई गाउँपालिकाको मुकाम बेस्तडाबाट दैलेख बजार आउँदै गरेको लु२च ४८२९ नम्वरको बोलेरो जिप दैलेख सदरमुकाम नजिक बुधवार विहान लोहोरेमा दुर्घटना भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्