३१ आश्विन २०७८ आइतबार

दोलखामा ४० वर्षमाथिका सबैलाई खोप

यसअघि जिल्लामा निश्चित मापदण्ड बनाई विभिन्न समूहका लक्षित समूहलाई कोरोनाविरुद्धको भेरोसिल तथा कोभिसिल्ड खोप लगाइएकोमा यस पटक भेरोसिल खोप लगाउन लागिएको हो।

दोलखामा मन्त्रिपरिषदको निर्णय अटेर, बिहानैदेखि विद्यालय संचालनमा

दोलखामा मन्त्रिपरिषदको निर्णय अटेर बिहानैदेखि विद्यालय खुलेका छन् । कोरोना भाईरसको महामारी बढ्दै गएको भन्दै सरकारले मंगलबारबाट देशैभरिका विद्यालय बन्द गराउने निर्णय गरेको थियो । दोलखामा भने उक्त निर्णयको अटेर गर्दै बुधबार बिहानैदेखि विद्यालय खुलेका हुन् ।

राष्ट्रिय युवा नेतृत्व कार्यक्रमको दोस्रो सत्र दोलखामा सम्पन्न

काठमाडौंकाे लिडरशिप एकेडेमी र अमेरिकाकाे युनिभर्सिटी अफ सान्डिएगो क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस (आइपीजे) को संयुक्त आयोजनामा सुरु भएको एक वर्षे राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम २०१८ अन्तर्गतको दोस्रो सत्र चरिकोटमाा सम्पन्न भएको छ।

जलविद्युत आयोजनाको अनुगमन गर्न प्रधानमन्त्री ओली दोलखामा

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेशी लगानीमा निर्माण भइरहेको सबैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोशीको अनुगमन गर्न दोलखाको लामाबगर पुगेका छन्।

दोलखामा ४.६ रेक्टरको भूकम्प

दोलखामा शुक्रत्बार ४.६ रेक्टर स्केलको गोरखा भूकम्पको परकम्प गएको छ।  जिरी नजिकको श्यामा भन्ने स्थानको आसपास केन्द्रबिन्दु भई बिहान १० बजेर ५१ मिनेट जाँदा परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ।

दोलखामा एमालेका पार्वत गुरुङ ३० हजार बढी मतले विजयी

दोलखामा बाम गठबन्धनका प्रतिनिधिसभाका लागि एमाले उम्मेदवार पार्वत गुरुङ भारी मतले विजयी भएका छन्। उनी ३०६४४ बढी मतले विजयी भएका हुन्। उनले ५५४५७ मत प्राप्त गरे। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्र खड्काले २४८१३ मत पाए।

किन दोलखामा सधैँ बुथ कब्जा?

हाल तामाकोशी गाउँपालिकाको वडा नं.५ मा पर्ने तत्कालिन शहरे गाविस प्रवेश गरे लगतै ति युवा गाउँमा चुनाव प्रचारमा जुटेका एमालेका कार्यकर्ताहरुको पंङक्तीमा मिसिन पुगे। प्रायले कपाल पालेका र बुट लगाएका थिए। केहीले झोला बोकेका थिए। संसदिय चुनावहरुमा प्राय एमालेको दबदबा रहने यो गाउँमा त्यही साँझबाट कांग्रेसका कार्यकर्तालाई चुनाव हुने दिन सम्मका लागि गाउँ छाड्न उर्दी लगाइयो।

दोलखामा कांग्रेसको चुनावी अभियान सुरु

२०४८ यताका अधिकांश चुनाव वामपन्थीले जित्दै आएको दोलखामा यस पटक दोलखा कांग्रेसले कम्युनिस्ट गढ भत्काउने गरी आक्रामक रणनीतिसहित चुनावी अभियान थालेको छ ।

दोलखामा कसले मार्ला बाजी ?

बहुदल आएयता प्रायः चुनावमा कम्युनिस्टको पल्ला भारी हुनेगरेको दोलखामा यसपालि भने कांग्रेस र कम्युनिस्टबीच रोचक प्रतिस्पर्धा देखिँदैछ। यसअघि दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा बहुदलयताका ५ चुनावमध्ये २०५१ मा क्षेत्र नं. १ कांग्रेस र २०६४ मा दुवै क्षेत्रमा माओवादी केन्द्रले जितेको थियो । त्यसबाहेक २०५१ मा क्षेत्र नं. २ सहित अन्य संसदीय चुनाव एमालेले जितेको थियो।

सबैभन्दा बढी उम्मेदवारी दोलखामा र कम मनाङमा

पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सबैभन्दा बढी उम्मेदवारी दोलखामा परेको छ भने सबैभन्दा कम मनाङमा परेको छ।  प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि आइतबार उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।

दोलखामा कांग्रेसबाट नयाँ अनुहार

मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा दोलखा कांग्रेसले नयाँ अनुहार अघि सारेको छ ।  आइतबार जिल्ला निर्वाचन अधिकृतको कार्यालय चरिकोटमा कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गर्नेहरू सबै नयाँ अनुहार हुन्।

दोलखामा माओवादी केन्द्रलाई सिट नदिन एमाले भित्र चर्को लबिङ

एमाले र नेकपा माओवादी केन्द्रबीच ‘पानी बाराबार’ सम्मको टकराव सम्बन्ध रहेको दोलखामा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रलाई सिट नदिन एमाले जिल्ला नेतृत्वले पार्टी केन्द्रमा चर्को दबाब थालेको छ।

विवेकशीलले दोलखामा शिवाकोटीलार्इ उठाउने

विवेकशील साझा पार्टीले दोलखा जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फ ३२ वर्षीय विजय बाबु शिवाकोटीलाई उम्मेदवार चयन गरेको छ ।  प्रतिनिधि सभा सदस्यका लागि एक र प्रदेश सभा सदस्यका लागि दुई क्षेत्र रहेको दोलखामा प्रतिनिधि सभा सदस्यका रुपमा प्रत्यक्षबाट पार्टीबाट विजयबाबुलाई उठाउने निर्णय गरिएको विवेकशील साझा पार्टीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्