पहिलो पटक इरानी खामेनीलाई भेट्दै जापानी प्रधानमन्त्री
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता आफ्नो औपचारिक जापान भ्रमणका क्रममा इरानसँग वार्ता गर्ने विषयमा आफू खुला रहेको बताएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता आफ्नो औपचारिक जापान भ्रमणका क्रममा इरानसँग वार्ता गर्ने विषयमा आफू खुला रहेको बताएका थिए।
अर्घाखाँचीका मित्रबहादुर क्षेत्री र दोलखाका रमेश बस्नेत अघिल्लो साता क्वालालम्पुर सहरको कोताराया नजिक मेदान पासारको घन्टाघरमा भेटिए। त्यसको तीन दिनअघि भेट्ने योजना बुनेका उनीहरूले भेटघाटका लागि यही ठाउँ रोजेका थिए।
जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका पुर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सँग मानवअधिकार सञ्जाल दाङको टोलीले भेटघाट गरेको छ।
हालसालै कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनकै निवास पुगेको घटनाले सामाजिक सञ्जाल रङ्गियो। यस भेटलाई जोशीले स्वीकार गर्दै बिदाको दिन एकजना मित्र भेट्न जाने कार्यलाई अन्यथा मान्न मिल्दैन भने ।साथै केपी ओलीलाई जन्मदिनको शुभकामना दिन प्रधानमन्त्री निवासमै गएर भेटेको पनि उनले सार्वजनिक गरे। न्यायाधीशसम्बद्ध आचारसंहिता जोशीले नपढेको र नबुझेको होइन होला। आचारसंहिता बुझेकै भए यसरी किन राजनीतिक घेटघाट गरिरहेका हुन्छन् भन्ने प्रश्न र शङ्का अन्यथा मान्न सकिन्न। यस भनाइलाई अर्को शब्दमा भन्नुपर्दा हामीकहाँ त्यस्ता आचारसंहिता पालना गरिँदैन भन्नु जायज हुन्छ।
सर्वोत्तम सिमेन्ट प्रालि र लक्ष्मी स्टिल्स प्रालिले बुटवल, सुनवल र भैरहवामा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिकबीच (ठेकेदार) भेटघाट कार्यक्रम गरेको छ । गत सोमबारदेखि बुधबारसम्म उक्त कार्यक्रम गरिएको हो।
जगदम्बा सिमेन्टले बालाजु क्षेत्रका निर्माणकर्मीसँग भेटघाट कार्यक्रम गरेको छ। पुनःनिर्माणलाई गति दिने उद्देश्यले उक्त अभियान सञ्चालन गरेको कम्पनीले जनाएको छ।
प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव तिथि नजिकिँदै जाँदा उम्मेदवार प्रचारप्रसार शैली फेर्दै घरदैलो र मतदाता भेटघाटमा केन्द्रित हुन थालेका छन् । मतदातालाई आकर्षण गर्न ठूलाठूला सभा र कोणसभाभन्दा पनि अनौपचारिक भेटघाट र छलफल बढी प्रभावकारी हुने उम्मेदवारको अनुभव छ । सम्भव भएसम्म सबै घरमा पुग्ने र मतदातासँग भेटघाट गर्ने योजना उम्मेदवारको छ । प्रायः बिहानको समय र शनिबारको दिन पारेर उम्मेदवार घरदैलोमा व्यस्त हुने गरेका छन्।
उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयोगको कार्यालयका नेपाल प्रतिनिधि केभिन जे आलेनबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा सोमबार भएको भेटमा भुटानी शरणार्थी समस्याको दीर्घकालीन रूपमा हल गर्ने विषयमा छलफल भएको थियो।
आपूर्ति मन्त्रालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपभोक्ता अधिकारकर्मीले छुद्र व्यवहार देखाएका छन्। अन्तराष्ट्रिय उपभोक्ता दिवसको पूर्व सन्ध्यामा मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा उपभोक्ता हितको पक्षमा वकालत गर्ने संस्थाहरुले आपूर्ती मन्त्री दीपक बोहाराकै अघि बाझाबाझ गरेर अशिष्टता प्रर्दशन गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग चिनियाँ कम्युनिस्ट पार्टीका प्रचार विभाग प्रमुख लिउ छी पाओले सोमबार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको नेपालले आतुरतापूर्वक प्रतीक्षारत रहेको बताए।
आपूर्तिमन्त्री दीपक बोहरा र नेपाल भ्रमणमा रहनुभएका चीन सरकारका उद्योग वाणिज्यको प्रशासन हेर्ने मन्त्री झाङ माओबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
सरकारको विशेष दूतको रुपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सोमबार भारतका पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय कांग्रेसका नेता मनमोहन सिंह तथा सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह तथा महासचिव राम माधवसँग भेटवार्ता गरेका छन्।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग भेटघाट गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा भारत गएका उपप्रधानमन्त्री निधिले आज पूर्व प्रधानमन्त्री सिंहसँग उहाँकै निवासमा भेटवार्ता गरेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बिहान समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको छ ।
सभामुख ओनसरी घर्तीले राजनीतिक भेटघाटलाई तीब्रता दिएकी छन्। सभामुख घर्तीले बुधबार विहान कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छन्।