१२ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रदेश १ मा ‘मुख्यमन्त्री ड्यासबोर्ड’ सञ्चालन

प्रदेश नं. १ सरकारले सबै गतिबिधिको प्रत्यक्ष निगरानी गर्दै समस्या आईपरे तत्काल संबोधन गर्न मिल्ने गरी ‘मुख्यमन्त्री सूचना केन्द्र (सिएम ड्यासबोर्ड)’ सञ्चालनमा ल्याएको छ ।

प्रदेश १ एक नम्बरमै

आर्थिक वर्ष ०७६/७७ मा प्रदेश १ सरकारले करिब ७१ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ। प्रदेश सरकारले आव ०७६/७७ मा करिब ७१ प्रतिशत खर्च गर्न सफल भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ।

प्रदेश १ मा १९ जना कोरोना संक्रमित थपिए

प्रदेश १ को पाँच वटा जिल्लामा मंगलबार १९ जना कोरोना भाइरस (कोभिड-१९ )का नयाँ संक्रमित पुष्टि भएका छन् ।

राष्ट्रपतिलाई काँग्रेसको आग्रह, ‘चलखेल गर्ने भए मार्गप्रशस्त गर्नुस्’

राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताविरुद्ध प्रदेश १ संसद्मा तीव्र विरोध भएको छ। मुख्य विपक्षी दल काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले सोमबारको संसद् बैठकमा राजनीतिक चलखेल गर्ने मन भए मार्गप्रशस्त गर्न आग्रह गरेका हुन्।

प्रदेश १ मा ४९ जना डिस्चार्ज, १७ संक्रमित थपिए

प्रदेश १ मा बुधबार १७ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् भने ४९ जना सफल उपचारपछि घर फर्किएका छन् । सामाजिक विकास मन्त्रालयले प्रदेशको ६ जिल्लाका १७ जनालाई कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको जनाएको छ । झापामा ७, मोरङमा ३, सुनसरीमा २, तेह्रथुममा १, ताप्लेजुङ र इलाममा २–२ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

प्रहरीको तलब मासिक ५० हजार पुर्‍याउन माग

प्रदेश १ मा नियुक्त हुने प्रहरीको तलब मासिक ५० हजार पुर्‍याउन माग गरिएको छ । प्रदेश १ को प्रदेश सभामा प्रस्तुत भएको प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ माथिको शैद्धान्तिक छलफलमा भाग लिने सांसदहरूले यस्तो माग गरेका हुन् ।

प्रदेश १ मा जताततै भ्रष्टाचार : सांसद राई

प्रदेश १ का सांसद राजन राईले प्रदेशमा जताततै भ्रष्टाचार भइरहेको आरोप लगाएका छन्। सोमबारको प्रदेश सभा वैठकको शुन्य समयमा बोल्दै राईले प्रदेशमा जताततै भ्रष्टाचार भइरहेको आरोप लगाएका हुन्।

प्रदेश १ मा २६ हजार पीसिआर परीक्षण

प्रदेश १ मा करिब २६ हजार पिसीआर परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ का अनुसार हालसम्म प्रदेशमा २५ हजार ९ सय ६१ वटा स्वावको पिसिआर विधिबाट स्वाव परीक्षण गरिएको हो ।

एकैदिन ७० जना कोरोना मुक्त

प्रदेश १ मा एकैदिन ७० जना कोरोना मुक्त भएर घर फर्किएका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार प्रदेश १ का विभिन्न जिल्लाका ७० जना कोरोना मुक्त भएर घर फर्किएका हुन् ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय १६ पुग्यो

प्रदेश १ मा थप १४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार त्यहाँ बुधबार मोरङको रतुवामाईका ९, उदयपुरको त्रियुगाका ४ र झापाको झापा गाउँपालिकाका १ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

प्रदेश १ को बजेट ४१ अर्ब

प्रदेश १ सरकारले आर्थिक वर्ष ०७७/७८का लागि करिब ४१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट विनियोजन गरेका हुन् ।

प्रदेश १ मा १० जना संक्रमित थपिए

प्रदेश १ मा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार झापा र मोरङका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशका सत्तारुढ सांसद नै संघीय सरकारसँग आक्रोशित

सडकबाट तन्नेरीले अनि सदनमा विपक्षीले अँचेटिरहेको संघीय सरकारप्रति प्रदेशका सत्तारुढ सांसदहरुले नै चरम असन्तोष प्रकट गरेका छन् । केपी ओली नेतृत्वको सरकार संघीयताको मर्ममा प्रहार गर्न तल्लीन रहेको आरोप लगाउँदै सांसदहरुले त्यसको विपक्षमा उभिन प्रदेश १ सरकारलाई दबाब पनि दिएका छन् ।

प्रदेश १ को बजेटबारे छलफल तीव्र

१ नम्बर प्रदेशको आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा छलफल तीव्र बनाइएको छ । विभिन्न क्षेत्रबाट बजेटबारे सुझाव लिने काम भईरहेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्