१२ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रदेश १: नाम अझै अनिश्चित, पहिचानको लडाईले लम्बिन्दै

कानुन निर्माणदेखि बजेट खर्चिने सवालमा सबै प्रदेशलाई उछिनेको दाबी गर्ने प्रदेश १ नामाकरणका विषयमा भने सबैभन्दा पछाडी पर्ने निश्चित भएको छ।

सरकार गठनको साढे दुई वर्षपछि कार्यसम्पादन सम्झौता

बाँकी मन्त्रीहरुले मुख्यमन्त्रीसँग सोमबार सम्झौता गर्ने कार्यक्रम रहेको छ। मुख्यमन्त्री राईले कार्य सम्पादन सम्झौताबाट व्यवस्थित ढंगले काम गर्न सजिलो हुने र सम्झौता बमोजिम काम अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्।

२ कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड १९) संक्रमित २ जनाको प्रदेश १ मा दुई पुरुषको मृत्यु भएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङका एक पुरुष र विराटनगरस्थित कोसी अस्पतालको आइसोलेसनमा सुनसरीका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

उपचारै नपाएर जान्छ ज्यान

सीताराम दाहालको कोसी अस्पताल आइसोलेसनमा मृत्यु भएपछि छोरी नीलिमाले उपचार नपाएरै बुवाको ज्यान गएको दाबीसहित उच्च अदालत विराटनगरमा रिट दायर गरेकी छन्। रिटमा घटनाको छानबिन गरी दोषीलाई कारबाही माग गरिएको छ।

समुदाय–स्वास्थ्यकर्मी जुहारीबीच भयावह अवस्था

दिनरात विरामीको उपचारमा खटिएका चिकित्सक पटकपटक भन्दै थिए, ‘विराटनगरमा कोरोना समुदाय तहमा गइसक्यो सजग बनौं ।’ यही निष्कर्षमा पुगेर तत्कालै नियन्त्रणको कदम चाल्नुपर्ने प्रदेश र संघीय सरकार चिकित्सकको भन्दा भिन्न तर्क अघि सार्दै भन्दै थिए, ‘समुदायमा संक्रमण गएको छैन, आत्तिनु पर्दैन ।’

प्रदेश १ मा कोरोना संक्रमण दर बढ्दै

प्रदेश १ मा कोरोना संक्रमण दर झन झन बढ्दै गएको छ । पछिल्लो समय प्रदेशकै हटस्पट बनेको राजधानी विराटनगरमा पनि संक्रमित थपिने क्रम जारी छ । बिहीबार प्रदेशमा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै ६६ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ का मुख्य न्यायाधिवक्तालाई कोरोना

प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश १ मा सरकारको उपल्लो तहका व्यक्तिमा कोरोना देखिएको यो पहिलो घटना हो।

मौसमी सावधानीले गहिरियो कोरोना कहर

संक्रमित संख्या बढे सावधानी देखाउने, अरुबेला लापरबाह बन्ने सरकारको ‘मौसमी सावधानी’ शैलीलाई सर्वसाधारणले पनि पछ्याउँदा प्रदेश १ मा कोरोना कहर झन् झन् गहिरिँदै गएको छ। प्रदेशकै संक्रमण केन्द्रबिन्दु बनेको विराटनगरमा शनिबार नयाँ संक्रमित फेला नपरे पनि झापा र इलामका गरी १९ जना थपिएका छन्।

प्रदेश १ : मौसमी सावधानीले गहिरियो कोरोना कहर

संक्रमित संख्या बढे सावधानी देखाउने, अरुबेला लापरबाह बन्ने सरकारको 'मौसमी सावधानी' को शैलीलाई सर्वसाधारणले पनि पछ्याउँदा प्रदेश १ मा कोरोना कहर झनझन गहिरिदै गएको छ ।

विराटनगरमा दुई साता लकडाउन

विराटनगर महानगरपालिकामा कोरोना संक्रमण थप फैलिन नदिन साउन १६ रातिदेखि ३० गते रातिसम्म लकडाउन लगाउने निर्णय भएको छ। धरान, इटहरी र इनरुवमा पनि संक्रमण रोक्न थप सतर्कता अपनाइएको छ।

प्रदेश कोरोना संकटमा, मुख्यमन्त्री र मन्त्री काठमाडौं सयरमा

कोरोना संकटले निरन्तर गाँज्दै लगेको प्रदेश १ लाई त्यसबाट जोगाउने उपाय खोज्नुपर्ने बेलामा मुख्यमन्त्रीसहितका मन्त्रीहरु भने काठमाडौं सयरमा छन्। विराटनगरमै रहेर कोरोना नियन्त्रणमा भूमिका गर्नुपर्ने उनीहरु सत्तारुढ नेकपाको विवादको निहुँमा बालुवाटार र खुमलटारको फन्को लगाउन व्यस्त बनेका हुन्।

प्रदेश १ : समुदायमा कोरोना, प्रदेश र स्थानीयतह आरोप प्रत्यारोपमै मग्न

प्रदेश १ को राजधानी सहर विराटनगरमा केही दिनयता ‘ट्राभल हिस्ट्री’ नै नभएकाहरुलाई पनि धमाधम संक्रमण पुष्टि भइरहेको छ। प्रदेश १ का अन्य जिल्लाहरुमा पनि संक्रमित संख्या लगातार बढिरहेको छ। केही समय मत्थर जस्तै भएको कोरोना संक्रमणको दर एक्कासी कसरी बढ्यो ?

प्रदेश १ मा २५ जना प्रहरीसहित ३१ नयाँ संक्रमित

प्रदेश १ मा कोरोना भाइरस संक्रमितको संख्या पुनः बढ्न थालेको छ । प्रदेश र स्थानीय सरकारले कोरोना भाइरस समुदायमा फैलन थालेको भन्दै थप सहजकता अपनाउन अपिल गरेका छन् ।

प्रदेश १ मा १० जना कोरोना संक्रमित थपिए

प्रदेश १ मा कोरोना भाइरस (कोभिड-१९) का १० जना नयाँ संक्रमित थपिएका छन् । विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार प्रदेशको मोरङ, सुनसरी, झापा, खोटाङ र तेह्रथुममा गरी ३ महिला र ७ पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्