१२ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रदेश १ का तीनजना मन्त्रीले दिए राजीनामा

नेकपाको दाहाल-नेपाल पक्षका प्रदेश १ का तीन मन्त्रीले आज राजीनामा दिएका छन्। राजीनामा दिने मन्त्रीहरुमा सामाजिक विकास मन्त्री जीवन घिमिरे छन् भने दुई राज्यमन्त्रीमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग राज्यमन्त्री विजय विश्वास रहेका छन्।

प्रदेश १ मा धान उत्पादन बढ्यो

प्रदेश १ मा धानको उत्पादन बढेको छ। गत वर्षको तुलनामा ९ प्रतिशतले उत्पादन बढेको प्रदेश कृषि निर्देशनालय विराटनगरले जनाएको छ। निर्देशनालयका अनुसार आर्थिक वर्ष ०७७/७८ मा प्रदेश १ मा १३ लाख ११ हजार २ सय ४५ मेट्रिकटन धान उत्पादन भएको छ।

प्रदेश १ का स्थानीय तह र भूमि आयोगबीच सम्झौता

प्रदेश १ का २८ वटा स्थानीय तह र भूमिसम्बन्धि समस्या समाधान आयोगबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार प्रदेश राजधानी विराटनगरमा स्थानीय तहका पदाधिकारी र आयोगबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

निर्णय र घोषणा कार्यान्वयनमा उदासीनता

दूरगामी महत्वको राजनीतिक निर्णय मानिने प्रदेश नामकरणमा मात्र होइन, अन्य मुद्दामा पनि कमजोर कार्यसम्पादन देखिएको भन्दै बारम्बार आलोचना खेप्दै आएका मुख्यमन्त्री राईले डेढ महिनायता मन्त्रिपरिषद्को बैठकसमेत राखेका छैनन्।

प्रदेश १ः ५ सय ६० जना डिस्चार्ज, २ सय १८ संक्रमित थपिए

प्रदेश १ मा बिहीबार ५ सय ६० जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट ५ सय ४०, मेची अस्पतालबाट ७, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ५, कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्र र विराट मेडिकल कलेजबाट ४–४ जना डिस्चार्ज भएका हुन्।

प्रदेश १ : ६ सय २८ डिस्चार्ज, ३ सय ६४ संक्रमित

प्रदेश १ को विभिन्न आइसोलेसनमा रहेका कोरोना संक्रमित ६ सय २८ जना डिस्चार्ज हुँदा सोमबार ३ सय ६४ जना थपिएका छन्।

प्रदेश १ मा ६ सय डिस्चार्ज, २ सय १९ संक्रमित थपिए

कोरोना संक्रमित ६ सय जना आइतबार डिस्चार्ज हुँदा प्रदेश १ मा २ सय १९ जना संक्रमित थपिएका छन्।

प्रदेश १ मा ५ सय २७ डिस्चार्ज, ४ सय ९८ जनामा संक्रमण

४ सय ९८ जना कोरोना संक्रमित प्रदेश १ मा शनिबार थपिँदा ५ सय २७ जना डिस्चार्ज भएका छन्।

प्रदेश १ मा ३ सय १५ संक्रमित थपिए, ३ सय ५० डिस्चार्ज

प्रदेश १ मा शुक्रबार ३ सय १५ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेशका विभिन्न आइसोलेसनमा रहेका ३ सय ५० संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।

प्रदेश १ मा ४ सय ६० कोरोना संक्रमित थपिए

प्रदेश १ मा शुक्रबार ४ सय ६० जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा २ सय ६२, सुनसरीमा १ सय ३१, झापामा ४१, उदयपुरमा ११, संखुवासभामा ४, तेह्रथुममा ३, धनकुटा र खोटाङमा २–२ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कोरोना प्रकोपमा प्रदेश १: संक्रमितले भरिए अस्पताल

होम आइसोलेसनमा बस्ने बढ्दै छन्। अस्पताल भरिएका छन्। महानगरमा १३ हजारभन्दा धेरैको परीक्षण गरेका छौं।

प्रदेश १ ले अस्थायी कर्मचारी नियुक्त गर्ने

प्रदेश १ को मन्त्रीपरिषद्को बैठकले प्रदेशमा अस्थायी कर्मचारी नियुक्ति गर्ने बाटो खुल्ला गरेको छ। शुक्रबार वेलुका बसेको मन्त्रीपरिषद्को बैठकले उद्योग, पर्यटन, वन तथा वातारवरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले अस्थायी कर्मचारी नियुक्तीका लागि राखेको प्रस्ताव स्वीकृत गरेसँगै अस्थायी कर्मचारी नियुक्त गर्ने बाटो खुलेको हो।

प्रदेश १ को प्रतिव्यक्ति आय बढ्यो

अढाइ वर्षमा प्रदेश १ को प्रतिव्यक्ति आय २०.३३ प्रतिशतले बढेको छ। बुधबार प्रदेश १ को योजना आयोगले सरकारको मध्यावधि उपलब्धि प्रतिवेदन सार्वजनिक गर्दै सरकार गठन हुँदा ८ सय ९० अमेरिकी डलर रहेको प्रतिव्यक्ति आम्दानी हाल १ हजार ७१ डलर पुगेको जानकारी दिएको हो।

वाग्मती र प्रदेश १ मा पनि नेतृत्व फेर्ने तयारी

कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध उनकै दल नेकपाका सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि सिंगो पार्टीभित्र हलचल पैदा भएको छ ।

प्रदेश १ नामकरण: नेतृत्वले हस्तक्षेप गरे पहिचान नत्र बहुपहिचान

अहिलेसम्मप्रदेश १ मा नामकरणको मुद्दाले प्राथमिकता पाएकै छैन। कोभिड कालमा दुईवटा अधिवेशन भइसकेको प्रदेश संसद्मा यो विषय टुंग्याउनुपर्ने माग सासदहरुले बेलाबेला उठाए। तर, मुख्य नेतृत्वले सहमति जुटाउने नाममा यथास्थितिमा राखेपछि यो विषय तामेलीमै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्