११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रदेशभर सञ्चालित स्वास्थ्य संस्थाहरुलाई इजाजत लिन र नविकरण गर्न प्रदेश सरकारको उर्दी

प्रदेश १ सरकारले प्रदेशभरी सञ्चालित स्वास्थ्य संस्थाहरुलाई इजाजत लिन, नविकरण गर्न र नियमन्मा सहभागी हुन आह्वान गरेको छ। प्रदेश १ को जनस्वास्थ्य ऐन २०७७ को नियम १२ को उप नियम(२) बमोजिमका स्वास्थ्य संस्थालाई सामाजिक विकास मन्त्रालयले सूचना प्रकाशित गरी इजाजत लिन, नविकरण गर्न र नियमन्मा सहभागी हुन भनेको छ। नयाँ स्थापना हुने सबै निजी, सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुमा यो नियम लागु हुने मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा हर्न निषेध

प्रदेश १ मा सोमबारदेखि हर्न निषेधित अभियान सुरू भएको छ। प्रदेशको १४ वटै जिल्लामा सवारीसाधनले हर्न बजाउन नपाउने भएका छन्।

प्रदेशसभा भंग गरे कडा प्रतिवाद : आचार्य

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा विघटन गर्ने अभिव्यक्ति दिएपछि नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य भीम आचार्यले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आइसकेकाले सांसदलाई नधम्क्याउन चेतावनी दिएका छन् । नेकपा–दाहाल समूहका प्रदेश १ इन्चार्जसमेत रहेका आचार्यले शनिबार राजधानीमा पत्रकार भेटघाटमा प्रदेशसभा विघटन गर्ने धम्की दिएर मुख्यमन्त्री राईले सांसदलाई धम्क्याएको बताउँदै गलत कदम चाले प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।

प्रदेश १ : आफु अनुकुल नभए प्रदेश सभा भंग गर्ने मनस्थितिमा मुख्यमन्त्री राई

नेकपाको सरकारी पक्षले प्रचण्ड माधव पक्षका सांसदहरूलाई अविश्वासको प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ। विहीबार विराटनगरमा सरकारी पक्षको पहलमा भएको वार्तामा नेकपाको प्रचण्ड–माधव समूहलाई सरकारी पक्षले प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन आग्रह गरेको हो।

इन्फ्रास्ट्रक्चर बैंकले प्रदेश १ मा लगानी गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले प्रदेश १ मा लगानी गर्ने भएको छ। प्रदेश सरकारले प्राथमिकता तोकेका आयोजनामा बैंकले लगानी गर्न लागेको हो। बैंकले पहिलो चरणमा प्रदेश सरकारले प्राथमिकतामा राखेका ६० मध्येका पाँच आयोजनामा लगानी गर्ने तयारी गरेको छ।

प्रदेश सरकार शिलान्याशबाट उद्घाटनको चरणमा

प्रदेश १ सरकारले तीन वर्षको अवधिमा प्रदेशमा महत्वपूर्ण उपलब्धी हाँसिल गरेको दाबी गरेको छ। सोमबार विराटनगरमा आयोजित प्रदेश १ सरकारको तेस्रो वार्षिक उत्सवका अवसरमा अयोजित विशेष समारोहमा सरकारले तीन वर्षको अवधिमा महत्वपूर्ण उपलब्धि हाँसिल गरेको दाबी गरेको हो।

प्रदेश १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने

प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ। प्रदेशअन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८५१ र ७२५ सरसफाइ कर्मचारी गरी कूल ३५ हजार ५७६ जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने छ।

उद्योग वाणिज्य महासंघ प्रदेश १ को पदस्थापन

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को पदस्थापन गरिएको छ। विराटनगरमा महासंघले एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन गरेको हो।

तीन मिनेट बसेर प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थागित भएको छ। प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशनको पहिलो बैठक ३ मिनेट बसेर अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको हो।

प्रदेश १ : तीन सांसदले फिर्ता लिए अविश्वासको प्रस्ताव

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीनजना सांसदले हस्ताक्षर फिर्ता लिएका छन्। हस्ताक्षर फिर्ता लिनेसांसदहरुमा जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली छन्।

दाहाल-नेपाल समूहद्वारा प्रदेश १ का मुख्यमन्त्रीसहित ८ सांसद निलम्बित

दाहाल-नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई निलम्बन गरेको छ। मुख्यमन्त्री राईसहित चारजना मन्त्री, प्रमुख सचेतक र तीनजना सांसदहरूलाई तीन महिनाका लागि निलम्बन गरिएको हो।

प्रदेश १ : 'सरकार बनाउन कांग्रेसले कसैलाई वचन दिएको छैन'

प्रदेश नं. १ मा नयाँ सरकार गठन गर्न छलफल अघि बढीरहेका बेला नेपाली कांग्रेसले अहिलेसम्म नेकपाको कुनै पनि पक्षलाईं वचन नदिएको प्रस्ट पारेको छ।

शेरधन राईले निलम्बन गरेका सांसद को को हुन् ?

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १५ जना प्रदेशसभा सदस्यलाई निलम्बन गरेका छन्। पार्टी विधान विपरित काम गरेको भन्दै दाहाल–नेपाल समूहका १५ जना प्रदेशसभा सदस्यलाई तीन महिनाका लागि मुख्यमन्त्री राईले निलम्बन गरेका हुन्।

प्रदेश १ : सत्ता परिवर्तनको खेल सुरु

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेश १ को प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ। प्रदेशसभामा ३७ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको हो।

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। दाहाल–नेपाल पक्षधर प्रदेशसभा सदस्यहरुले आइतबार बिहान मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्