११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रदेश १ मा १ सय ६८ संक्रमित थपिए

प्रदेश १ मा बिहीबार १ सय ६८ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १ सय ८, सुनसरीमा २८, झापामा १७, धनकुटामा २, तेर्‍हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा अविश्वास प्रस्तावको तयारी

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रतिपक्षी दलहरूले पुनः अविश्वासको प्रस्ताव ल्याउने तयारी थालेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अगुवाइमा प्रदेश १ का मुख्य मन्त्री शेरधन राईविरुद्ध पुनः अविश्वासको प्रस्ताव ल्याउन प्रतिपक्षीदलहरूबीच छलफल भइरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनाएको छ।

प्रदेश १ मा ५५ संक्रमित थपिए

प्रदेश १ को राजधानी विराटनगरमा २४ जनासहित सोमबार ५५ जना कोरोना संक्रमित प्रदेशमा थपिएका छन् । मोरङमा २९, झापामा १७, सुनसरीमा ३ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य

प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य हुने भएको छ। आइतबार रातीदेखि प्रदेश १ को प्रदेशसभा बैठकको हिउँदे अधिवेशन अन्त्य हुने सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए।

प्रदेश १ मा शुक्रबार ३३ संक्रमित थपिए

प्रदेश १ मा शुक्रबार ३३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८, झापामा ८, भोजपुरमा ३, सुनसरी,र उदयपुरमा २–२ जनामा संक्रमित देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बढ्दै कोरोना संक्रमण, छैन स्वास्थ्य सतर्कता

प्रदेश १ मा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ। बिहीबार प्रदेश १ मा १६ जनामा कोरोना संक्रमण देखिएको छ। बुधबार २० जनामा देखिएको थियो।

प्रदेश १ मा थपिए २० जना कोरोना संक्रमित

प्रदेश १ मा बुधबार २० जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १६, सुनसरी र प्रदेश १ बाहिरका २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार विराटनगरमा १५, पथरीशनिश्चरेमा १, सुनसरीको धरानमा २ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

प्रदेश १ः प्रदेशसभाको गतिरोध हटाउने प्रयास असफल

प्रदेश १ को प्रदेशसभा बैठकको गतिरोध हटाउने प्रयास असफल भएको छ । आइतबारको सर्वदलीय बैठक विना निश्कर्ष टुंगिए पछि चैत २६ गते र २७ गते लगातार स्थगित भएको प्रदेशसभा बैठक ३० गतेलाई राखिएको छ । तर, आइतबार संसद बैठक सुचारु गर्ने विषयमा ठोस निर्णय नभएपछि ३० गतेका लागि बोलाइएको बैठक पनि स्थगित हुने देखिएको छ ।

मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको छ। सोमबार बसेको प्रदेश १ को प्रदेसभा बैठकमा अविश्वासको प्रस्तावका प्रस्ताव तथा माओवादी केन्द्रका संसदीयदलका नेता इन्द्रबहादुर आङ्वोले प्रस्ताव फिर्ता लिएका हुन्।

घरेलु रक्सीलाई ब्राण्डिङ गरेर निर्यात गर्ने योजना

प्रतिबन्धित कोदोको घरेलु रक्सीलाई ब्राण्डिङ गरेर विदेश निर्यात गर्ने प्रदेश १ को समाजिक विकास मन्त्रालयले योजना अघि सारेको छ । बुधबार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा नवनियुक्त मन्त्री उषकला राईले कोदोको घरेलु मदिरालाई ब्राण्डिङ गरेर विदेश निर्यात गर्ने योजना सार्वजनिक गरेकी हुन् ।

मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी

प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राई विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरिएको छ । मुख्यमन्त्री शेरधनराईको विरुद्धमा प्रदेशसभामा पेश भएको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरिएको प्रस्तावक तथा माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्र आङ्वोले बताए ।

माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेतामा इन्द्र आङ्वो चयन

माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्वो चयन भएका छन्। सोमबार विराटनगरमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले इन्द्रबहादुर आङ्वोलाई संसदीय दलको नेतामा चयन गरेको हो।

प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

मन्त्रिपरिषद् विस्तारसँगै प्रदेश १ सरकारका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले शपथ खाएका छन्।

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। संसद सचिवालयले आइतबार सूचना प्रकाशित गरी बैठक अनिश्चितकालका लागि स्थगित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्