९ मंसिर २०८१ आइतबार
image/svg+xml

वर्तमान सरकार बजेट बनाउने चटारोमा छः भौतिकमन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्तमान सरकार बजेट बनाउने चपेटामा रहेको बताएका छन्।

राष्ट्रपतिको बारेमा व्यापक दायरामा सोच्नु हाम्रो दायित्व हो: उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको निर्वाचनका बारेमा खुल्ला हृदय र व्यापक दायरामा सोच्नु माओवादी केन्द्रको दायित्व भएको बताएका छन्।

सुशासनको प्रत्याभूति पहिलो प्राथमिकतामा छः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आम जनतामा सुशासनको प्रत्याभूति र मुलुकको विकास तथा समृद्धि सरकारको प्राथमिकता रहेको बताएका छन्।

भौतिक पूर्वाधार मन्त्री श्रेष्ठको सक्रियता,अनुगमन: चर्चा कि समाधान?

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार लाजिम्पाट, सोह्रखुट्टे, भैंसेपाटी, जावलाखेल क्षेत्रका सडकको अनुगमन गरेका छन्।

मन्त्रीहरुसँग सिसडोलबासीको आक्रोशः मन्त्रीज्यू आश देखाएरै निराश नबनाउनूस्

सबै मन्त्रीहरु निरीक्षणका लागि आउने तर दिएका आश्वासन पूरा नगर्ने भन्दै आश देखाउन बन्द गर्न स्थानीयबासीहरुले आग्रह गरे। स्थानीयहरुले सडक निर्माण नभएकै कारण विद्यार्थीहरुले पढ्न नपाएको र जागिर खानेहरुले पनि दिनको ५ सय तिरेर ट्याक्सीमा आवतजावत गर्नुपरेको दुःखेसो पोखे।

नेताको आडमा विकास निर्माण रोक्ने ठेकेदारलाई तह लगाउने मन्त्री राईको चेतावनी

मन्त्री राईले ठेक्का लिने तर समयमा नै काम सक्ने र अन्य विभिन्न बेथिति ल्याउने ठेकदारहरुलाई सरकारले नछोड्ने बताए। उनले सरकारकाले कुनैपनि नेताको नजिकको ठेकदार भएपनि काममा अवरोध सिर्जना गरेमा नछोड्ने बताए। उनले अहिले वैकल्पिक राजमार्गको विषयमा पनि बेथिति भइरहेको बताए। मन्त्री राईले मन्त्रीपरिषद्ले वैकल्पिक सहायक राजमार्गका बारेमा निर्णय गरिसकेकाले अब सहायक राजमार्गको मापदण्ड बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए।

इम्बोस्ड नम्बर र स्मार्ट लाइसेन्स वितरणको अध्ययन गर्छुः नवनियुक्त मन्त्री राई

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट र स्मार्ट लाइसेन्स वितरणबारे अध्ययन गर्ने बताएका छन्।

लोसपासँग चुनावी गठबन्धन हुने अवस्था छैन: मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गरेरै अघि बढनुपर्ने अवस्था रहेको बताएकी छिन्।

मन्त्री यादवलाई मानव अधिकार आयोगको आग्रह

मन्त्री यादवले आफूले श्रद्धाञ्जलि सभामा अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगेको र भविष्यमा यस्ता अभिव्यक्ति नदोहोरिने प्रतिबद्धता व्यक्त गरे। उनले आफूले दिएको अभिव्यक्ति असन्तुलित भए पनि कसैप्रति लक्षित र पूर्वाग्रही नरहेको, हिंसा तथा मुठभेड गर्ने आफ्नो मनसाय नरहेको बताए।

मन्त्री यादवलाई पदमुक्त गर्न माग

चर्चित ‘गौर हत्या काण्ड’ २०६३ चैत ३ मा तत्कालीन मधेसी जनअधिकार फोरमको अग्रसरतामा घटाइएको सामूहिक हत्या थियो। जसमा २८ जना माओवादी समर्थक व्यक्तिले अनाहकमा जीवन गुमाउनुपरेको थियो। उनीहरूलाई बर्बर र पाशविक तरिकाबाट हत्यामा फोरमका कार्यकर्ताको संलग्नता रहेको थियो।

कोभिडका कारण विकासे मन्त्रालयहरूले लक्ष्यअनुसार प्रगति हासिल गर्न सकेनन् : मन्त्री नेम्वाङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले कोभिड र प्राकृतिक प्रकोपले पूर्वाधार निर्माणमा धेरै असर पुर्‍याएको बताएका छन्।

मन्त्री नेम्वाङद्वारा चार मन्त्रालयको पदभार ग्रहण

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आज थप चार मन्त्रालयको पदभार ग्रहण गरेका छन्।

आगामी वर्ष तीन ठाउँमा सुरुङमार्ग सुरु हुने

सरकारले आगामी आर्थिक वर्षदेखि तीनवटा सुरुङमार्गको निर्माण गर्ने घोषणा गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सिद्धबाबा, लामाबगर–लाप्चे, धरान–लेउती सुरुङमार्गको निर्माण थाल्ने घोषणा गरेका थिए। यी तीनवटामध्ये सिद्धबाबा सुरुङमार्गको ग्लोबल टेन्डर आह्वान भइसकेको छ।

साउनबाटै बजेट कार्यान्वयन: मन्त्री नेम्वाङ

मन्त्री नेम्बाङले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा एक खर्ब ६२ अर्ब ५० करोड बजेट प्राप्त भएको र त्यसलाई कार्ययोजना तयार पारेर साउन १ गतेदेखि नै प्रभावकारी ढंगले कार्यान्वयन गर्ने दाबी गरे।

कानुन फेरेर पनि निर्माण व्यवसायलाई समृद्ध बनाइन्छ: मन्त्री नेम्बाङ

भौतिक पूर्वाधारको विकासबिना सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको अवधारणा पूरा हुनै नसक्ने मन्त्री नेम्बाङले बताए। सरकारसँग आफ्नो स्वामित्वमा कुनै निर्माण कम्पनी नरहेको स्पष्ट पार्दै मन्त्री नेम्बाङले देशभरका निर्माण व्यवसायी नै सरकारको विकास साझेदार रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्