coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

आहारारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसको पोल्टामा जाला?

पोखरामा जारी आहारारा गोल्डकपको उपाधि भिडन्त शनिबार हुँदैछ। सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतियोगितामा उपाधिका लागि थ्रीस्टार क्लव र त्रिभुवन आर्मी क्लवबीच उपाधि भीडन्त हुँदैछ।

आहारारा गोल्डकपः पुलिसमाथि चर्च ब्वाइजको कठिन जित

आहारारा गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लव पनि निकै नै सफल टिम मानिन्छ। तर, मंगलबार पोखरा रंगशालामा नेपाल पुलिस क्लवलाई १–० ले हराउँदै चर्च ब्वाइज युनाइटेड आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ।

आहारारा गोल्डकपः मनाङ सडक डेथको शिकार, जावलाखेल सेमिफाइनलमा

आहारारा गोल्डकप फुटबल प्रतियोगितामा सफल र बलियो टिम मानिने मनाङ मर्स्याङदी क्लवलाई सडन डेथको शिकार बनाउँदै जावलाखेल युथ क्लव पोखरामा जारि प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। टाइब्रेकरमा मनाङका रणदिप पौडेलको नवौं पेनाल्टीलाई जावलाखेलका गोरलक्षक उनेश चौधरीले रोक्दा जावलाखेलले सेमिफाइनल यात्रा पक्का गरेको हो।

आहारारा गोल्डकपः संकटालाई हराउँदै आर्मी सेमिफाइनलमा

दिनेश हेमजनको दुई गोल मद्दतमा साविक विजेता संकटा एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लव पोखरामा चलिरहेको आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

२३ औँ संस्करणको आहा–रारा गोल्डकपः आज सहारा र थ्रीस्टार भिड्दै

सहारा क्लब पोखराको आयोजनामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक सहारा क्लब पोखरा र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।

आहा–रारा गोल्डकपको पहिलो खेलमा सहारा र थ्रीस्टार भिड्दै

आहा-रारा गोल्डकप फुटबल प्रतियोगिता मंगलबारदेखि शुरु हुँदैछ। सहारा क्लव पोखराको आयोजनामा माघ २० गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको छ।

आहा–रारा पोखरा गोल्डकपः उद्घाटनमा आयोजक सहारा र थ्रीस्टार भिड्ने

पोखराको प्रतिष्ठित आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिको तयारी अन्तिम चरणमा पुगेको छ। सहारा क्लव पोखराको आयोजनामा आगामि मंगलबारदेखि २० गतेसम्म चल्ने प्रतियोगिताको २३ औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

आहा–रारा गोल्डकप माघ ९ देखि, १२ टिम भिड्दै

पोखराको प्रतिष्ठित आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता माघ दोस्रो सातादेखि सुरु हुने भएको छ।

संकटालाई आहा–रारा गोल्डकपको उपाधि

संकटा क्लवले पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करणको उपाधि हात पारेको छ। शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा अमेरिकाको मिनेसोटा राज्यको भुटनिज यूथ स्पोर्टस क्लवलाई ३–२ गोल अन्तरले पराजित गर्दै संकटाले १२ लाख रुपैयाँ राशी नगद पुरस्कार सहित उपाधि हात पारेको हो।

२२ औं आहा रारा गोल्डकप: संकटा दोस्रो पटक उपाधि नजिक

विभागीय क्लब सशस्त्र प्रहरीको चुनौतिलाई ४–१ को फराकिलो गोल अन्तरले पन्छाउँदै संकटा २२ औं आहा रारा पोखरा गोल्डकपको फाइनल प्रवेश गरेको छ।

२२ औं आहा रारा पोखरा गोल्डकप: आर्मी अभागी, संकटा गोल्डकपको सेमिफाईनलमा

नयाँ खेलाडी सम्मिलित संकटाले ‘स्किल फुल’ गेम देखाएपछि चार पटक पोखराको मैदानमा फाईनल खेलेको आर्मी ३–१ गोलमा पराजित हुदैं बाहिरियो।

आहा रारा पोखरा गोल्डकपको पुरस्कार राशी वृद्धि, १० टोलीको टुंगो

मुख्य प्रायोजकले तेस्रो पटक सम्झौता नविकरण गरेसँगै सहारा क्लबले यही पुस १४ गतेदेखि पोखरा रंगशालामा खेलाउने आहा रारा गोल्डकपको २२ औं संस्करणको पुरस्कार राशीमा वृद्धि गरेको छ।

आहारारा गोल्डकपको २०औं संस्करणमा ३ लाख घाटा

कोरोनाकै असरले भीडभाडरहित दर्शकविहीन अवस्थामा गोल्डकप टुंग्याउने परिस्थितिले सहाराले २० औं सस्करणको आहारारा गोल्डकपमा १२ लाख ६२ हजार रुपैयाँ प्रत्यक्ष नोक्सानी भएको क्लबले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

आहा रारा गोल्डकप घाटामा

पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २० औँ संस्करणमा आयोजकलाई तीन लाख ४७ हजार आठ सय घाटा लागेको छ।

आहा–रारा गोल्डकपः मुख्य प्रायोजकसँगको दुई दशक यात्रा

आहारारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करणको ट्रफी उचाल्दै गर्दा मुख्य प्रायोजकसँगको बीसवर्षे सम्झौतामा पनि पूर्णबिराम लागेको छ। शसस्त्र प्रहरी बलको एपीएफले २०औं संस्करणको उपाधि उचाल्दै इतिहास कोर्यो। सहारा क्लबले पनि गोल्डकपको बीसवर्षे जवान यात्रालाई शनिबार विट मार्यो। हिमश्री फुड्सको दोस्रो पटक गरिएको सम्झौता समेत सकियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्