१२ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियाे
मुलुकको अर्थतन्त्रलाई रेमिट्यान्सले भरथेग गरेको छ। गत आर्थिक वर्ष २०७९/८० मा विदेशमा रहेका नेपालीबाट मुलुकमा १२ खर्ब २० अर्ब रेमिट्यान्स भित्रिएको छ।
मुलुकको अर्थतन्त्रलाई रेमिट्यान्सले भरथेग गरेको छ। गत आर्थिक वर्ष २०७९/८० मा विदेशमा रहेका नेपालीबाट मुलुकमा १२ खर्ब २० अर्ब रेमिट्यान्स भित्रिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ अङ्कमा झरेको छ।
नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० मा करिब साढे १९ अर्ब रूपैयाँको विद्युत् आयात गरेको छ भने साढे १० अर्ब रूपैयाँको निर्यात गरेको छ। प्राधिकरणले बिक्री गरेभन्दा करिब साढे ९ अर्ब रूपैयाँको बिजुली बढी आयात भएको छ।
गण्डकी प्रदेशमा पशुपक्षीजन्य उत्पादनमा ह्रास आएको छ। पछिल्लो दुई आर्थिक वर्षको तुलनामा दूध, मासु र अण्डाको उत्पादन घटेको हो।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २९ दशमलव ७१ अङ्कले ओरालो लागेर दुई हजार एक सय २६ दशमलव ४८ मा सीमित भएको छ।
मुलुकको वैदेशक व्यापारमा उच्च गिरावट आएको छ। गत आर्थिक २०७९-८० मा मुलुकको आयात, निर्यात दुवै घटेको छ।
आज सुनको मूल्य घटेको छ। नेपाली बजारमा सुनको मूल्यतोलामा ८ सय रुपैयाँले घटेकाे सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्कले ओरालो लागेर दुई हजार एक सय ५० दशमलब ९९ मा सीमित भएको छ।
सरकारले विदेशबाट लगानी भित्राउने बताउँदै आए पछि वैदेशिक लगानी प्रतिवद्धता घटेको छ। पोहोरको तुलनामा चालु आवमा करिब १९ अर्ब रूपैयाँ बढी लगानी प्रतिवद्धता घटेको छ ।
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा आज सुन तोलामा ९ सय रुपैयाँ घटेको हो।
आगामी आर्थिकवर्ष ०८०/०८१ मा उदयपुरका ८ मध्ये ५ स्थानीयतहको बजेट घटेको छ। गत सोमबार अर्थमन्त्री डा. प्रकाशरण महतद्वारा प्रस्तुत बजेटमा जिल्लाका ८ स्थानीयतहलाई ३ अर्ब ९० करोड ७३ लाख परिमाणको बजेट विनियोजन हुँदा २ नगर र १ गाउँपालिकाबाहेकको बजेट गतवर्षभन्दा कम प्रस्ताव गरिएको छ।
सरकारले चालु आर्थिक वर्षमा विनियोजित बजेट अनुसार पूर्वाधारलक्षित आयोजनाको भुक्तानी गर्न नसकेको सरकारले आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार मन्त्रालयको बजेट भारी मात्रामा कटौती गरेको छ।
सरकारले लगानी गरेका सार्वजनिक संस्थानहरू सरकारलाई बोझ बन्दै गएका छन्। करिब सवा ६ खर्ब लगानी रहेका सार्वजनिक संस्थाले एक वर्षको अवधिमा १ अर्ब ५४ करोड २० लाख रूपैयाँ मात्र खुद नाफा आर्जन गरेका छन्। यो नाफा लगानीका आधारमा निकै कम हो
सरकारले विदेशी लगानी ल्याएर उत्पादन वृद्धि गर्ने बताइरहँदा विदेशी लगानी प्रतिवद्धता घटेको छ।
कोशी प्रदेशका १४ जिल्ला मध्ये १० वटा जिल्लाको जनसंख्या घटेको छ। राष्ट्रिय तथ्याँक कार्यालय काठमाण्डौंले बुधबार विराटनगरमा आयोजना गरेको प्रदेश स्तरिय नतिजा सार्वजनिक कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ मा कोशी प्रदेशको १० जिल्लाको जनसंख्या अघिल्लो जनगणना २०६८को तुलनामा घटेको तथ्याँक सार्वजनिक गरेको हो।