भारत भ्रमण ‘सद्भाव’मा मात्रै खुम्चियोः श्रेष्ठ
माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले आफ्नै दलका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण औपचारिकतामा सीमित रहेको बताएका छन्। राजकीय भनिए पनि दाहालको भ्रमण ‘सद्भाव’ को तहमा मात्रै खुम्चेको उनले टिप्पणी गरे।