१५ मंसिर २०८१ शनिबार
image/svg+xml

नौ महिनामा १०६ जनाको उद्धार

चालू आर्थिक वर्ष २०७४–०७५ को नौ महिनाको अवधिमा नेपाल—भारत सीमानाका झुलाघाटबाट १०० जनाभन्दा बढीको उद्धार गरिएको छ।

भारतमा बेचिएका पाँच नेपाली युवतीको कोठीबाट उद्धार

भारतको आग्रास्थित कास्मिरी बजारमा रहेको एक ‘कोठी’ मा यौन शोषणका लागि राखिएका ९ जना युवतीलाई भारतीय प्रहरीको सहयोगमा माईती नेपालले अघिल्लो बुधबार (अप्रिल ४) मा उद्धार गरेको छ। उद्धार गरिएका युवतीहरु ५ नेपाली र ४ जना भारतीय रहेका छन्। उनीहरु सबै १७ देखी २४ बर्ष उमेर सम्मका छन्।

ओमानबाट ११ नेपालीको उद्धार

वैदेशिक रोजगारीको लागि ओमन पुगेका ११ जना नेपालीलाई उद्धार गरिएको छ। नेपाली राजदूतावास ओमनले सम्झौता बमोजिमको सुविधा नपाएर दुःख पाएका ११ जनाको उद्धार गरेर नेपाल पठाएको हो। उनीहरुले दूतावाससँग नेपाल फर्किनको निमित्त सहयोग मागेका थिए।

शौचालयको सेफ्टी ट्यांकीमा फसेको गैँडाको उद्धार

चितवनको सौराहास्थित शौचालयको सेफ्टी ट्यांकीमा फसेको गैँडाको आज बिहान सकुसल उद्धार गरिएको छ।

पिकेद्वारा बार्सिलोनाको उद्धार

जेरार्ड पिकेले अन्तिम समयमा गरेको गोलमा बार्सिलोनाले आइतबार स्पानियोललाई १–१ को बराबरीमा रोक्दै स्पेनिस ला लिगामा अपराजित यात्रालाई कायम राखेको छ ।६६औं मिनेटमा जेरार्ड मोरेनाको गोलमा स्पानियोलले अग्रता लिएपछि अर्नेस्टो भाल्भार्डेको टोली यस सिजन पहिलो हारको संघारमा पुगेको थियो । तर खेल सकिन ८ मिनेट बाँकी हुँदा पिकेले मेसीको कर्नरलाई जाली चुमाउँदै बार्सिलोनाको संकट टारेका थिए ।

भारतबाट ३ चेलीको उद्धार

एक महिनाकै अवधिमा भारतबाट ३ चेलीको उद्धार गरिएको छ। बेचबिखन र हिंसा प्रभावितलाई उद्धार पुनःस्थापन तथा सीप सिकाएर आत्मनिर्भर बनाउने काममा सक्रिय रहेको केआइ नेपालको पहलमा भारतबाट एक महिनामै ३ चेलीको उद्धार भएको हो।

बन्धक बनाइएका १३ बालबालिकाको उद्धार

अमेरिकाको क्यालिफोर्नियामा एउटै कोठामा बाँधेर राखेका एउटै परिवारका १३ जनालाई क्यालिफोर्निया प्रहरीले उद्धार गरेको छ ।

प्रहरीले उद्धार गरेका वालवालिका अभिभावकले बुझेनन्

लामा भाषा सिकाउने भन्दै भारतको हिमाञ्चल प्रदेश तर्फ लैंजादै गरेका वालवालिकाको जिल्ला प्रहरी कार्यालय जुम्लाले उद्धार गरेपनि अभिभावकले बुझ्न मानेका छैनन्।

मानव सेवा आश्रमद्वारा २७ जनाको उद्धार

रामेछापका बलबहादुर खड्काले २०७२ सालको भूकम्पमा पत्नी र छोरा गुमाए। भूकम्पमा उनको घर पनि भत्क्यो। शनिबारका मध्याह्न उनी माछा मार्न गएका भएर मात्र बँचे। सम्पत्तीको नाममा घर बनेको त्यही सानो घडेरी मात्र थियो। परिवारका दुवै सदस्य गुमेपछि बलबहादुरको मन अडिएन। ‘बैराग चल्यो अनि म काठमाडौं हिँडे,’ आँखामा आँसु रसाउँदै भने।

भारत लैजांदै गरेका २० बालबालिकाको उद्धार

जिल्ला प्रहरी कार्यालय जुम्लाले भारतको हिमाञ्चल प्रदेशमा लामा भाषा पढाउने भन्दै बसमा लैजादै गरेको अवस्थामा २० बालबालिकाको उद्धार गरेको छ। बालबालिकाले खचाखच भरिएको बसलाई प्रहरीले चेकजाँच गर्दा भारततिर लैजाने कुनै आधार नभेटिएपछि नियन्त्रणमा लिएर बालबालिकाको उद्धार गरेको हो।

हेलिकप्टरद्वारा सुत्केरी आमाको उद्धार

कालिकोटको एक सुत्केरीको ज्यान बचाउन हेलीकप्टर चार्टर गरिएको छ। मंगलवार जिल्ला अस्पताल कालिकोटमा सुत्केरी भएकी खाँडाचक्र नगरपालिका–१ चन्द्रा शाहीलाई हेलिकप्टर मार्फत उद्धार गरिएको हो । चन्दालाई अत्याधिक रक्तश्राव भएपछि थप उपचारका लागि मंगलबार बिहान हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ।

भारतीय क्षेत्रबाट गैंडाको उद्धार

गत साउनको अन्तिममा आएको बाढीले बगाएर भारत पुगेका चितवन राष्ट्रिय निकुञ्जको दुर्लभ एकसिंगे गैंडाको उद्धार अझै जारी छ । बगेर गएको १० औं र भारत पुगेको नवौं गैंडाको उद्धार गर्ने काम अरूभन्दा केही फरक भयो । भारतमा बेहोस पारेर नेपाल ल्याउने क्रममा गैंडालाई केही बेर डुंगामा चढाउनु परेको थियो ।

बाढीमा बगेको नवौं गैंडाको उद्धार

गत साउन अन्तिममा आएको बाढीले बगाएर भारतसम्म पुगेका चितवन राष्ट्रिय निकुञ्जको दुर्लभ एकसिंगे गैंडाको उद्धार कार्य अझै जारी छ । बगेर भारत पुगेको एउटा वयस्क गैंडा उद्धार गरी शुक्रबार बिहान निकुञ्जको सौराहा नजिकको जंगलमा छाडिएको छ । बाढीमा बगेर उद्धार गरिएको यो नवौं गैंडा हो । यसअघि भारतबाट सात र नेपालबाट एक गैंडाको उद्धार गरिएको थियो ।

अपडेट : त्रिशुली नदीमा बस खस्दा १० को मृत्यु, १६ को उद्धार

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं ५ बांगेमोडबाट  त्रिशुली नदीमा बस खस्दा १० जनाको मृत्यु भएको छ।  मृतक मध्ये ७ जना पुरुष र ३ जना महिला रहेको धादिङको प्रहरी उपरीक्षक धुव्रराज राउतले जानकारी दिए । मृतकको सनाखत भने हुन सकेको छैन्।

नारायणटारबाट अपहरित युवाको गौरीगाउँबाट प्रहरीले उद्धार गर्‍यो

गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने खोटाङ हलेसी वाङचुङ नगरपालिका–११ घर भएका २३ वर्षीय उद्धबकुमार मगरलाई अपहरण गरेको अभियोगमा मोरङ लेटाङ नगरपालिका–८ घर भई हाल काठमाडौं महानगरपालिका–३२ तिनकुने बस्ने २७ वर्षीय अनिल लिम्बु लगायत ७ जनालाई बा.६१ प ६२२७ नम्बरको स्कुटर सहित सोमबार प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्