१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

अपहृत बालिकाको सात घन्टापछि उद्धार

काठमाडौंको कोटेश्वरबाट अपहृत दुई वर्षीय बालिकाको सात घन्टापछि सकुशल उद्धार गरिएको छ। सामान्य लेनदेन विवादमा थापाथलीस्थित प्रसूतिगृहकी डाक्टर बबिता साहकी दुई वर्षीया छोरी शुक्रबार बिहान अपहरणमा परेकी थिइन्।

भारतबाट अपहरित बालकको रौतहट प्रहरीद्वारा उद्धार

चार दिन अघि भारतबाट अपहरणमा परेका एक बालकको रौतहट प्रहरीले सकुशल उद्धार गरेकाे छ। प्रहरीले एक अपहरणकारीलाई समेत पक्राउ गरेकाे छ।

अपहरणमा परेकी बालिकाकाे सकुशल उद्धार

काेटेश्वरबाट आज (शुक्रबार) विहान अपहरणमा परेकी बालिकाकाे सकुशल उद्धार गरिएकाे छ। धनुषा स्थायी घर भएकी कविता शाहकी २ वर्षीया छोरी काेटेश्वरबाट अपहरणमा परेपछि प्रहरीले उनकाे खाेजि तिव्र पारेकाे थियाे।

प्रहरीद्वारा सडकमा बस्ने बालबालिका तथा असहायको उद्धार सुरु

महानगरीय प्रहरी परिसर काठमाडौंले सडकमा बस्ने बालबालिका र असहायको उद्धार तथा पुनर्स्थापना सुरु गरेको छ।

पूर्वी नाकाबाट २४ महिलाको उद्धार

माइती नेपाल काँकडभिट्टाले एक वर्षमा भारतका विभिन्न स्थानबाट २४ महिलाको उद्धार गरेको छ। काँकडभिट्टास्थित संस्थाको आवधिक गृहले एक वर्षको अवधिमा बेचबिखनमा संलग्न दलालको फन्दामा परी बेचिन लागेका महिलाको भारतका विभिन्न स्थानबाट उद्धार गरेको हो।

भूकम्पमा जोगिएका सोनिश पाँचौ वर्षमा

२०७२ वैशाख १२ को महाभूकम्पमा २२ घण्टापछि सकुसल उद्धार गरिएका भक्तपुरका सोनिश अवाल आइतबार पाँचौ वर्षमा प्रवेश गरेका छन्। उनको नेवारी परम्परा अनुसार जन्मदिन मनाइएको छ। जन्मदिन मनाउन आमा रश्मिलाले बिहानै सोनिशलाई नुहाएकी थिइन्। परम्परा अनुसार उनलाई मामाघरबाट ल्याइएको नयाँ लुगा लगाइएको थियो। त्यसपछि सोनिशको पूजा गरिएको थियो।

दिल्लीमा बन्धक बनाइएका नौ महिलाको उद्धार

सात महिनादेखि वैदेशिक रोजगारीको प्रलोभनमा पारेर बन्धक बनाइएका नौ नेपाली महिलालाई उद्धार गरिएको छ । खाडी मुलुक लैजाने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जको रिङ्गो होटलमा महीनौदेखि राखिएका नौ महिलाको उद्धार गरिएको हो ।

इन्डोनेसिया सुनामी : जोखिमपूर्ण अवस्थामा रहेका स्थानीयको उद्धार

सुनामी र ज्वालामुखीका कारण निकै जोखिमपूर्ण अवस्थामा रहेका दुर्गम क्षेत्रका स्थानीयवासीलाई उद्धार गरी सुरक्षित स्थानमा लैजाने क्रम जारी रहेको इन्डोनेसिया प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण खोज तथा उद्धारमा थप समस्या उत्पन्न भएको उद्धारमा खटिएका अधिकारीले जानकारी दिएका छन्।

भारतबाट १३ नेपाली महिलाको उद्धार

भारतबाट १३ नेपाली महिलाको सोमबार उद्धार गरिएको छ। भारतको अहमदाबदा र बैङ्गालोरबाट उनीहरुको उद्धार गरिएको छ।

आत्महत्या गर्न लागेका युवाको उद्धार

आत्महत्या गर्न लागेका एक युवकलाई प्रहरीले उद्धार गरेकाे छ। आइतवार खोटाङ दिक्तेल रुपाकोट मझुवाकोट १३ नुनथला बस्ने मानसिक अवस्था ठिक नभएका १८ बर्षीया एक युवा घर नजिकै रहेको जंगलको रुखमा पासो लगाई झुण्डिई आत्महत्या गर्न लागेको अवस्थामा तत्काल प्रहरी टोली खटिई गई उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।

हेलिकोप्टरबाट गर्भवतीको उद्धार

तीन दिनदेखि सुत्केरी व्यथा लागे पनि बच्चा जन्मिन नसकेर अप्ठ्यारोमा परेकी एक महिलाको हेलिकोप्टरको सहयोगमा उद्धार गरिएको छ।

दश बालबालिकाको उद्धार

खाने बस्ने व्यवस्था सहित पढाई दिने आश्वासन दिएर अवैध रुपमा जिल्ला बाहिर लैजान लागेका १० बालबालिकाको उद्धार गरिएको छ। आवश्यक कागजात विनै राम्रो विद्यालयमा पढाई दिने आश्वासन दिएर काठमाडौं लैजान लागिएका १० जना बालबालिकाको उद्धार गरिएको प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए।

दिल्लीबाट ४० नेपाली महिलाको उद्धार

भारतको दिल्लीमा अलपत्र परेका ४० जना नेपाली महिलालाई उद्धार गरी स्वदेश ल्याइएको छ। खाडी मुलुकमा रोजगारीका लागि जानेक्रममा दिल्लीमा अलपत्र परेका ३७ जना र दिल्लीस्थित कोठीमा बेचिएका तीन नेपाली महिलालाई उद्धार गरि स्वदेश ल्याइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्