१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्री दैवी उद्धार कोषमा काठमाडौं महानगरको ४० लाख

काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री दैवी उद्धार प्रकोप कोषमा ४० लाख ३१ हजार ४ सय १३ रुपैँया हस्तान्तरण गरेको छ। महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले संयुक्तरुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा सो रकम हस्तान्तरण गरेका हुन्।

राहत र उद्धारमा स्थानीय सरकारमात्र उपस्थित

बारा र पर्सामा आइतबार आएको हुन्डरीपछिको राहत र उद्धारको काममा स्थानीय सरकारको उपस्थिति प्रभावकारी देखिको छ। हुन्डरी प्रभावित सबैलाई उचित राहतको व्यवस्थापनमा स्थानीय सरकार केमा नचुकेका होइनन् तर प्रदेश र केन्द्र सरकारको तुलनामा प्रभावितहरूको उद्धारदेखि राहत वितरणसम्मको काममा स्थानीय सरकारको सक्रियता उल्लेख्य रहेको छ। राहत र पुनर्वासको काममा प्रदेश र केन्द्र सरकारको उपस्थिति शून्य प्रायः छ।

महागढीमाई र सुवर्णका पीडितकाे बिचल्ली

महागढीमाई नगरपालिका–१ का ८५ वर्षीय जगदीश यादव घरीघरी अकाशतिर हेर्दै ७५ वर्षीया श्रीमती कोइली देवीलाई सम्झिरहन्छन्। गत आइतबार साँझको हावाहुरीले यादवको घर मात्रै ध्वस्त बनाएन, श्रीमती कोइली देवीको प्राणै लग्यो। आफैं किरियापुत्री बसेका यादव अकाशमा बादल र घाम जे देखे पनि तर्सन्छन्। घर–संसार नै उजाडिएपछि यादव तीन दिनदेखि निदाउन सकेका छैनन्।

कतै राहतकाे खातैखात, कतै पुर्पुरोमा हात

सुवर्ण गाउँपालिका–४, हर्दिया गाउँ बारा सदरमुकाम कलैयाबाट १३ किलोमिटर टाढा छ। तर आइतबार रातिको हावाहुरीसँगै भग्नावशेषमा परिणत हर्दियाको दलित बस्तीलाई अझै उद्धार र राहतले छुन सकेको छैन। तीन रात खुला आकाशमुनि बिताएका स्थानीयले बुधबारसम्म नगरपालिकाले चलाएको मेस (सामूहिक भोजन) मा बिहान–बेलुकाको खानाबाहेक केही पाएका छैनन् भने अवस्था बुझ्न राजनीतिक दलका शीर्ष नेताहरू पनि त्यहाँ पुगेका छैनन्।

रित्तो हात आए, धुलोमात्रै उडाए

बारा र पर्साका हुरीपीडित यति बेला उद्धार र राहतको पर्खाइमा छन्। तर आहतलाई राहत दिनुको साटो प्रधानमन्त्रीदेखि प्रमुख दलका शीर्ष नेता बारा र पर्साको स्गलगत भ्रमणमै व्यस्त छन्। प्रधानमन्त्री देखि शीर्ष नेताहरूको प्रभावित क्षेत्रको निरीक्षण प्रतिस्पर्धाले राहत र उद्धार असहज बनाएको छ। पहिलो चरणको उद्धार र राहतको काम सकिन नपाउँदै प्रधानमन्त्रीदेखि शीर्ष नेताहरूको लगातारको आउजाउले सुरक्षाकर्मीको प्राथमिकता पनि बाँडिन पुगेको छ।

आँधीपीडितका लागि दलद्वारा आर्थिक सहयोगको घोषणा

प्रमुख राजनीतिक दलहरूले बारा–पर्सामा आइतबार राति आएको हुरीबतासपीडितलाई सहयोग तथा उद्धारमा जुट्न सबैमा अपिल गरेका छन्। साथै उनीहरूले आ–आफ्नो तर्फबाट आर्थिक सहयोगको घोषणा गरेका छन्।

विप्लवको कार्यकर्तालाई निर्देशन–उद्धारमा खट्नुहोस्

हावाहुरी प्रभावित क्षेत्रमा उद्धारका लागि खट्न नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन्। महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै घटनाका पीडितको सहयोगका लागि जुट्न निर्देशन दिएका हुन्।

उद्धारमा जुटौं : कांग्रेस नेता पौडेल

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले हावाहुरीबाट पीडित बनेकाको उद्धारमा जुट्न आग्रह गरेका छन्। नेता पौडेलले बारा र पर्सामा हावाहुरीबाट पीडित बनेकाको उद्धारमा जुट्न कांग्रेस कार्यकर्ता र आम नेपालीलाई आग्रह गरेका छन्।

सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरबाट उद्धार

जिल्लाको पश्चिम खत्याड गाउँपालिकास्थित प्राथामिक स्वास्थ्य केन्द्रमा तीन दिनदेखि सुत्केरी हुन नसकेर छट्पटाइरहेकी एक महिलाको आज उद्धार गरिएको छ।

सडक पेटीबाट वृद्धको उद्धार

मानवसेवा आश्रम काठमाडौँले सिनामङ्गलस्थित सडक पेटीबाट एक असहाय वृद्धको उद्धार गरेको छ। खुकुलाल महर्जन नाम बताउने अन्दाजी ८० वर्षीय वृद्धलाई गएराति १२ बजे उद्धार गरिएको र अहिले उनलाई सामाखुशीस्थित आश्रममा राखिएको छ।

खुला चिडियाघर बन्दै ज्ञानेश्वर सामुदायिक वन

ज्ञानेश्वर सामुदायिक वनले सञ्चालन गर्दै आएको वन्यजन्तु उद्धार केन्द्रलाई खुला चिडियाघरमा रूपान्तरण गर्ने योजना अघि बढाइएको छ। सामुदायिक वनमा रहेको उद्धार केन्द्रलाई व्यवस्थित गर्दै अध्ययन, अवलोकनमा समेत उपयोग गर्न खुला चिडिया घर बनाउन लागेको वनका अध्यक्ष राजन अधिकारी बताउँछन्। साना वन्यजन्तु मात्र राखिएको उद्धार केन्द्रको क्षेत्रलाई विस्तार गरी ठूला प्रजातिका वन्यजन्तुसमेत राख्नेगरी चिडिया घर बनाउन लागिएको हो।

होलीको सामान किनिदिने प्रलोभनमा सामूहिक बलात्कार, आरोपी फरार

जबरजस्तीकरणी हुनबाट रौतहटमा एक किशोरीलाई प्रहरीले उद्धार गरेको छ। रौतहट गुजरा नगरपालिका २ स्थित जंगलमा तीन अपरिचित किशोरले १४ वर्षीया किशोरीलाई जबरजस्तीको प्रयास गरेका थिए।

कष्टकर ढंगले रात काट्यौं : उद्धारकर्ता

‘बुट्टा समाएर र ढुंगाको आड लिएर रात बितायौं। पानी परिरहेको थियो। चिसोले हात कठ्यांग्रिएर अडिन हम्मे परेको थियो। खानेकुरा केही थिएन। ११ बजेपछि कताबाट हो, अलिकति चाउचाउ र मकै आइपुग्यो। खाँदा दुवै हात प्रयोग भए खसिएला कि भन्ने डर। एक हातले बुट्टा समातेर अर्को हातले भेटेको अलिकति खानेकुरा खाइयो।’ ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परेपछि उद्धारका लागि काठमाडौंबाट आएका नेपाली सेनाका सिएआरटी टिममा कार्यरत मेजर चिरञ्जीवी चौलागार्इंको भनाइ हो यो।

बस दुर्घटनाका घाइतेको एपीएफ टोलीद्वारा उद्धार

अर्घाखाँची–अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ९ स्थित अर्खाटारीमा फागुन १४ गते मंगलबार बिहान भएको दुर्घटनामा परी घाइते भएका ९ जनाको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ।

भारतको मणिपुरबाट १ सय भन्दा बढी नेपाली महिलाको उद्धार

भारतको मणिपुरबाट १ सय ७ भन्दा बढी नेपाली महिलाको उद्धार गरिएको छ। मणिपुरको स्थानीय प्रहरीले म्यानमार लैजान लागिएका नेपाली महिलाको शुक्रबार उद्धार गरेको शनिबार जानकारी दिएको छ। माइती नेपालका प्रमुख विश्वराम खड्काले नागरिकसँगको कुराकानीमा भारतीय प्रहरीलाई माइती नेपालले यसबारे जानकारी गराएपछि उनीहरुलाई एनजिओहरुको सहयोगमा पक्राउ गरिएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्